–कुमारी थापा
पाण्डिचेरी
यसपालीको तीज बरै कसरी मनाऊँ हाम्रो देश हेर आज रोइरहेछ को छ ।
आमाको आँसु पुछ्नुपर्ने, मन भित्रै पोलिरहेको छ
नाचौँ कि गाउँ, कि पीडितको हात समाऊँ,
देश दुखेको बेला, कसरी खुसी मनाऊँ ।
कतै बाढी, कतै पहिरो, घरबार सबै बग्यो
गरिबको त्यो सानो सपना, भेलसँगै बगायो ।
नेता ठूला भाषण गर्छन्, जनताको दुःख उस्तै,
कहिले आउँछ परिवर्तन, प्रश्न गर्छन् सबै।
महँगी बढ्यो दिनदिनै, चुल्हो बल्न गाह्रो, भो
युवाको हातमा सीप छ, रोजगारी पाउन गाह्रो भो ।
विदेशिने बाध्यता कहिले, अन्त्य होला नि ?
आफ्नै देशमा भविष्य खोज्ने, दिन कहिले आउला नि ।
तीज हाम्रो संस्कृति हो, माया र सद्भाव हो,
तर दुःखीको आँसु पुछ्नु, आज ठूलो धर्म हो।
एकताको हात बढाऔँ, पीडितलाई साथ दिऔँ,
यसपालीको तीजलाई, सेवाको पर्व बनाऔँ।
यसपाली तीज कसरी मनाऊँ, देश रोइरहेको छ,
जनताको पीडा देख्दा, मन भित्रै पोलिरहेको छ।
नाचौँला फेरि, हाँसौँला फेरि, सुखको दिन आए,
पहिला देश र जनताको, घाउमा मलम लगाए।

