-हस्तबहादुर के.सी.
“धर्म अफिम हो ।”
– कार्ल माक्र्स
“हरेक प्रकारका धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरुले अलौंकिक शक्तिहरुको रुप धारण गरेका हुन्छन् ।”
– फ्रेडरिक एंगेल्स
“धर्म फलहीन फूल हो ।”
– लेनिन
धर्म भनेको दर्शनसित सम्बन्धित विषयमा । दर्शन भनेको संसारलाई देख्ने, त्यसको व्याख्या गर्ने र त्यसलाई बदल्ने मान्छेको साधन हो । संसारमा दर्शन धेरै प्रकारका छन् । मुख्य गरेर संसारमा दर्शन दुई प्रकारका छन् र यी दुबै दर्शनको वर्गीय पक्षधरता रहँदै आएको छ ।
(१) आध्यात्मवादी दर्शन (२) भौतिकवादी दर्शन
(१) आध्यात्मवादी दर्शन
आध्यात्मवादी दर्शन, यसलाई आदर्शवादी दर्शन पनि भनिन्छ, यो ईश्वर, आत्मा वा अलौंकिक शक्तिलाई सर्वेसर्वा र प्राथमिक मान्ने दृष्टिकोण हो । यसले वस्तुगत संसारलाई ईश्वरको लीला ठान्दछ । यो आदर्शवादको एउटा रुप हो । वास्तवमा यो ईश्वरवाद नै हो ।यो आध्यात्मवादी दर्शनले प्रतिक्रियावादी वर्गको, सामन्त तथा दलाल नोकरशाही वर्गको सेवा गर्दछ । आजको पुँजीवादी तथा साम्राज्यवादी युगमा पुँजीपति वर्ग एवं साम्राज्यवादी वर्गले यान्त्रिक भौतिकवादलाई आफ्नो दार्शनिक आधार बनाउँदै आएको भए तापनि उनीहरूले ईश्वरलाई आधार मान्दै आएका छन् ।
त्यसैले आध्यात्मवादी दर्शन सर्वहारा श्रमजीवी जनता तथा प्रगतिशील जनसमुदायको घोर विरोधी रहँदै आएको छ ।
(२) भौतिकवाद
भौतिक दर्शन आध्यात्मवादी (आदर्शवादी) विरोधी रहेको छ र भौतिक तत्वलाई प्रमुख र चेतनालाई गौण मान्ने, संसार बोधगम्य छ भनेर स्वीकार गर्ने, देश, काल अनन्त छ, संसारका हरेक वस्तुहरु गतिशील र परिवर्तनशील छन् भन्ने तथ्यलाई मान्दछ, चेतना पदर्थको उपज हो भन्ने र श्रमजीवी वर्गहरु र प्रगतिशील जनसमुदायको विश्वदृष्टिकोण हो । यो भौतिकवादी दर्शन सर्वहारा श्रमजीवी जनसमुदायको पक्षधर रहेको छ ।
भौतिकवादी दर्शन माक्र्सवादी दर्शन हो । माक्र्सवाद कार्ल माक्र्स (१८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) द्वारा सन १८४८ फेब्रुअरी २१ का दिन लण्डनबाट विश्व विख्यात “कम्युनिस्ट घोषणापत्र” मार्फत प्रतिपादित विश्व सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिध्दान्त हो । र माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो ।यही विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो।यही द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै संसारलाई चिन्न – जान्ने र बदल्ने वैज्ञानिक साधन हो ।
संसारमा धेरै प्रकारका धर्महरु छन् । मुख्य गरेर क्रिसियन धर्म, मुस्लिम धर्म र बौद्ध धर्म अन्तर्राष्ट्रिय धर्म हुन् हुन भने क्षत्रीय धर्मको रुपमा हिन्दु धर्म विकसित हुँदै आएको छ । यी सबै धर्मको आधार भनेको काल्पनिक ईश्वर हो । बौद्ध धर्म शुरुमा भौतिकवादी थियो । धर्मको पनि दर्शनको जस्तै वर्गीय पक्षधरता भएकोमा बौद्ध धर्म भने कतैतिर नभएर तटस्थवादमा आधारित रहेको हो । तर पछिल्लो अबधिमा आएर यसका अनुयायीहरुले बौद्ध धर्मलाई पनि ईश्वरीय देन र भगवानका रुपमा स्थापित गर्दै आएर निहित स्वार्थपूर्ति गर्दै आएका छन् । र संसारभरमा सबै धर्म सम्प्रदायहरुले हजारौं संघ,।संस्थाहरु खोलेर धर्मको प्रचारप्रसार गरिरहेका छन् ।
यस दार्शनिक आलेखमा धर्म भनेको के हो ? धर्मको जन्म र विकास कसले कसरी गरायो ? ईश्वर भनेको के हो, ईश्वरको जन्म कसरी भयो ? मान्छेले मठ– मन्दिर, चर्च, गुम्बा, मस्जिद किन बनायो ? मान्छे किन मूर्ति पूजा गर्दछ? मान्छेले किन ढुंगो पूजा गर्दछ? मान्छे किन मठ– मन्दिर,चर्च गुम्बा, मस्जिद दाउँछ ? पूजापाठ गर्दछ ? ध्यान, प्रणाम गर्दछ ? मान्छेले किन देवी देउताको कल्पना गरेर तिनको पूजापाठ गर्दछ ? मान्छेले किन कुकुर पूजा, काग पूजा, सर्प (नाग) पूजा, गाई पूजा, पानीको मुहान पूजा, आदि मान्छेले यसरी तमाम प्रकारका पूजा गर्दछ ?
यसको जवाफ हो मान्छेले ईश्वर, भगवानको खोजी गर्दै गयो । ईश्वर, भगवान भनेका काल्पनिक र कपोलकल्पित भएकोले र कतैपनि नभएको चिज भेटिने कुरै भएन । उसले खोजेर कतै पनि नभेटेपछि मान्छे यस्तै थिए होला भन्ने ठानेर उसलाई बसाल्ने मन्दिर बनाएर भगवानको, ईश्वरको प्रतीकको रुपमा मूर्ति बनायो र त्यसैलाई पूजा गर्दै आएको छ । त्यस्तै मान्छेले भगवान, ईश्वरलाई कतैपनि नपाएपछि ढुंगोलाई भगवान र ईश्वरको प्रतीक मानेर ढुंगो पूजा गर्दै आएको छ । र त्यसैबाट सन्तोष लिने भएकोले मान्छे मठ– मन्दिरहरुमा जाने, चर्च, गुम्बा र मस्जिदहरुमा जाने, पूजापाठ गर्ने, भगवानको दर्शन गर्ने गर्दछ । काल्पनिक भगवान, ईश्वर तथा देवी देवताहरुलाई खुसी तुल्याउने उद्श्येले मान्छेले पशु बलि दिने, भेटी चढाउने, दान गर्ने र पुण्य प्राप्त गर्ने भन्ने जस्ता काल्पनिक लड्डु खाएर चेतनाका अभावले गर्दा त्यसैमा सन्तोष लिने गर्दै आएको छ ।
मान्छेले किन अप्ठ्यारो पर्दा हे! भगवान, हेईश्वर, हे ! राम, हे! कृष्ण आदिको पुकार गर्दछ र कर्मको राम्रो फल प्राप्त गर्यो भने ईश्वरको कृपाले पाएको, भगवानको कृपाले पाएको, जन्म मै लेखेर ल्याएका कारण प्राप्त गरेको विश्वास गर्दछ आफूले परिश्रमबाट प्राप्त गरेको हो भन्ने विश्वास गर्दैन । साथै उसले जीवनमा धेरै चिज गुमाउनु पर्यो भने पनि जन्मनाका दिन भावी यही लेखेर दिएकाले भएको भन्ने विश्वास गर्दछ। उसले धनी हुनु, गरीब हुनु, अकालमै मर्नु, धेरै बाँच्नु आदिलाई उसले भाग्यमा लेखेर ल्याएको हो भन्ने ठान्दछ किन ? यी सबैको कारण चेतनाको अभावले, अन्धविश्वासी र अन्धभक्ति हुनु, वैज्ञानिक चेतना नहुनु, विज्ञानका नियमहरुप्रति अनभिज्ञ हुनुका कारणले ऊ यस प्रकारको रुढीबादको विश्वासमा उक्त धारणा बनाउँछ र त्यसैले पालना गर्दछ । बाँकी कुरा तल लेखमा उल्लेख गर्ने प्रयत्न गरिनेछ ।
(१) धर्म के हो ?
