बाँके । क्रान्तिकारी सुकुम्बासी संघ नेपाल जिल्ला समिति बाँकेले सुकुम्बासीका समस्या समाधान गर्न माग गर्दै कोहलपुर नगरपालिकाका उपमेयरलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी सुकुम्बासी संघ नेपाल जिल्ला समिति बाँकेका
संयोजक दिपेन्द्र घर्ती सहितको एक प्रतिनिधि मण्डलले २०८३ साउन ३ गते पालिकामा पुगेर उपमेयरलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सुकुम्बासीको समस्या समाधान गर्न र उनीहरुलाई रोजगारी लगायतको व्यवस्था गर्न,सुकुम्बासीलाई दमन गर्ने विल्लीबाठ पार्ने भविष्य असुरक्षित तुल्याउने काम तत्काल बन्द गर्न माग गरिएको छ । ज्ञापन पत्रको पूर्णपाठ यसप्रकार छ ः
सुकुम्बासीलाई दमन गर्ने विल्लीबाठ पार्ने भविष्य असुरक्षित तुल्याउने काम तत्काल बन्द गर ।
रास्वपा सत्तामा आउनासाथ वालेन सरकारले सुकुम्बासी बस्तीमाथि डोजर चलाएर आफ्नो सुशासन गरेको र होल्डिङ सेन्टरहरुमा कैदी बन्दी जस्तै थुनामा राखेर समाधान खोज्ने भनेको थियो वस्ती रही
अहिले ती होल्डिङहरु छोड्ने उर्दी सुनाएर उनीहरुमाथि सुशासनको गरेको प्रदर्शन गरेको छ । व्यवस्थित बसोबासको लालपूर्जा र जीवन धान्ने रोजगारी पाइला भनेर आशा गरिरहेका सुकुम्बासीको भविष्य यसरी अनिश्चित र अन्यौलपूर्ण तुल्याएको छ । सुकुम्बासीलाई यसरी विचिल्ली तुल्याउने र सुनिश्चित बसोबासको समुचित रोजगारीको व्यवस्था उनीहरुको जीवनमाथि खेलवाड गर्ने गैरजिम्मेवारपूर्ण दमकारी सरकारी कदमको हामी तीन किसान संगठन घोर निन्दा र भत्र्सा गर्दछौं । कुनै पूर्व तयारी नगरी हचुवाको भरमा सुकुम्बासी हल गर्ने भन्दा उनीहरुमाथि थप समस्या थोपर्ने जुन काम गर्दैछ । यसले आवास, रोजगारी ,शिक्षा र स्वास्थ्य सम्बन्धि मौलिक संवैधानिक हकको धज्जी उडाएको छ ।अतः हामी तत्काल निम्न लिखित माग पूरा गर्न दीर्घकालीन समस्याको सही समाधान खोज्न जोडदार माग गर्दछौं
१.तत्काल सम्पूर्ण सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई सुरक्षित बसोबासको व्यवस्था तुरुन्त मिलाउ ।
२.सुकुम्बासीहरुका छोराछोरीले पढ्न पाउने समुचित व्यवस्था गर ।
३.बिरामी र अशक्त सुकुम्बासीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यवस्था गर ।
वस्ती उजाडिएका सुकुम्बासी र गैर सुकुम्बासीको विवरण सार्वजनिक गर ।
४.सम्पूर्ण सुकुम्बासीको दीर्घकालीन शिक्षा स्वास्थ्य सबै हिसाबले सुरक्षित बसोबास र काम गर्ने उमेरका सबैलाई रोजगारी दिने व्यवस्था गर ।
सुकुम्बासी समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र
Comments

