रसुवाको बाढीले (कविता)

–अग्निधर चन्द बोहरा ‘तिक्त उपेक्षित’

रसुवाको बाढीले
मुटु जलिरहेछ
आगो बलि रहेछ
थप के बताउँ र साथी
मन भतभति पोलिरहेछ
आँखामा वर्षे भेल बगिरहेछ ।

रसुवाको बाढीले
प्रलयकारी आँधीले
राष्ट्र नै सोकाकुल छ
सबैको मन व्याकुल छ।

हजारौँ तनहरू बगिसके
हजारौँ मनहरू भत्किसके
हजारौं बस्तीहरू उठिसके
सबैका आँखाबाट वर्षे भेलहरू फुटिसके।

कालो दश गते टाढिँदै छ
पीडामा मलम लगाउन विश्व जोडिँदै छ
क्रुर बाढीको पीडा तोडिँदै छ
अब साहस र राहतमा मन मोडिँदै छ।

आउ यो विपत्तिलाई सबै मिली भगाउँ
हुने हार भइगयो जे सक्दो मलम लगाउँ
हुने हार भइगयो जे सक्दो मलम लगाउँ। धन्यवाद .

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित