३८औं पुष्पलाल स्मृति दिवशको सन्दर्भमा वाम एकताकालागि बहस

 

बाँके । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको सन्दर्भमा वाम एकतालागि व्यापक बहस भएको छ । बाँकेमा वामपन्थी शक्तिहरूको साझा सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । जनस्तरबाट गठित नागरिक सरोकार मञ्च बाँकेले जिल्लामा रहेका सबै वामपन्थी राजनीतिक दलका अध्यक्ष, जिल्ला कमिटी सदस्य, जिल्लास्थित केन्द्रीय तहका नेता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य र बौद्धिक व्यक्तित्वहरूलाई सहभागी गराएर स्मृति दिवस मनाईएको जनाएको छ ।

मञ्चका संयोजक मधुसुदन शर्मा रिजालले राष्ट्रियता कमजोर हुँदै गइरहँदा वामपन्थी शक्तिहरु एकैठाउँमा उभिएर आत्मसमीक्षा जरुरी भएको बताए । वर्तमान राजनीतिक परिस्थितिका बीच पुष्पलालको योगदानको स्मरण गर्दै वामपन्थी शक्तिहरूबीच संवाद र सहभागितालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक रिजालले जानकारी दिए । कमरेड पुष्पलालको राजनीतिक योगदान, विचार र वर्तमान राजनीतिक सन्दर्भबारे छलफलका लागि कार्यक्रमको आयोजना गरिएको हो,’ कार्यक्रमले राष्ट्रवादी शक्तिलाई पुनःजागृत गर्ने विश्वास लिइएको जानकारी दिंदै मञ्चका सदस्य दीपक बहादुर शाहीले भने । ‘वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले विषय प्रवेश गरेको कार्यक्रममा बामपन्थी दलका नेताहरुले विचार सम्प्रेषण गरे,’ शाहीले दैनिक नेपालगन्जसँग भने, ‘कम्युनिष्ट विभाजनको औचित्य खोज्न वा राष्ट्रिय हीतमा कार्यगत एकता गर्दै अगाडी बढ्न आवश्यकता बोध गर्न यसखालको कार्यक्रम गरिएको हो ।’ पत्रकार झलक गैरेले सहजीकरण गरेको कार्यक्रममा पुष्पलालका विचारलाई अध्यक्षतामा संचालन भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित