किसान आन्दोलनका इतिहास

कृष्णभक्त महर्जन

३ फ्रेडरिक एंगेल्सले आफ्नो पुस्तक ‘द पिजेन्ट वार इन जर्मनी’मा पुँजीवादलाई क्रान्तिकारी रूपमा परास्त गर्न सर्वहारा वर्गले किसान र कृषि मजदुरसँग सहकार्य गर्नुपर्ने बताए छ !
३ लेनिन भन्नु हुन्छ मजदुर–किसान साझेदारीमा मजदुर वर्गको नेतृत्वमा जनवादी क्रान्तिको अवधारणा अघि सारे ।
३ माओको भनाइ छ कृषि सहयोगी आन्दोलन शुरुदेखि नै तिर्व विचारधारत्मक राजनिति सघर्षको विषय हो ! यस्तो सघर्षबाट नगुज्री कुनै पनि सथा स्थापित हुदैन !
आम जनता तथा आम किसान परिवर्तन चाहन्छ ! जनता तथा किसानको चाहन अनुरुप परिवर्तन बाहक कम्युनिस्ट पार्टीले मात्र किसान आन्दोल्न र किसान सरकार गठनलाई प्राथमिकतामा राखी किसानको स्वाधिन सरकारको नाराको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ऐतिहासिक नारा भएका छन !
किसान आन्दोलनका इतिहासका पाना पल्टाउदा अन्तरास्ट्रिय रुपमा सन १९०७ मा पाकिस्तानमा पगडी सम्भाल जट्टा आन्दोलनमा भगत सिहकाका अजित सिह र पिता किसान सिहले गरेका थिए ! सन् १९२६–१९२७ मा चीनको हुनान प्रान्तमा भएको ग्रामीण विद्रोह थियो ! त्यसको केही दशकहरुमा सन १९४६–५२ सम्ममा भारतको तेलगानाले हैरावादमा सघर्ष चल्यो । त्यसपछि सन १९७० मा फेरि पाकिस्तानमा सुर्ख है सुर्ख है, एसिया सुर्ख है नारा घनकाएका थिए !
१९९३ मा बेल्जियममा स्थापना भएको यो संगठनले विश्वका ८१ भन्दा बढी देशका करोडौँ किसानलाई एउटै छातामुनि ल्याएको छ । सन १९९६ अन्तर्राष्ट्रिय किसान आन्दोलनलाई एकीकृत र सशक्त बनाउने श्रेय ला भिया क्याम्पेसिनालाई नै जान्छ । सन्
सन् १९९६ मा भएको प्रतिक्रियावादी सरकारले गरेको नरसंहारको प्रतिरोधका रूपमा स्मरण गरिन्छ । यस दिन ब्राजिलका भूमिहीन कृषि मजदुर आन्दोलन (एमएसटी) का १९ किसानहरू प्रहरी हिंसामा मारिएका थिए । सोही हप्ता मेक्सिकोको टलाक्सकालामा भएको अन्तर्राष्ट्रिय किसान संघ दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले यस दिनलाई अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवस अप्रिल १७ मा मनाउने घोषणा ग¥यो ।
राष्ट्रिय रुपमा सर्वहारा श्रमजीवी नेपाली जनतालाई सामन्ती दासताको बन्धनबाट मुक्त गर्न वि स २००८ साल देखि वि स २०१२ सालसम्मको अवधिमा नेपाली इतिहासमा पहिलो पटक असाध्यै महत्त्वपूर्ण र ठुलठुला किसान आन्दोलनहरू भए ।नेपालमा किसाम आन्दोलन र किसान सरकारको लागि किसान सगठन र आन्दोलनहरु २००५ सालमा तराई क्षेत्रमा बेठ–बेगारी प्रथाविरुद्ध किसानको सङ्घर्ष उठ्यो । मोही किसानले सित्तै सामन्तको घरमा काम गर्न जानुपर्ने त्यस बेठ–बेगारी प्रथा त्यही सङ्घर्षका कारण उन्मूलन भएको थियो ! सालमा कम्युनिस्ट पार्टी स्थापना भए लगतै २००६ साल मै भ्याली किसान समिति बनाइ जसको नेतृत्व कम्युनिस्ट पार्टीका सस्थापक सदस्य निरन्जन गोविन्द वैद्यले गरेका थिए, २००७ सालमा राष्ट्रिय स्तरमा अखिल नेपाल किसान संघको स्थापना भयो ! २००८ सालमा २४ जिल्लामा सगठन विस्तार गरि ३५ जिल्लाबाट सभागिता गराइ टुडिखेलमा घोषणा सभा गरिएको थियो !
२००९ सालदेखी २०११ साल सम्म तुल्सीलाल अमात्यले नै नेतृत्व समालेका थिए ! त्यस पछि नेतृत्व गर्नेहरु सानुकाजी महर्जन, एकदेव आले, भिमदत्त पन्त, जय गोबिन्द शाह, देव नारायण कलेवर, राम लाल थारु, प्रेम आले , शिवराज गौतम, (क्रान्तिकारी विचारले लेस भएका मात्र उल्लेख गरिएको हो)
३ कुन कुन बेला किसान आन्दोलन बारे ः–
नेपालमा वि. स. २००८ साल बैशाख २० गतेदेखि नै बर्दियाको राजापुरमा उत्पीडित किसान, कमैया, हली– गोठाला र खेतालाहरू संगठित ढंगले सामन्त, जमिन्दार र जाली– फटाहाहरू विरुद्ध संघर्षमा उत्रिए । राणा– काँग्रेसको गठबन्धन सरकारले उक्त किसान आन्दोलन दबाउन किसानहरूमाथि गोली चलायो । त्यस क्रममा ६ जना किसानहरूले सहादत प्राप्त गरे र २७ जना घाइते भए त्यहि आन्दोलनमा भिम दत्त पन्तको हत्या गरेका थिए ! २०११ सालमा रोल्पा,रुकुम कामी बुढाको नेतृत्वमा,तनहुको दमौली गुणादी,आवु र गोरखाको च्याङ्लिटारमा एक देव आलेको नेतृत्वमा र झापाको खमार बन्द र रौतहतमा “रे नहि,जि“ कहो नारामा आन्दोलन गरेका थिए ! २०१६ सालमा धादिङको खनियावासमा,२०१७ सालमा दाङको वेलुवामा,२०२१ सालमा चितवनको पिठुवामा,
२०२३ सालमा नवकपरासी,रुपन्देही र दाङमा
२०२५ सालमा मेचीकोशीको झोडा आन्दोलन
२०२८ सालमा झपा विद्रोह,२०३४ साल्मा चितवनको जुगेदी,जुतपानी आन्दोलन ,२०३६,०३७ मासर्लाही, महोत्तरी, धनुषा
,सिन्धुली, धनकुटाको खोकु छिन्ताङ र सुर्खेतको दशपुरमा,२०४० सालमा पिस्कर आन्दोलन, २०५२–०६१ साल सम्म माओवादी गार गाउमा सामन्तिको कब्जा आन्दोल हो !
३ आन्दोलनका नाराहरु ः–
– सुदुर पश्चिममा कित जतो हलो, कि त छोडो थलो,होइन भने छैन भलो
– तराइमा रे नहि,जि कहो
– पुर्वमा सामन्ती सफाया
– मध्यमा भकारी फोर
– जनयुद्धमा सामन्तिको सबै कब्जा र वितरण
३ कुन बेला सहिद भए(क्रान्तिकारि विचारले लेस भएकाको केन्द्रिय स्तरको मात्र)
– २००७–०१७ सालसम्म भिमदत्त पन्त्त,कामी बुढा,एकदेव आले
– २०१७–०४६ सम्म सुखानिमा विरेन्द्र राजवशी,रामनाथ डाहाल, नेत्र घिमिरे,नारायण श्रेष्ठ ,कृष्ण कुइकेल,जुगेडिमा दशरथ चेपाङ,
सन्त बहादुर चेपाङ,पुर्वको तराइमा दुर्गा सुवेदी ,दल बहादुर रजन,एलुन,पिष्कर काण्डमा इले थामी,वीर बहादुर थामी
– २०४६–०६१ साल सम्ममा तेजमा घर्ती,भानु भक्त शर्मा,वेद प्रकाश चौधरी,जगनाथ नेपाल,पार्वती पौडेल हुन !
नेपाली जन्ता रुपान्तरण चाहन्छ, रुपान्तरण गरि आम उत्पिडीत वर्ग,जाती,लिङ तथा जनतन्त्र जनजिविकाको सवालमा जसको जोत उसैको पोत,गाँस,वास र कपासको व्यवस्था, काम अनुसारको माम, निशुल्क शिक्षा र स्वास्थ्यको लागि स्थापना गरिएका किसान सगठनहरु कम्युनिस्ट पार्टीको टुटफुटले किसान संगठन पनि टुट फुट भए तै पनि विभिन्न किसान संगठहरुले विभिन्न समयमा गरेका आन्दोलनले गर्यो,सहिद जन्मायो,आन्दोलन सफल पार्यो तर सम्झौतामा विसर्जन गर्यो तथा बुझायो ! यी सबै इतिहासले देखाएका जलन्तहरु छ
यी इतिहासले के देखाउछ भन्दा नेपाली जनताको मुल जड समस्याहरु बाहिरी रुपमा नखोजी आम नेपाली जनताले नेपालमा नै खोज्नु आम क्रान्तिकारीहरुको चासोको विषय हो ! त्यसैले आम किसानहरुको मुक्तिको लागि आजको दिन सम्म जस्को विरुद्ध जनताले आन्दोलन गरे त्यसको ठिक विपरित पुराना, नयाँ नेतृत्वका दलालहरुले साम्रज्यवादी र विस्तारवादीको दवावमा पारी आन्दोलनबाट सामान्य उपलब्धिहरु पनि तुहाएको छ या सम्झौतामा तुग्याएको छ ! जस्तै २००७ सालमा काग्रेसले गरेको आन्दोलन होस, २०२८ सालमा माले गरेको आन्दोलन होस, २०५२ सालमा माओवादीले गरेको आन्दोलन होस, २०६२–६३ को आन्दोलन होस आन्दोलन ग¥यो सहिद जन्मायो ती सबै आन्दोलन सफल पा¥यो तर बुझायो ! त्यसै आन्दोलनबाट प्राप्त सिमित
अधिकारबाट देशको आवस्यकता अनुसार या जनताको माग अनुसार परिणाम दिन नस्कनु बरु उल्टो समस्या झन् झन् विकराल बन्दै गएको छ !
राणा शासन ढाल्यो, पन्चायती शासन ढाल्यो,बहुदलियवालाको शासन ढाल्यो र साम्राज्यवादी दलाल्वालाको शासन चल्यो तर भुइ मन्छे , गरिब जनताको तथा किसानको समस्या हलको लागि तथा समाधानको लागि मुल दिशा तय गरिएन तर किसानहरुको हकहितको लागि २००७ सालदेखि हालसम्म विभिन्न किसान सगठनहरु तथ किसान महासंघहरु बने ती सबै संगठनहरुको आन्दोलन मुलतः तीन राजनैतिक प्रवृतिमा विद्यमान प्रविति भएका छन ती प्रवृतिहरु निम्न प्रकारका छन ः–
१) अग्रगामी
२) सुधारवादी
३) यथास्थितिवादी
अग्रगामी आन्दोलन क्रान्तिकारीहरुले नेतृत्व गर्दछ! सुधारवादीहरुले अवसरवादीहरुको आन्दोलनको नेतृत्व गर्दछ भने यथास्थितिवादी हरुले आन्दोलनको नेतृत्व गर्दछ !
विगतका क्रान्तिकारी किसान आन्दोलनहरु जनतालाई अधिकार प्रति सचेत तुल्याउन र तत्कालीन रुपमा न्युनतम न्याय एव राहत दिलाउन,आफ्नो शक्तिको पहिचान दिन सफल भएको देखिन्छ तर राजनैतिक नेतृत्वमा सुधारवादी पुच्छर्वादी र आत्मसर्पणवादी प्रवृत्तिले गर्दा किसान आन्दोलन विघटन दिशातिर उन्मुख भएको छ ! यस्तो किन समस्या आयो भन्दा
१) नेपाली किसानहरु माझ स्पष्ट ढगले प्रशिक्षित गर्न र सशस्त्र सघर्षको सैद्धान्तिक एव व्यवहारिक आयामहरु तर्फको अभ्यासमा कमि हुनु हो !
२) परिवर्तनकारी तप्काहरुसँग समन्वय कायम गरि एकीकृत रुपमा वर्ग सघर्ष उठाउन नस्कनु हो !
३)किसानहरुको माझ कामको केन्द्र बनाउन नस्कनु हो !
४) समस्याहरु पहिचान गरि सगठित रुपमा आन्दोलन गर्न नस्कनु हो !
५) विगत र वर्तमानको चित्र खिची चेतनालाई धारिलो गर्न नस्कनु हो !
नेपाल कृषिप्रधान देश हो ! कृषि क्रान्ति बिना कुनै पनि क्रान्ति सफल हुदैन किन भने नेपालको भू–उपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन २१%, खेती नगरिएको जमिन ७%, वनजंगल रहेको जमिन२९%,झाडी रहेको जमिन१०.६%, चरन खर्क रहेको जमिन १२%,पानी रहेको जमिन२.६% र अन्य जमिन१७.८% रहेको छ । नेपालमा मुख्य वर्षा असारदेखि भाद्रसम्म हुन्छ । यहाँ साना ठुला छ हजार भन्दा बढी नदीनालाहरुबाट वर्षेनी १७ देखि २२५ अर्ब क्यूविक मिटर पानी बग्दछ । नेपालमा सम्पूर्ण कृषि भूमिमा बाह्रै महिना सिंचाई गर्न ३५ अर्व क्यूविक मिटर पानी आवश्यक पर्दछ ।
मानव सभ्यताको विकास क्रमसँगै परम्परागत रुपमा खेतीपातीको सुरुवात भएको पाइन्छ ।
नेपालीको जीविकोपार्जनको बलियो आधार कृषि नै हो । कृषि नै समाजको सबैभन्दा पुरानो र भरपर्दो पेशा पनि हो । वि स २०६८ सालको कृषि गणनाअनुसार करिब ३८ लाख घरपरिवारले कृषिलाई प्रमुख पेसाका रूपमा अपनाएको पाइएको छ । नेपालमा झन्डै ७०५ को हाराहारीमा जनसंख्या कृषि पेसामा आश्रित छन् । तर नेपालमा ७ प्रतिशत किसानसँग आफ्नै भूमि छैन ! त्यसैले किसानको हकहितको लागि नेपालमा नेपाली किसान आन्दोलन र नेपाली किसानहरुको मुक्तिको लागि सहि दिशा कुन हो भन्दा विद्यमान दलाली सामन्ती सत्ता अन्त्य गरि र सामन्ती भु– स्वामित्व अन्त्य गरि किसानहरुको हकहित गर्न किसान आन्दोलनलाई वर्ग सघर्षमा माक्र्सवादी परम्परामा विश्लेषण गर्दा दुई पाटाका प्रवृति देखिन्छ ! एकातिर माक्र्सले किसानहरुलाई आलुको वोरा सँग तुलना गर्छ अर्कोतिर लेनिन र माओले किसानहरुलाई प्रमुख शक्तिका रुपमा स्थापित गरे छ ! किसान आन्दोलनको यति धेरै योगदानका बाबजुदको राजनीतिक परिवर्तनले किसान समस्यातिर पटक्कै ध्यान दिएन । निश्चित रूपमा नेपाली समाजमा लामो समयदेखि एउटा जात, एउटा धर्म, एउटा संस्कृति, एउटा लिङ्ग, एउटा वर्गद्वारा अन्य कमजोर पक्षमाथि शोषण हुँदै आएको हो । वर्गीय आन्दोलन कमजोर हुनु भनेको किसान आन्दोलन पनि कमजोर हुनु हो । वर्गीय शोषणका कारण नै जातीय शोषण र लैङ्गिक शोषण अस्तित्वमा आएको प्रष्ट पार्दै जानु पर्दछ ।
नेपालको वर्ग सघर्षको उचाइ र वर्ग सन्तुलनको हिसाबले राजनैतिक अर्थशास्त्रीय चश्मा लगाएर पनि हेर्नू पर्छ र पिछडिएको सामन्ति उत्पादन प्रणालीको जर्जर प्रतिविम्वलाई बदल्न टुक्रिएको जमिनहरुलाई एकीकृत गरि जनतालाई कम्युन रुपमा स्थापित गर्ने सही प्रकारले वर्ग सङ्घर्ष सञ्चालन गर्न सकियो भने किसान आन्दोलन पनि बलियो हुने हुँदा उपर्युक्त प्रकारको मान्यतालाई सही प्रकारले आत्मसात गर्न सक्नुपर्दछ र आन्दोलनलाई अगाडि सार्नु पर्छ ! यस्तो आन्दोलन उठाउन क्रान्तिकारी किसान महासघको पहलमा कहिले १५ किसान संघको पहलमा,कहिले ९ किसान संघको, कहिले ४ किसान सघको सयुक्त सघर्षका कार्यक्रमहरु गर्दै आएका छन ! यसबाट ठूलो रुपले सघर्ष गर्न चाहिँ गर्न सकेका छैन तर पनि भविष्यको लागि क्रान्ति झण्डा उठाइ रहेको छ !
(सन्दर्भ शुचि
१) माक्र्सको रचनाबाट
२) लेनिनको रचनाबाट
३) माओको उक्तिबाट
५) १९९५को मानव अधिकारको किताबबाट
५) शिबराज गौतमको किसान आन्दोलन बारे लेखबाट
५) भक्ति प्रसाद लामीछानेको किसान आन्दोलन बारेबाट
६) थाहा यात्राबाट
७) लेफ्ट रिभ्यु बाट

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित