रामसिङ वि.क.
सुकुम्बासी बस्तीमा डोजर चलायो
लाला बाला सबैलाई दुःखी बनायो
सुशासनका कुरा गर्छन आफै कानुन मान्दैनन्
नेपालीका दुःख पीर सुन्दै सुन्दैनन ।
बरखा लाग्यो झरि बादल छानो पनि छैन
कुरा मात्र यो सरकारका केही गर्ने हैन
बाढी , पैरो ,जाडो ,घाम त्रिपालको सहारा
रोग व्याधीले सताईराछ छैन सहारा।
चुनावमा ठुला कुरा गर्ने बालेन सरकार
सिविर छोडी जाउ भनी देखाउने हजार
महंगी करले दुःखी छन् जनता गाउँ सहरका
भोकै, प्यासै ,तडपिएका ती होल्डिंङ सेन्टरमा ।
फासीवादी दलाल सरकार हामीले मान्दैनौं
बाँच्न पाउने अधिकार नलिई छाडदैनौ
उठ ,जुट नेपाली जनता हातमा मशाल बालेर
शान्त सँग जिउला फासिवाद फालेर ।
नौजालगरी भोटलियौ कहाँ छ सुशासन
अमेरिकाको खाई डलर भुडी भर्दछन्
नेपालले भारत को कुन ठाउँ मिच्यो भन त
प्रमाण बिना बोल्छ सरकार सब जनताले जान ।
शोसित पीडित जनता चुपलागि नबसौं
जनतामारा सरकार फाल्न जनता सब उठौं ।

