> विशाल दर्लामी
रसुवाको आकाश रोयो
पहाडको छाती चिरियो
बाढीले बस्ती बगायो
कति सपनाहरू टुटे
घर रहेन,बाटो रहेन
तर हिम्मत अझै बाँकी छ
आशाको दीप अझै बलेको छ
आँखामा आँसु छन
मनमा गहिरो चोट छ
तर यही पीडाबाट
फेरि उठ्नु छ
जसले आफन्त गुमाए
उहाँहरूको पीडामा
हामी हातेमालो गरौँ
एक्लो हुन नदिऔँ
जसको घर बग्यो
त्यहाँ फेरि आँगन बनाऔँ
जसको बाटो भत्कियो
त्यहाँ फेरि यात्रा सुरु गराऔँ
आज रसुवा रोएको छ
भोलि रसुवा हाँस्नुपर्छ
भत्किएका सपना जोडेर
फेरि मुस्कुराउनु पर्छ
यो विपत्ति कसैको मात्र होइन
यो हाम्रो साझा पीडा हो
त्यसैले दुःखमा साथ दिऔँ
मानवताको हात बढाऔँ
अँध्यारो जति गहिरो भए पनि
बिहानी अवश्य आउँनेछ
घाउ जति गहिरो भए पनि
समयले मलम लगाउँनेछ
रसुवा फेरि उठ्नेछ
बस्ती फेरि जुर्मुराउनेछ
अबिरल बगेका आँसु पुछदै
हामी सबैले भन्नुपर्छ
फेरि मुस्कुराउनु पर्छ
हामी फेरि मुस्कुराउने छौ !!