धर्म मानिसको अन्ध विस्वास हो । धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौंकिक (अदृश्य) शक्तिमा विस्वास गर्नु हो । अर्थात् काल्पनिक शक्तिमा विस्वास गर्ने अन्धविस्वासी चेतना हो । धर्म बुध्दिहिन र विवेकहिन चेतनाको भ्रान्त विस्वास हो ।
धर्म मानिसको चेतनाको त्यो एउटा रुप हो, जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो, जसमा पार्थिव शरीरले अलौकिक रुप ग्रहण गर्दछ । यस विषयमा द्वन्द्वात्मक भौतिकवादी एवं सर्वहारा वर्गका महान् नेता, गुरु तथा सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्त माक्र्सवादका प्रतिपादक तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक कार्ल माक्र्स ( १८१८ – १८८३ ) का अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ले धर्मका बारेमा भन्नुभएको छ, “हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरूको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनका दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरूले अलौकिक शक्तिहरूको रुप धारण गरेका हुन्छन् ।” (माक्र्स–एंगेल्स, धर्म के बारे मे, पृष्ठ १५०, राहुल फाउन्डेसन लखनऊ, भारत, २००८)
प्रारम्भमा धर्म गणचिन्हवाद, जीवात्मवाद तथा बहुदेवतावादका रुपमा र पछि एकेश्वरवादका रुपमा विकसित भएको हो ।
(२) धर्मको जन् कहिले भएको हो ?
मान्छे जब आदिम साम्यवाद (जंगली अवस्था) बाट दास समाजमा प्रवेश गर्यो र मानव समाज वर्गमा विभाजित हुन पुग्यो तब मान्छेद्वारा नै काल्पनिक धर्मको जन्म भएको प्रचारप्रसार गरियो । किनभने धर्म कुनै वास्तविक प्राणी वा वस्तु नभएको र मानव समाज वर्गमा विभक्त भइसकेपछि अर्थात् दासस्वामी समाजको जन्म संगै शोषक वर्ग र शासित वर्ग, शोषक वर्ग र शोषित वर्गको उदय भयो । त्यसपछि शाषक वर्ग र शोषक वर्गले गरीब वर्गमाथि धर्मको आडमा शासन र शोषण गर्ने आौजार (हतियार) रुपमा धर्मको जन्म गराएको षड्यन्त्रपूर्ण र पाखण्डीपूर्ण तरिकाले सर्वसाधारण, गरीब, निमुखा जनतामाथि शासन र शोषण गर्ने उद्श्ये धर्मको जन्म भएको प्रचारप्रसार गरियो थियो ।
शुरुका दिनहरूमा मान्छेको चेतना छिपछिपे थियोे । प्रकृतिका नियमप्रति ऊ अनभिज्ञ थियो । प्रकृतिमा भयाङ्कर त्राशदिपूर्ण घटनाप्रति मान्छे अनभिज्ञ थियो । प्रकृतिको नियमानुसार भूकम्प आउँथ्यो, ठूलो जनधनको क्षति हुन्थ्यो । पानी, आँधी हुरी बतास तथा भीषण बाढी पहिरो आउँथ्यो । हैंजा, रोगब्यदी फैलिन्थ्यो, ओषतिमूलो गर्ने उसको चेतना थिएन । ती घटना, परिघटनाहरूले ठूलो संख्यामा मान्छेहरूको असमयमै मृत्यु हुन्थ्यो ।
