बाढीमा परी वेपत्ता पत्रकारहरुको खोजी गर्न जोडदार माग

काठमाण्डौ । क्रान्तिकारी प्रेस संगठनले २०८३ भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक भयावह बाढीमा परी वेपत्ता हुनु भएका पत्रकारहरुको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग जोडदार माग गरेको छ । संगठनका संयोजक नारायण पंगेनीले २०८३ भदौ २० गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गर्नु भएको हो । नेपालमा आएको विनासकारी बाढीबाट प्रभावित स्थानीय सञ्चार माध्यमहरुको पुनस्र्थापनालाई प्राथमिकता दिन समेत माग गरिएको छ । विज्ञप्तिमा भोटेकोशी बाढीपछि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी,महासंघ भक्तपुर शाखा पूर्व सल्लाहकार शेखर ढुङगाना,महासंघ नुवाकोट जिल्ला शाखाका पूर्व सदस्य राजकुमार नेपाली,शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा अहिलेसमम पनि सम्पर्कविहीन हुनु भएको जनाइएको छ । साथै विज्ञप्तिमा सरकारले लोककल्याणकारी विज्ञापनमा गरेको भारी कटौतीले आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाउँदै कटौती जारी राखेमा जनपक्षीय पत्रकारहरु देशैभरि आन्दोलनमा उत्रिन बाध्य हुने बताइएको छ र सो निर्णयलाई सच्याउन जोडदार माग गरिएको छ । विज्ञप्तिमा बाढी प्रभावितहरुको राहत तथा उद्धार कार्यमा सहयोग गर्न देशै भरिका क्रान्तिकारी प्रेस संगठनका सदस्यहरुलाई अनुरोध गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ ।–“२०८३ भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक भयावह बाढीले ठूलो धनजनको अपूर्णनीय क्षति भएको छ । भोटेकोशी बाढीपछि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी, महासंघ भक्रपुर शाखा पूर्व सल्लाहकार शेखर ढुङगना,महासंघ नुवाकोट जिल्ला शाखाका पूर्व सदस्य राजकुमार नेपाली ,शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा अहिलेसमम पनि सम्पर्कविहीन हुनु भएको छ ।
अकल्पनीय विनासकारी बाढीका कारण वेपत्ता पत्रकारहरुको खोजी बाढीबाट प्रभावित पत्रकार तथा स्थानीय सञ्चार माध्यमहरुको पुनस्र्थापनालाई प्राथमिकता ध्यान दिन क्रान्तिकारी पत्रकार संगठन सरकारसँग माग गर्दछ ।
साथै विपदको यो घढीमा पत्रपत्रिकाले प्राप्त र्दै आएको लोककल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौती गर्ने गरी सरकाररले कार्यविधि संशोधन गरेकोमा क्रान्तिकारी प्रेस संगठनको गम्भीर ध्यनाकर्षण भएको छ ।
सञ्चार माध्यम विरोधी हर्कतको हामी घोर भत्सर्ना गर्दछौं । सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद तथा लोककल्याणकारी विज्ञापनको रकममा गरिएको कटौती फिर्ता नगरिए क्रान्तिकारी प्रेस संगठन र जनपक्षीय पत्रकारहरु देशव्यापी आनदोलनमा उत्रिन बाध्य हुनेछौं ।
साथै भोटेकोशी बाढीका विपदको घडीमा उद्धार तथा राहत कार्यमा जुट्न देशैभरिका क्रान्तिकारी पत्रकारहरुलाई हार्दिक आह्वान पनि गर्दछु ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित