धनेश्वर पोख्रेल
गत भाद्र १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा चितवनमा खरबौंको हिसाबमा जनधनको क्षति पुरायो । त्यो अकल्पनीय घटनामा ज्यान गुमाउनु हुने बुबा, आमा, दिदी, बहिनी, दाजुभाइ, तथा तमाम बालबालिका र विदेशी पर्यटक मित्रहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा तथा विपत्ति परेको बेला धैर्य धारण गर्न र संयमित भएर शोकलाई उच्च मनोबल बनाउँँदै शक्तिमा बदल्न देश विदेशमा रहनु भएका पीडित परिवारजनमा विनम्र अनुरोध गर्दछु । यो घटना केवल व्यक्ति विशेषमा परेको घटना नभइ सिङगो राष्ट्रमाथि अद्वितीय र पीडाजनक घटना हो । जुन घटनाले सिंगो राष्ट्रकै एक हिस्सा भूगोल र पूँजीको बर्बा गरेको छ । यसको क्षतिपूर्ति गर्न मुलुकले कैयौं वर्ष ठूलो श्रम लगाउनु पर्नेछ । यो घटनाले मुलुकलाई कैयौं वर्ष पछाडि धकेली दिएको छ ।
यो घटना किन घट्यो? कसरी घट्यो ? के कारणले घट्यो ? त्यसको गहिरो अध्ययन अनुसन्धान तथा विमर्श गर्नु जरुरी छ ।
कुनै पनि घटना घट्नुमा त्यसका तथ्यगत कारणहरु हुन्छन् ।कारण विनाको करणी हुँदैन ।यस्तो प्राकृतिक घटना घटनुमा केही मानवीय र प्राकृतिक कारणहरु अवश्य छन् । के हुन सक्छन् कारणहरु? यसको वैज्ञानिक दृष्टिकोणबाट अन्वेषण हुनपर्छ ।कतिपय मानिसहरु हिमताल फुटेर यति ठूलो बाढी आयो भन्छन् ।कतिपय मानिसहरु हिमपहिरो गएर यस्तो भएको हो भछन् । कतिपय धार्मिक मानिसहरु देवी देवता अर्थात भगवान रिसाएर यो उपद्रो गरेका हुन् भन्छन् । सबै मानिसका आ आफ्ना तर्कहरु होलान् । कतिपय तर्कमा तथ्य पनि होला। त्यो तथ्यको चुरो सम्म पुगेर मान्छेले सत्य पत्ता लगाएको छ कि छैन ? घोत्लिनु पर्ने कुरा यहाँनिर हो । हिमताल फुट्नु हिम पहिरो जानु र बाढी आउनु सामान्य कुरो हो। यो हिमनदीमा आउने उतारचढावका कुरा हुन् र मुख्य कुरा हिम पहाडहरु किन फुटे ? किन हिमालयहरु पग्लिँदै काला पत्थरमा अर्थात काला पहाडमा परिणत हुँदै गए ? यसको मानवीय कारण हुन सक्छ कि सक्दैन ?
भोटेकोशीको यो घटना पछि नेपालका मात्र होइन विश्वभरिका खगोलशास्त्रीहरु तथा वातारणपविद, बौद्धिक सर्कलमा यौटा बहस सिर्जना भएको छ । यसमा अधिकांशको यौटै तर्क के छ भने यो पर्यावरणमा आएको असरको मुख्य प्रभाव हो ।पर्यावरण विथोलिनुमा मानिसको ठूलो हात रहेको छ । मान्छेले प्रकृतिमाथि विजय गर्ने नाममा उसमाथि त ठूलो हस्तक्षेप र अन्याय गरेको छ । विज्ञान र प्रविधिको विकास गर्ने नाउँमा प्रकृतिको सामान्य अधिकार माथि नै ठूलो दोहन भएको छ ।
अहिले विश्वमा अति विकसित राष्ट्रहरुमा उद्योग धन्दा कल कारखानाहरुबाट ठूलो परिणाममा कार्वन उत्सर्जन भैरहेको छ । त्यसको धेरै थोरै साना तथा मझौला राष्ट्रहरु पनि आफ्नो हिस्सा छँदैछ । तर कार्वन उत्सर्जनका मुख्य श्रोत भनेका ठूला तथा अति विकसित राष्ट्रहरु नै हुन् ।तीव्र विकासको नाममा भएको कार्वन उत्सर्जनले वायुमण्डलीय पर्यावरणमा ठूलो असर पु¥यायो ।वायु मण्डलीय तापक्रम यति बढ्यो कि त्यसलार्य प्रकृतिले थाम्न मुस्किल हुँदै गएको छ । हिम पहिरो किन जान्छ ? हिमालहरु किन काला पहाडमा रुपान्तरण हुन्छन् ? त्यसको मुख्य कारण वायु मण्डलीय तापमान बढ्नु हो। अर्थात पर्यावरणमा नकरात्मक असर पर्नु हो । अमेरिका, रुस, चीन ,पूर्वी युरोप, जापान, भारत लगायतका विकसित राष्ट्रहरुले विकासको नाममा भएको कार्वन उत्सर्जनले पर्यावरणमा पारेको असरले हिमका पहाडहरु भत्केर हिमनदीहरुमा यति ठूलोे बाढी आउन पुग्यो । त्यसले अथाह जनधनको क्षति पु¥यायो । त्यसैले यो घटनामा ती राष्ट्रहरुको हात रहेको छ । यसको क्षतिपूर्तिको एक हिस्सा यिनीहरुले बेहोर्नु पर्छ ।
अर्को कुरा विकासको नाममा प्रकृतिमाथि जुन हस्तक्षेप भैरहेको छ घटनाको अर्को मुख्य काण त्यो होखालाको किारमा सडकबाटो बाटोको दायाँ बाया खोला वा नदीको अधिकार क्षेत्र मिेचेर बनाइएका घर बसाएका शहर बजार र पुँजिको केन्द्रीकरणले आज यति ठूलो जनधन र राष्ट्रिय सम्पत्तिको अकल्पनीय क्षति हुन पुग्यो ।आफुमाथि हिमपहिरोको बज्रपात आउदा हिम नदीहरुले कसरी थाम्न सकुन् ? आफ्नो टाउको फुटेपछि मिटको टाउको बेलै सरी भन्ने नेपाली उखानलाई भोटेकोसी ले चरितार्थ गरेर देखायो । हिजो यस्तै घटना मेलम्चीमाघटेको थियो । आज त्यो बज्रपातको पीडा सम्बन्धित क्षेत्रका जनताले ामत्र नभएर ङ्गिो राष्ट्रलले नै भोगनु प¥यो । आज त्यो पीडा भागिरहेका त्यसक्षेत्रका जनता र देश विदेशमा रहोके तिनका आफन्तहरुले कति भोगिरहेका होलान् यसको कुने मापन यन्त्र नै छैन । घटना घटेदेखि आज पर्यन्त सम्मका संचार माध्यमका समाचारले श्रोताहरुके मुटु छिया छिया पारेको छ भने पीडित भोक्ताहरुको हृदय कस्तो भएकोहोला ? कल्पना गर्न सकिन्न ।
यो घटनो देश विदेशमा बस्ने नेपालीलाई ममाृहात बनाएको छ नै त्यसको साथै सांरभरको मानिसहरुलाई समेत अवश्य दुःखित तुल्याएको छ ।यो घटनामा पीडित जनताहरुलेको लागि भनेर लाखौं जनता र मित्रराष्ट्रहरुबाट अरबौं,खरबौं बराबरको नगद जिन्सी तथा नगद राहत संकलन भएको छ पहिलो कुराा मानवीय सम्वेदनाको दृष्टिले यो दुःखद घडिमा राहत सहयोग सबैतिरबाट संकलन हुनु अति महत्वपूर्ण र खुशीको कुरा हो । उक्त राहत जसको तत्कालको समस्या समाधान गर्न र दीघृकनलनि व्यवस्थापन –गास ,बास, कपासआदि) गनर्नको निम्त आएको हो राज्यले उसकै प्रयोजनको निमित निसपक्ष न्यायिक र आग्ह पूर्वाग्ह रहित भएर त्यहाँ पु¥याउन पर्छ । र पारदर्शी ढंगले वितरण गर्नु पर्छ । जबकि पीडित जनताहरुको खाँचोको पनि आफ्नो सहयोग सम्बन्धित पीडितहले पाएकोमा गर्व गर्न सकुन। यो परिपाटी निष्पक्ष ढंगले राज्यले मिलाओस् । जनताको मानस पटलमा यो मुलुकमा राज्यसत्ता छ सरकार छ भन्ने अनुभुत गराओस्।
दोस्रो कुरा राज्यले सम्बन्धित क्षेत्रका पीडित जनताहरुलाई तत्काल पुनर्वासको व्यवस्था मिलाई बाँचेका र त्यो क्षेत्रमाबाँकी रहेका जनतालाई बाँकी जीवन ढुक्कसँग बिताउने गास बास कपासको शिक्षा स्वास्थ्य रोजगारीको प्रबन्ध मिलाओस् ।
मानवीय समवेदनालाई गहिरोसँग अनुभुत गरी राज्यले आफ्नो भूमिका निभाउनु पर्छ । तेस्रो कुरा यो घटनाबाट शिक्षा लिँदै राज्यले सुरक्ष्तिा तथा अनुत्पादक क्षेत्रमा भौतिक आवासको व्यवस्था तथा शहरी विकास योजना तर्जुमा गर्नु पर्छ । नदी किारमा तथा आसपासमा बसोबास तथा बजार व्यवस्थापन कार्यलाई नियन्त्रण र नियमन गर्नु पर्छ । हाइवेसँग जोडेर बजार विस्तार गर्ने कार्य लाई रोक लगाउनु पर्छ । खोला नदी तटीय क्षेत्रलाई उसको मापदण्ड अनुसार खुल्ल राख्नु पर्छ ।
चौथो कुरा २०७२ को भुकम्पको बेला होस या वा प्राय हरेक वर्ष भैरहेको बाढी पहिरो पीडित जनताको निम्ति जम्मा भएको राहत वास्तविक पीडितकोकहाँ कम मात्र पुगेको धेरै जसो राहत विचमा अपचलन गरी विचौलिया मोटाएका गुनासोहरु थुप्रै सामाजिक संजालमा व्यापक आएको थियो ।रसुवा भोटेकोसी घटनामा त्यो प्रवृति नदोरियोस् र एक पैसा बाँकी रहेसम्म पीडितले नै पाउने वातावरण बनोस् ।
वायुमण्डलमा फेलिएका कार्वन डाइअक्साइडले पछिल्लो चरणमा प्राणी जगतमा ठूलो असर पु¥याएको छ । अहिले मानव स्वास्थ्यमा अकल्पनीय रोगहरु देखिँदै आएका छन् । क्यान्सर जस्तो प्राणघातक रोग यति व्याप्त रुपमा फैलिएको छ कि यसलाई निर्मूल त के नियन्त्रण गर्न समेत स्वास्थ्य विज्ञान असमर्थ देखिएको छ । क्यान्सर रोगको चाँप दिन प्रतिदिन बढिरहेको छ । जीवनको उत्तरार्धमा पुगेर आज प्राय जसो मानसहरु क्यान्सर रोगबाट पीडित भै मृत्युको मुखमा पुग्नु परेको छ ।
पर्यावरणीय प्रभाव प्राणी जगतमा मात्र भएर पृथ्वीमा पनि पर्नथालेको छ त्यसको साथै बोट विरुवामा पनि परेको छ । फागुन चैत्रमा जंगलमा राताम्य भएर फुल्ने लालीगुँरास पुस माघमा फुल्छन् ।बैसाख चैत्रमा पाक्ने फलफूल माघ फागुनमा पाक्न थालेका छन् । फागुन चैत्रमा पतझर हुने विरुवा पुस माघ मै पतझर हुन्छन् । यसको मुख्य कारण पर्यावरणमा आएको परिवर्तन हो । त्यसैले कतै अविरण वर्षाको कारण बाडी पहिरोका घटनाहरु बढ्दै गएका छन् । भने कतै सुख्खा पहिरोले पनि बाटो अवरुद्ध गर्ने धनजनको क्षति पु¥याउने भएको छ । कतिपय स्थानहरु भासिने गरेको जमिन फुटेर चिरा परेको उथलपुथल भएको पनि देखिन्छ र सुनिन्छ पनि । पर्यावरण प्रतिकूलता र समग्र वायुमण्डलमा आएको अकल्पनीय फेरबदलले विश्वका विभिन्न मुलुकहरुमा अनपेक्षित घटनाहरु घटिरहेका छन् । र अझ ठूलो स्केलमा घट्दै जाने निश्चित छ ।
विश्वमा अहिले सात अरब भन्दा बढी जसंख्याको चाँप एकातिर छ । जसले गर्दा प्रकृति माथि मानवीय हस्तक्षेप दिनानुदिन बढ्दै गएको छ । खोला नाला वनजंगल हिमाल पहाड तराइँ जताततै मानिसले अतिक्रमण गर्दे आएको छ । त्यसको भार यो वा त्यो रुपमा पृथ्वीमा परेकै छ । भने अर्कोतिर कल कारखाना उद्योग धन्दा सवारी साधन आदिबाट प्रदूषणकोरुपमा फैलिको कालो कार्वन मोनोअक्साइडले प्रकृति क्षेत्रमा पारेको असरले कुनै दिन पृथ्वीमा उथलपुथल नआउला भन्न सकिन्न, द्वन्द्वात्मक ऐतिहासिक भोतिकवादको नियमअनुसार पृथ्वीले पनि आफुलाई कुनै दिन पुन?संरचना नगर्ला भन्न सकिन्न । हिमाल पहाड भासिएर समुन्द्र बन्न पनि सक्छ र समुन्द्र उठेर हिमाल बन्न पनि सक्छ तर त्यो कहाँ र कसरी कुन रुपबाट कहिले हुन्छ कसैले भविष्य वाणी गर्न सक्दैन । त्यतिबकेला पृथ्वीको एक हिस्सा मानिसको र अथाह भौतिक संरचनाको क्षति हुन सक्छ । त्यसता घटनाले युगको निरन्तरतामा क्रमभंग गरेर नयाँ युगको थालनी पनि हुनु सक्छ । यो अवश्यम्भावी छ । तर अनिश्चित । युग परिवर्तन गर्ने यस्ता प्रकृतिका घटनाहरु सानोबाट ठूलो हुँदै विकराल भएर जाने छन् । यो कुनै काल्पनिक र मनगणन्ते कुरा नभएर प्रकृति विज्ञान तथा द्वन्द्वात्मक भौतिकवादी नियम संगत कुरा हो। ठूलो रेक्टर स्केलको भुकम्प र त्यसले पार्ने प्रभावबाढी पहिलो अतिवृति अनावृति हुनुहिम शिखरहरु फुट्दै भत्किँदै जानु हिमालहरु काला पत्थरमा रुपान्तरण हुँदै जानु प्रकृति जन्य भौतिक संरचना बिग्रँदै जानु यसका विविध रुपहरु हुन् सक्छन् । अहिले हिमताल माथि बज्रिन आएको हिम पहिरोले हिमताल फुटाएर भोटेकोशीको बहाव उच्च भएर आयो र रसुवा नुवाकोट धादिङ र चितवनमा वितण्डा मच्चायो, यो घटनाले कसैले पनि नजरअन्दाज गर्न मिन्दैन र गर्न पनि हुँदैन । बरु भावी दिनमा हुनसक्ने सम्भावित खतराबाट मुलुकलाई कसरी बचाउन सकिन्छ ? विकास निर्माण र भौतिक पूर्वाधार निर्माणको सवालमा वैज्ञानिक विधि के अपनाउन सकिन्छ? कस्तो योजना बनाउँदा मुलुकलाई समृद्धितिर पनि लान सकिन्छ र पर्यावरण पनि सुरक्षित गर्न सकिन्छ ? यसमा सबैको ध्यान केन्द्रित गर्न आवश्यक छ । यी घटनाहरुबाट पाठ सिकेर सरकारले तात्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्छ ।यो घटना कुनै सामान्य घटना होइन । २०८३ भाद्र २५