एकातिर यी घटना परिघटनाप्रति मानिस अनभिज्ञ थियोे, अबुज थियो भने अर्कोतिर शोषक र शासक वर्गले काल्पनिक ईश्वरलाई स्थापित गराएको थियो । स्वर्ग–नर्क, पाप पुण्य, जन्म, पुनर्जन्मको प्रचार गरिएको थियो । आफू भन्दामाथिका ठूलो मान्छेको विरोध गर्ने, आलोचना गर्ने मान्छे पापी अपराधी हुने र ऊ स्वर्ग होइन नर्कमा बास गर्ने हल्ला गरिएको थियो । किनभने मान्छे मरे पछि स्वर्ग जान्छ र उसको पुनर्जन्म हुन्छ भन्ने कुरा सर्वसाधारण, स्वर्ग भने मान्छे मरेपछि जाने हो र आनन्द र सुखसैलका दुधभात, खिर, केरा र मिठा मिठा खाना खान पाइने र कुनै दुः खबिना आनन्दले जीवन विताउन पाइन्छ भने पापी मान्छे नर्कमा जाने हो र नर्क मान्छेको रगतैरगतले भरिएको र सर्पहरू हुन्छन्, तिनीद्वारा टोकाएर मारिन्छ भन्ने भ्रमपूर्ण प्रचारप्रसार गरिन्थ्यो र सर्वसाधारणले चेतनाको अभावका कारणले पत्याउनै पर्ने बनाइएको थियो ।
(३) धर्म कति प्रकारका छन् ?
दासमालिक समाज र सामन्ती समाजमा धर्म धेरै विकसित हुँदै गएको थियो । विश्वमा र कुनै खास देशका सन्दर्भमा पनि स्थानीय रुपमा अनेकौं धर्महरू देखिने गरेका छन् । तसर्थ संसारमा विश्व धर्मका रुपमा तीन धर्म विकासित भएका छन् । बौद्ध धर्म, ईसाई धर्म र इस्लाम धर्म । यी बाहेक क्षेत्रीय रुपमा पनि धर्मको विकास भएको छ, जस्तै दक्षिण एशिया खास गरि भारत र नेपालमा हिन्दु धर्मको विकास भएको छ ।
(१) बुध्द धर्म
यी तीन धर्म मध्ये पहिलो धर्म बुध्द धर्म हो । जुन धर्मको जन्म स्थान नेपाल हो । यस धर्मका जननी अर्थात् संस्थापक गौतम बुध्द हुन् । बुध्द धर्मको जन्म ई. पू. २५०० सय वर्ष पहिलेको आसपासमा भएको पाइन्छ ।
गौतमबुध्द (५६३ – ४८३ शई. पू. नेपाली दार्शनिक हुन् । उनको उपनिसदवाद विरोधी अनात्म – अभौतिक तटस्थवाद र अधिभूतवाद विरोधी क्षणभङ्गवाद नेपाल कै दार्शनिक उपज हो ।बुध्दको दर्शन चार आर्य सत्यको आधारशिलामा खडा रहेको छ ती हुन् – दुः ख, दुः ख हेतु, दुः ख विनाश र दुः ख विनाशका मार्ग । दुःख विनाशका मार्गलाई अष्टाङ्गिक मार्ग पनि भनिन्छ । ती हुन् (क) सम्यक दृष्टि, (ख) सम्यक सङ्कल्प, (ग) सम्यक वचन (घ) सम्यक कर्म, (ङ) सम्यक जीविका (च) सम्यक प्रयत्न (छ) सम्यक स्मृति र (ज) सम्यक समाधि । यसरी दर्शनको फाँटमा बुध्दका विचार घनीभूत रुपमा अभिव्यक्त भएको पाइन्छ ।
(२) इसाई धर्म
इसाई धर्मको जन्म ईसामसिह (जेसस्क्राइष्ट) को नामबाट इसाई सम्बतको प्रारम्भमा रोमन साम्राज्यको पूर्वी क्षेत्र मध्यपूर्वमा भएको थियो । इसाई धर्मको धार्मिक ग्रन्थ बाइबिल हो । ११ देखि १३ आौ शताब्दीसमम जेरुसलाम कब्जा गर्न लगातार धर्मयुध्द भएको थियो ।
(३) इस्लाम धर्म
त्यस्तो इस्लाम धर्को जन्म इस्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मद (ई. ५७० ) बाट भएको हो ।यो धर्म एकेश्वरवादमा आधारित छ । यो धर्ममा अल्लाह अर्थात् ईश्वरलाई न्यायदाता, संरक्षक, सर्वशक्तिमान,ज्ञानमय र पून्य मानिन्छ । इस्लामको अर्थ हो – अल्लाहप्रति आत्मसमर्पण । यस धर्ममा अनेकौं शाखा – उपशाखाह छन्, जसमा शुन्नी, शिया र सूफो सम्प्रदाय प्रमुख रहेका छन् ।इस्लाम धर्मको पहिलो धर्मग्रन्थ “कुरान” र त्यसपछिको “शुन्ना” हो ।
यस बाहेक क्षेत्रीय धर्मका रुपमा दक्षिण एशिया (भारत, नेपाल) मा हिन्दु धर्मको विकास भएको छ ।
वेद, पुराण, उपनिषद्, महाभारत, रामायण हिन्दु धर्मका धार्मिक ग्रन्थ हुन् । रुद्री – चण्डी, गरुडपुराण आदि ग्रन्थहरू पनि रहेका छन् ।
मान्छेले ढुंगा पूजा – मूर्ति पूजा किन गर्दछ ?
अन्धविश्वास, अन्धभक्तीलाई विश्वास गर्ने आनिसले काल्पनिक ईश्वरलाई आफ्नो भगवान मान्दछ । र ईश्वरले, भगवानले नै उसको इच्छा – आकाँक्षा पुरा गरिदिन्छ भन्ने विश्वास गर्दछ । आफ्ना स्वार्थ पुर्ति गर्ने उद्देश्यले उसलाई भगवान खुसी पार्नुपर्ने हुन्छ । त्यसको निम्ति उसले ईश्वर – भगवानलाई ढोग– प्रणाम गरेर मिठा मिठा फलफूल, दूध, घ्यू, मह आदि मिस्ठानहरू खान दिएर खुसी पार्न चाहन्छ तर उसले ईश्वर – भगवानलाई खोजेर कहिं पनि पाउँदैन, जतिसुकै खोजे पनि कहिं कतै पाउँदैन । नपाए पछि उसले ढुंगालाई, काठको मूर्तिलाई ईश्वर– भगवानको प्रतीक मानेर जल चढाउँछ, फलफूल चढाउँछ, पूजा आजा गर्दछ । भेटी, अक्षेता चढाउँछ, आफ्ना दुःख, कष्टकरहरूबाट छुट्टी पाऊँ, आफैंले गरेका पाप–अपराधहरूबाट मुक्ति पाऊँ भनेर त्यही ढुंगा र मूर्त अगाडि खडा भएर भाकल गर्दछ, पशुवली चढाउँछ र सन्तोष लिन्छ, आनन्दले रमाउँदै त्यहाँबाट फर्किन्छ ।
त्यसैले धर्मभिरुहरू मान्छेहरूले ईश्वर – भगवानहरूलाई बस्ने, आफूले त्यहीँ नै ईश्वर – भगवानलाई पाउन सक्ने आशाले आ– आफ्नो आस्था र विश्वासका आधारमा मठ– मन्दिर, चर्च, मस्जिद गुम्बा, स्तूप आदि बनाएको छ । र, ती मठ–मन्दिर, चर्च, मस्जिद, गुम्बामा गएर पूजा–आजा गर्ने, ईश्वर भगवानको दर्शन गर्न पाइन्छ भनेरै ऊ दिनहुँ, बिहान – साँझ, बेलुका, बेला – कुबेला मठ – मन्दिर, चर्च, मस्जिद, गुम्बाहरूमा धाउँछ । यो अन्धविश्वास र अन्धभक्तताको उपज हो । अवैज्ञानिक दृष्टिकोण हो । दृष्टिकोणबिहिन, विवेकहिन, विज्ञानलाई विश्वास नगर्ने, अवैज्ञानिक चेत भएको मान्छे मठ– मन्दिरमा धाएर आनन्दको अनुभूति लिन्छ । यो बाहेक उसले कुनै भौतिक चिज प्राप्त गर्दैन ।
धर्मप्रति विश्वास गर्ने मानिसशीत कुनै विचार हुदैन, दृष्टिकोण हुँदैन, केवल ऊसंग भावना हुन्छ । त्यसैले भावना नमिल्नेशीत ऊ छिटो भट्किन्छ विपरीत धर्म र आस्था राख्नेका बीचमा भीषण लडाइँ हुन्छ, कुटाकुट मात्र होइन काटमार, आक्रमण, हमला समेत भएर युध्द समेत हुन्छ । जस्का कारण संसारमा ठूला ठूला धर्म युध्दहरू भएका छन् । भारत र नेपालमा पनि हिन्दु – मुस्लिम धर्मका पक्षधरहरूका बीचमा ठूला ठूला आक्रमण, हमला, तोडफोड, आगजनी, मारामार, हत्याहरू भएका, ठूलो मात्रामा जनधनको क्षति भएका प्रसस्तै उदाहरणहरू छन् । यही धार्मिक कट्टरपन्थीहरूकै कारणले गर्दा यही साउन १० गते नेपाल कै सुनसरी जिल्लाको कप्तानगञ्जमा धर्मयुध्द भड्कियो र ४ जना हिन्दु युवाहरूले ज्यान गुमाउन पुगे भने मुस्लिम समुदायको पनि ठूलो धन सम्पत्तिमाथि क्षति हुन पुगेको छ र त्यसले झन्डै राष्ट्रिय रुप लिन पुगेको थियो ।
नेपालका शासकहरूले नेपालको संविधान २०७२ को भाग १,धारा ४ मा नेपाल “धर्मनिरपेक्ष” राज्य भएको व्यवस्था गरिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएको देश भएकोले “धर्मनिरपेक्ष” राज्य घोषणा गरिएको सकारात्मक कुरा हो । तर उक्त संविधानको त्यही भाग ४ मा नै स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, साँस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ” भन्ने पाखण्डीपूर्ण व्यवस्था गरिएको छ, जसले गर्दा नेपालमा विभिन्न समयमा धार्मिक द्वन्द्वका घटनाहरू दोहोरिँदै आएका छन् ।
धर्म भनेको के हो ? भन्ने विषयमा सर्वहारा वर्गका महान् नेता, गुरु, माक्र्सवादका प्रवर्तक एवम् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक दार्शनिक कार्ल माक्र्स (१८१८–२८८३) ले भन्नुभएको छ, “धार्मिक व्यथा एकैसाथ वास्तविक व्यथाको अभिव्यक्ति र वास्तविक व्यथाको प्रतिवाद दुबै नै हो, धर्म उत्पीडित प्राणीको सुस्केरा हो, एक हृदयहिन दुनियाँको हृदय हो, त्यो जनताको लागि अफिम हो ।” (माक्र्स – एंगेल्स, धर्म के बारे मे, पृष्ठ १५०, राहुल फाउन्डेसन लखनउ, भारत, २००८)
धर्म वास्तविक अर्थमा अर्थमा अफिम नै हो । यसले दुःखमा मान्छेलाई केही राहत प्रदान गरे पनि त्यो एक प्रकारको नशा मात्र हो र यसले मानिसलाई दुः ख वा उत्पीडनबाट मुक्ति प्रदान गर्न सक्तैन ।
यसलाई दार्शनिक दायराबा हेर्न, बुझ्न, व्याख्या गर्न, विश्लेषण गर्न र संश्लेषण गर्नु पर्ने हुन्छ । किनभने दर्शन भनेको दुनियाँ बुझ्ने र त्यसलाई बदल्ने साधन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद धर्म विरोधी रहेको छ । यसले कुनै ईश्वर, वा अलौकिक शक्तिमा विश्वास गर्दैन ।तर यसले धर्मको विरोध यान्त्रिक रुपमा होइन द्वन्द्वात्मक भौतिकवादी तरिकाद्वारा गर्दछ ।
धर्मका बारेमा माक्र्सवादी दृष्टिकोणका बारेमा जान्न आवश्यक हुन्छ । धर्म बारे माक्र्सवादी दृष्टिकोण के हो ? भन्ने विषयमा विश्व सर्वहारा वर्गका महान् नेता, महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक तथा संस्थापक लेनिनले भन्नुभएको छ, “ जहाँसम्म राज्यको सम्बन्ध हो धर्मलाई व्यक्तिगत मामिलामा मानिनु पर्दछ तर जहाँसम्म पार्टीको सवाल हो हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्तैनौ । धर्मशीत राज्यको कुनै सरोकार हुनुहुँदैन र धार्मिक संस्थाहरूको पनि सरकारी संगठनहरूसित कुनै प्रकारको सम्बन्ध हुनुहुँदैन । (लेनिन संकलित रचनाएं दश खण्डो मे, खण्ड – ३, पृष्ठ २४८, प्रगति प्रकाशन मास्को १९८१ ।)
माक्र्सवादको आफ्नै दर्शन छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन नै माक्र्सवादी दर्शन हो । माक्र्सवादले हरेक वस्तुलाई यही द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्दछ । माक्र्सवाद धर्मनिरपेक्षता होइन, धर्मसापेक्षताको पक्षमा छ ।धर्मनिरपेक्षताको असली अर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु वा धर्महरूका बीच समन्वय कायम गर्नु होइन, अपितु धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट मुक्त हुनु हो । माक्र्सवाद धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपको विरोध मात्र होइन अन्ततः धर्म कै विरोधी रहेको छ ।
धर्मका बारेमा जनसमुदायलाई कसरी शिक्षित तुल्याउने ?
धर्मका बारेमा आम जनसमुदायलाई कसरी शिक्षित तुल्याउने, दिक्षित तुल्याउने भन्ने प्रश्न ज्यादै महत्त्वपूर्ण सवाल हो । धर्मका बारेमा माथि नै हदसम्म प्रकाश पार्ने प्रयत्न गरिएको छ । वर्गसंघर्ष र क्रान्तिका बीचबाट जनसमुदायलाई शिक्षित तुल्याएर नै असली अर्थमा धर्मको विरोध हुन सक्तछ । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणद्वारा समृद्ध बन्दै गए पछि नै धर्म जस्तो भ्रान्त कल्पनाको अन्त्य हुन्छ ।
नेपाल सैयौं वर्षदेखि धर्म निरपेक्ष रहँदै आएको सामन्ती तथा प्रतिक्रियावादी शासकहरुले नेपाललाई “हिन्दु अधिराज्य” घोषणा गरेर हिन्दु धर्मको आडमा घोर प्रतिक्रियावादी शासन गर्दै आएका थिए र एक मात्र हिन्दु धर्मलाई मान्यता दिएका थिए र अन्य धर्महरुमाथि प्रतिबन्ध लगाउँदै आएका थिए । तर दस वर्षे जनयुद्धको जग्गामा सञ्चालन गरिएको २०६२÷ ०६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलताको बलमा २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको २०६५ साल जेठ १५ गते २४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक व्यवस्थाको स्थापना गरे पछि नेपाललाई “धर्म निरपेक्ष राष्ट्र” घोषणा गर्न सफल भयो ।
२०७२ सालको नेपालको संविधानको भाग – १, धारा ४ को उपधारा (१) नेपाललाई धर्म निरपेक्ष को व्यवस्था गरिएको छ । र नेपाल धर्म निरपेक्ष राष्ट्रको स्थापित छ । नेपाली जनताका धार्मिक स्वतन्त्रताको संवैधानिक व्यवस्था गरिएको छ । यति भएर पनि नेपालका शासकहरु र सामन्ती तथा बुर्जुवा नेता र व्यक्तिहरुले हिन्दु धर्मको आडमा शासन र राजनीति गर्दै आइरहेका छन् ।
धर्म जस्तो काल्पनिक, कलोकल्पित, रुढीबादी, अन्धविश्वासी, ढोंगीवादी र भ्रान्त विचारका बारेमा जनसमुदायलाई कसरी शिक्षित तुल्याउने, दीक्षित तुल्याउने ? भन्ने प्रश्न ज्यादै महत्त्वपूर्ण र जटिल विषय हो । किनभने हजारौं वर्षदेखि धर्मलाई हतियार र आधार बनाएर जनतामाथि शासन र।शोषण गर्दै आएका शासक र शोषकहरुले जनसमुदाय ठूलो भ्रमजालमा पारेर मूर्ख बनाउँदै आएका छन्, वैज्ञानिक चेतनाबाट विमुख बनाउन ठूला ठूला धार्मिक संघसंस्था, मठ– मन्दिर, अनुष्ठान बनाएर व्यापक रुपमा प्रचारप्रसार मात्रै होइन, कलास, प्रशिक्षण चलाउने, ठूला ठूला धार्मिक प्रवचन र गोष्ठीहरु चलाउने, त्यसका लागि प्रतिक्रियावादी राज्य सत्ताहरुले खरबौंको आर्थिक लगानी खन्याउने गरेर विश्व जनसमुदायलाई दिकभ्रमित तुल्याउँदै आएका छन् ।
यसका विरुद्ध जनसमुदायलाई दीक्षित तुल्याउने भनेको माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशनमा सञ्चालन गरिने कम्युनिस्ट पार्टीहरुले नै हो । कसरी भने कम्युनिस्ट पार्टीहरुले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई आफ्नो विश्वदृष्टिकोण बनाएका हुन्छन् र दुनियाँलाई बुझ्ने र बदल्ने माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई दार्शनिक आधार बनाउने गरेका हुनाले उनीहरूले माक्र्सवादी पार्टी स्कुलिङ मार्फत् धर्म अर्थात् आध्यात्मवादी दर्शनका विरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई जनसमुदायका बीचमा पुर्याएर आफ्ना कार्यकर्ताहरु मार्फत शिक्षा, दीक्षित तुल्याउन जरुरी हुन्छ ।
यिनै समस्या समाधान गर्न कै निम्ति कमरेड माओले सन १९६६ देखि १९७६ सम्म १० वर्षे महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भएको थियो र चिनियाँ जनतालाई सबै खाले अवैज्ञानिक भ्रम, व्यवहारबाट चिनियाँ जनतालाई मुक्त गर्न सफल हुनु भएको थियो ।
यसका निम्ति नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । त्यसैले कमरेड माओले “दर्शनलाई दराजबाट झिकेर जनताको बीचमा पु¥याऊ” भन्नुभएको थियो । द्वन्द्वात्मक तथा ऐतिहासिक दर्शनद्वारा समाजलाई समृद्ध बनाएर नै धर्म जस्तो भ्रान्त कल्पनावादको अन्त्य हुँदै जानेछ ।
Comments

