एन्टी स्नेक भेनमको अभावको अन्त्य हुनुपर्छ

अहिलेको समय सर्पदंशका बिरामी बढ्ने समय हो । यो समयमा पहाड तथा तराइँका जिल्लाहरुमा सर्पको टोकाइको कारण ज्यान जोखिम बढेको हुन्छ । सर्पको टोकाइको विरुद्ध लगाउने एन्टी स्नेक भेनमको अभाव भएको भनेर लगातार समाचार आइरहका छन् र सरकारले सोको कुनै वास्ता नै गरेको छैन । नेपालको तराइँका अस्पतालहरुमा भारततिरबाट पनि उपचारकालागि आउने गर्छन् । सर्प दंशको उपचार तत्काल नगरेमा बिरामीको ज्यान जान्छ ।
सर्पको टोकाइमा सर्पको प्रकार अनुसार विष लाग्ने गर्छ बढी विषयुक्त सर्पले टोकेका मानिसलाई छिटो असर गर्छ भने कम विषयुक्त सर्पले टोकेमा कम असर गर्छ । औषधि उपचार नपाएमा सर्पले टोकेको बिरामीको २ देखि २४ घण्टाभित्र मृत्युु हुन सक्छ । कुनै दुर्घटनामा तत्काल मृत्यु हुने बाहेक सर्पको टोकाइले बिरामीलाई छिटो मृत्युको मुखमा पु¥याउँछ । नेपालमा वार्षिक रुपमा ४० हजार मानिसलाई सर्पले टोक्ने गर्छ । सर्पको टोकाइबाट १ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ तर यो आँकडा अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् । सर्पको टोकाइबाट कुनै प्राणघातक रोगले भन्दा पनि छिटो ज्यान जान सक्छ । नेपालमा सर्पको टोकाइ भएमा पनि धामी झाँक्रीको भरमा बस्ने ,हराउने फुकाउने र उपचारकालागि असपताल नजाने गरेको पनि पाइन्छ । यातायातको अभावको कारण बिरामीको मृत्यु भएका घटना पनि छन् ।
सर्पदंशको उपचार निश्चित अस्पतालहरुमा मात्रै हुने गर्दछ । बिरामी औषधिको आशामा जीवनको आशामा टाढा टाढाबाट आउने गर्छन् तर औषधी नपाएर फर्कनु पर्दा वा अन्यत्रै अस्पतामा रिफर गर्नु पर्दा बिरामीको बाटोमा नै ज्यान जोखिम पर्न सक्छ तर पनि सरकारले यो बारेमा कुनै ध्यान दिन सकेको छैन । सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार र जवाफदेही बन्न सकेको छैन । सरकारले एन्टीस्नेक भेनमको व्यवस्था गर्न सकेको छैन । प्रादेशिक अस्पतालहरुमा औषधिको अभाव भएको ,सरकारी अस्पतालहरुमा अभाव रहेको, सर्पदंश उपचार केन्द्रहरुमा एन्टी स्नेक भेनमको अभाव भएको भन्ने खबर आइरहेका छन् । सरकारले त्यसको आपूर्तिमा ध्यान नदिएको जस्ता समाचारहरु दिनहुँ जसो आउने गरेका छन् । कतिपय अवस्थामा निजी अस्पतालहरुमा औषधिको उपलब्धता हुने तर सरकारीमा हुन नसकेको अवस्था छ । निजी अस्पतालहरुले सहजै ल्याउन सक्ने औषधी किन सरकारले आपूर्ति गर्न सकेको छैन ? गम्भीर विषय छ ।
सरकारले जनताको स्वास्थ्यमा विशेष ध्यान पु¥याउला भनेर आशामा बसेका जनता निराश भएका छन् । उत्पादन,आयात,वितरण तथा महंगी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको छ । जनताको दिनहरु निकै कष्टपूर्ण हुँदै छन् । यो अवस्थामा सरकारले सर्पदंशको औषधिको व्यवस्थामा तत्काल तदारुकता देखाउनु र तत्काल ध्यान दिनु पर्छ । खरिदकालागि के कति कहाँ पहल गर्नु पर्ने हो त्यहाँ छिटो खबर गर्नु पर्छ । कतिपय स्थानमा उद्धारकर्ताको भरमा सर्पदंशबाट जोगिनु परेको छ । सर्पदंशबाट बच्न पहिले त सबैको सतर्कता आवश्यक छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि सर्पदंश भइहालेमा नजिकको पायक पर्ने स्थानमा उपचार गर्न पाउनु जनताको मौलिक अधिकार हो तर पनि अहिले जुनस्तरको अभाव छ त्यसले जनतालाई निकै चिन्तित तुल्याएको छ । सर्पदंशको उपचारकोलागि आवश्यक औषधी एन्टी स्नेक भेनमको तत्काल सहजता होस् । सरकारले जहाँ जसरी पहल गरेर भए पनि औषधीको व्यवस्था गरी नागरिकको जीवन रक्षा गर्नु पर्दछ । एन्टी स्नेक भेनमको अभावबाट कसैको पनि अकालमै ज्यान जानु हुँदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित