अखिल नेपाल प्रगतिशीलमहिला संघद्वारा जन धनको क्षतिप्रति दुःख व्यक्त

काठमाण्डौ । अखिल नेपाल प्रगतिशील महिला संघले भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेको छ । संघका संयोजक  सीता सुवेदीले  २०८३ भाद्र १४ गते शोक वक्तव्य जारी गर्दै सो दुःख व्यक्त गर्नु भएको हो ।  वक्तव्यमा उद्धार राहतमा जुट्न सबैलाई अपील गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
अखिल नेपाल प्रगतिशील महिला संघको तर्फबाट रसुवा भोटेकोशीमा आएको प्रलयकारी बाढीको चपेटामा परेर अमूल्य मानब जीवन गुमाउन बाध्य हुनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी, दाजु भाइ तथा बालबालिकाहरुप्रति बिदीर्ण र दुःखी मनकासाथ हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु् । अत्यन्तै डरलाग्दो पहिले कहिल्यै नसुनिएको र नदेखिएको भीषण बाढीको कारण बेपत्ता हुनु भएका, जोखिम मालिरहनु भएका र हार गुहार गरिरहनु भएका सम्पूर्ण दिदी बहिनी तथा दाजु भाइहरु लगायत बालबालिकाप्रति पनि अत्यन्तै दुःखी मनले गहिरो सहानुभूति  प्रकट गर्न चाह्नछु र फेरि कहिल्यै यस्तो नहोस् भन्ने भावनाकासथ सबै पीडितहरुलाई आ–आफ्नो ठाउँबाट जे जस्तो सहयोग गर्न सकिन्छ यो दुःखको घडीमा सहयोग गर्न अग्रसर होऔं भन्ने पनि हार्दिक आह्वान गर्न चाहन्छु ।
यस  घोर राष्ट्रिय बिपत्तीको घडीमा सबै पीडित परिबारको उध्दार, राहत र सुरक्षित भविष्यका लागि राज्यले सम्पूर्ण शक्ति लगाएर आवश्यक सबै कदम चालोस् र पीडामा परेका सबै परिबारलाई  खोज्ने, खाने बस्ने र स्वास्थ्योपचारको प्राथमिक जिम्मेवारी राज्यले संबेदनशीलताकासाथ बहन गरोस भन्दै उद्धारका निम्ति अहोरात्र खट्ने स्वदेशी तथा बिदेशी सुरक्षाकर्मीहरुप्रति सम्मान प्रकट गर्न चाहन्छ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित