काठमाडौ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटव्यूरो सदस्य मिसिर बेसारा गिरफ्तार भएका छन् । ४० हिउँद –वसन्त सशस्त्र जनवादी क्रान्तिमा बिताएका यिनलाई गत जुलाई २८ मा झारखण्ड प्रहरीले गिरफ्तार गरेको हो । सँगै त्यस पार्टीका अन्तिम नेता समेत आफ्नो कब्जामा लिएर जनयुद्ध समाप्त गरेको भन्दै सरकारी पक्ष हर्ष बढाईँ गरिरहेका छन । साहित्यका स्नातक विध्यार्थी आफ्नो वैयक्तिक जीवनका सहज र सुगम मार्ग परित्याग गरेर मजदुर , किसान , आदिवासीहरुको जीवन बदल्ने र क्रान्ति सम्पन्न गर्ने उदात्त आकांक्षा सहित युद्धमा होमिए । राज्य सत्ताको घेराबन्दी , कैयौंको हत्या र सयौं छापामारहरुको पलायन एवं आत्मसमर्पण पश्चात् घेरावन्दीमा परेर सहकर्मी सहित यिनी गिरफ्तार भएकाहुन् । भारतीय गृहमन्त्री अमित शाहले भारतीय ससदमा बोल्दै २०२६ मार्च ३० मा भारत नक्सल मुक्त देश घोषणा गरेका थिए । नक्सल मुक्त देश घोषणा गरेको झण्डै ४ महिना पछि बेसारा गिरफ्तार भएका हुन् । भारतीय सचारमाध्यमहरुका अनुसार बेसाराको टाउकोमा १ करोड इनाम र १४१ मुद्दा झुण्डाइएकोथियो ।

