बाढी प्रभावितहरुको जीवन रक्षा प्रमुख आवश्यकता

नेपालको इतिहासमा २०८३ साल भदौ १० गते एक भयानक दिन बनेर आयो । त्यो दिन नेपालको रसुवा जिल्लाको भोटेकोशीमा भयानक बाढी आयो । बाढीले क्षणभर मै रसुवाको टिमुरे,स्याफ्रुवेशी,नुवाकोटका विभिन्न स्थान हुँदै गोरखा, धादिङ देखि चितवनसम्मका विभिन्न जिल्लाहरुलाई नराम्ररी प्रभावित पा¥यो । निमेश भरमै बस्तीका बस्ती खण्डहरमा परिणत हुन पुगे । हज्जारौंको मृत्यु उत्तिखेरै गरायो । जो कसैले कहिल्यै नसोचेको अपकल्पनीय घटना घट्न पुग्यो । जो जो बाँच्न सफल भए उनीहरु संयोगले मात्रै बाँचे । बाढी, भूकम्प,आँधीहुरी, तुफान, सुनामी जस्ता प्राकृतिक प्रकोपहरु कतिबेला हुन्छन् कसैलाई थाहा हुँदैन त्यस्तै भयो भदौ १० मा पनि । नेपालको उत्तरी सिमाना तिब्बती क्षेत्रमा रहेको ल्हेन्डे नदीमा आएको हिम पहिरो पछि भोटेकोशीमा आएको बाढी पनि । बाढी आउँदैछ भन्ने सूचना समेत पाउन नसकेका कारण सदा जस्तै नियमित काममा लागेका मानिसहरुले ज्यान गुमाउनु परेको छ । क्षण भरमै भग्नावशेषमा परिणत हुन पुगेका कारण के कति क्षति भएको छ भन्ने कुरा अझैसम्म पनि यकिन तथ्याङ्क आउन बाँकी नै छ । नेपालको उत्तरी सिमानादेखि दक्षिणसम्म छोएको यो बाढीले कति मानवीय क्षति गरेको छ भन्ने समेत थाहा हुन सकेको छैन । उद्धार कार्य जारी नै छ । बाढीमा परी मृत्यु हुुन पुगेकाहरु जसको शव भेटिएको छ, पहिचान हुन सकेकाहरुको आफन्तीको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवहरुको नेपाल सरकारले व्यवस्थापन गरेको छ । शवहरु उत्तरी भागदेखि भारतसम्म भेटिएका छन् । शवहरु भेटिनेक्रम जारी नै छ ।
प्राकृतिक विपत्तिमा जीवितै उद्धार प्राथमिक विषय हुन्छ । सबैको साथ सहयोगले जीवितै उद्धार भएका मानिसहरुको जीवन रक्षा अबको प्रमुख आवश्यकता हुन्छ । अहिले घरबारविहीन,आफन्त गुमाएकाहरुको घाइते तथा अस्पतालमा उपचाररत बाढी प्रभावितहरुको जीवन रक्षा र भावी दैनिकीलाई अगाडि बढाउन प्रभावकारी रुपमा कदम चाल्नु पर्ने आवश्यकता हो । बाढी प्रभावितहरुको घरबास गुमेको छ । जीवन जिउने आधारहरु सबै गुमेको छ । बाढी प्रभावितहरुको जीवन अगाडि बढाउन साथ,सहयोग, राहत तथा पुनस्र्थापनाको कार्य प्रमुख कुरा हो । पहिलो कुरा प्रभावितहरुलाई कहाँ राख्ने के खुवाउने भन्ने कुरा हो । यो बेला प्रभावितहरुलाई निश्चित स्थानमा राखेर उद्धार कार्य भइरहेको छ सरकारले होल्डिङ सेन्टरमा राखेको छ । होल्डिङ सेन्टरमा तत्काललाई बाँच्नकोलागि आधारभूत आवश्यकताहरु पूरा गर्न निकै गाह्रो छ । राहतको व्यवस्था राम्रोसँग नभएमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो छ । प्रभावित बालबालिकाहरु जो जो अविभावकहरु गुमेका छन् उनीहरुको जीवनलाई व्यवस्थित बनाउन सरकारले के के गर्ने वा कुन स्थानमा राख्ने ? वा उनीहरुको शिक्षा, स्वास्थ्यको व्यवस्था कसरी गर्ने भन्ने जस्ता कुराहरुलाई ध्यान दिनु पर्दछ ।
प्राकृतिक विपत्तिहरु भइसकेपछि अनेक प्रकारका महामारी फैलने गर्दछ । ती महामारीबाट वा फेरि आउन सक्ने विपत्तिबाट बचाउन निकै ध्यान दिनु पर्छ । खानपान तथा स्वास्थ्य सम्बन्धी समस्या आउन नदिन ध्यान दिनु पर्छ । अहिले राहतको घोषणा गर्ने तथा राहत पु¥याउने कार्य भइरहेको छ । राहत घोषणा हुने तर वास्तविक प्रभावितहरुले नपाउने स्थिति आउन दिनु हुँदैन । राहत उपलब्ध गराउने कार्य उचित तवरबाट हुनु पर्दछ । संघ,संस्था वा संगठनमार्फत राहत वितरण हुन्छ त्यसलाई व्यवस्थित बनाउन ध्यान दिनु पर्छ । अहिले राहत पु¥याउने कार्य होल्डिङ सेन्टर रहेको स्थानमा मात्रै गइरहेको र त्रिशुली नदीमा पुलहरु बाढीाबट बगाइकाले नदी पारी पश्चिमतर्फ र उत्तरमा रसुवातर्फ सडक संजाल टुटेकाले सामानहरुको ढुवानी नभएकाले माथिल्लो क्षेत्रमा बाँचेकाहरुलई समेत अप्ठ्यारो पर्न सक्ने सम्भावना रहेको छ । त्यसकारण माथिल्लो क्षेत्र र नदी पारी पश्चिम तर्फ समेत सरकारले ध्यान दिनु पर्दछ । स्थानीय तह र केन्द्रीय सरकारको तथा दाताहरुको सहयोगमा जीवन रक्षाको कार्य प्रभावकारी बनाउनु पर्दछ । स्थिति निकै भयानक भएकाले प्रभावितहरु मानसिक रुपमा सही रुपमा आउनलाई निकै गाह्रो छ । यो वा त्यो नभनेर राहत तथा पुनस्र्थापना कार्यलाई प्राथमिकतामा राखेर प्रभावितहरुको जीवन रक्षा प्रमुख आवश्यकता हो । त्यो दिशामा सरकारको ध्यान जानु आवश्यक छ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित