धादिङ पछि रसुवा जाँदैछौं

– अमृत अधिकारी
८ नम्बर व्यूूरो सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० तपाईहरु अहिले बाढी प्रभावित क्षेत्रमा जानुभएको छ । स्थितिको अवलोकन गर्दा के जानकारी पाउनु भयो ?
– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले स्थायी समिति सदस्य राम सिंह श्रीसको नेतृत्वमा आठ नम्बर ब्युरोका कामरेडहरु समेत संलग्न रही रसुवाको भोटेकोशीको बाढी – पहिरोले क्षति पुर्‍याएको बारे अध्ययन अवलोकन गर्न र पार्टीलाई प्रतिवेदन बुझाउन भनेकाले हामी त्यही जिम्मेवारी अनुसार फिल्डमा छौं । जनता सँग प्रत्यक्ष भेटघाट गरेका छौं । पार्टीको तर्फबाट स्थानीय प्रशासनसँग भेटघाट गर्ने र जनताका समस्याका कुराहरू राख्ने काम पनि गरेका छौं । हामीले रेडक्रसको टिम सित भेटेर कुरा ग¥यौं । नुवाकोटको सिडियो सित राहत वितरणमा ढिलाढाला भएको , वास्तविक पीडितले राहत पाउन नसकेको कुरा राख्यौं । नुवाकोटका होल्डिङ सेन्टरहरुको अवलोकन ग¥यौं ।

० तपाईँ स्वयं धादिङबासी पनि हुनुहुन्छ । धादिङमा के कस्तो अवस्था पाउनुभयो ?

– धादिङका विद्यालयहरूमा क्षति पुगेको छ ।गल्छीको बागेश्वरी स्कूल पुरै क्षति भएको छ। गल्छीको बजार, बैरेनी बजार , जहरे खेत, विहानी पम्प बजार डुवानमा परेको छ । गल्छीतिरका दुईवटा पुलमध्ये एउटा पुल बगाएर पनि एउटा पुल बाँकी नै रहेकाले त्यहाँबाट वारपार गर्न सजिलो भएको छ तर धादिङमा धादिङ वेसीको पुल, मलेखुको पुल , घाटवेशीको पुल ,मास्टारको पुल, वेनिघाटको पुल लगायत धेरैवटा पुलहरु खोलाले बगायो। रसुवा र नुवाकोटका भवन र विभिन्न संरचनाहरु भत्काएर लिएका चिजहरु धादिङतिर आइपुग्दा केही थिग्रिएका कारणले गर्दा तुलनात्मक रुपले समथर जमिन भएकाले कम क्षति भयो। र अर्को कुरा यही ठाउँमा मानवीय क्षति भएन तर रसुवातिर घुम्न गएका, जागिरमा गएका वा अन्य विभिन्न पेशा व्यवसायमा नुवाकोट, रसुवा तिर गएका धादिङका मानिसहरु बाढी पहिरोमा परेर करिब १ सय जनाको मृत्यु भएको वा हराएको हुनुपर्छ भन्ने यहाँ अड्कल गरिएको छ । वास्तवमा मानिसहरूको मृत्यु भएको भन्ने कुराको टुङ्गो अहिले लाग्न सक्दैन। कतिपय मानिसहरु म यो ठाउँमा जान्छु भनेर परिवारलाई नभनेका व्यक्तिहरु पनि बाढी पहिरोमा परेका छन् ।कतिपयको बारेमा परिवारलाई नै थाहा छैन । रसुवामा निर्माणाधीन सुरुङभित्र कार्यरत मजदुर र प्राविधिकहरु कति थिए भन्ने कुरा अझैसम्म टुङ्गो लाग्न सकेको छैन । धादिङमा कृष्णभिरको पहिरोले काठमाडौँ आवतजावतको सडक पुरै बन्द भएको छ। कृष्णभिर त्यसै पनि जोखिमयुक्त ठाउँ हो । यसपटकको बाढी पहिरोले कृष्णभिरलाई झन चोट पुर्याएको हुँदा कृष्णभिरको समस्या फेरि बल्झिएको छ ।

० अब कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
–नुवाकोटको भेटघाट पछि हामी अहिले धादिङ आइपुगेका छौं । आकाशजी लगायतका साथीहरु नुवाकोटबाट काठमाडौं फर्कनुभयो । धादिङमा हामी रमेशजी र स्थानीय साथीहरु स्थलगत अध्ययन र भेटघाटमा हिंडेका छौं । कृष्णभिरसम्मको अध्ययन गरेर फर्कन्छौं र त्यसपछि रसुवा जाने बाटो नभएपनि वैकल्पिक बाटो प्रयोग गरेर भएपनि हामी रसुवा पुग्ने, स्थलगत अध्ययन गर्ने र त्यसपछि पार्टी हेडक्वाटरलाई रिपोर्ट बुझाउने छौं ।

अन्तरवार्ता मिति २०८३ भदौ १६ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित