महेन्द्र बस्याल, नई दिल्ली,भारत । १२ र १३ सितंबर २०२६ भारतको नई दिल्ली स्थित “भारत मन्डपम” मा लचीलापन नवीनता सहयोग और स्थिरताको लागि निमार्ण ( ब्रिक्स / Building Resilience and Innovation for Cooperation and Sustainability -(BRICS) १८ औ सम्मेलनको आयोजना गरिएको छ। ब्रिक्सको स्थापना १६ जुन २०२६ का दिन रसियामा भएको थियो। यहा Brazil, Russia, India, China & South Africa सदस्य देशको पहिलो अक्षरबाट BRICSको नामकरण गरिएता पनि यसको राजनीतिक अर्थ भने अर्कै छ।
यो सम्मेलन तयारीका दौरान ११ सितम्बर सुक्रबार का दिन दिल्लीमा सार्वजनकि बिदा दिईएको थियो। दिल्लीका सडक ब्यापारीहरूलाइ खाली गराइएको छ। सुरक्षाको हिसावले ३५ वटा मुख्य सडकलाइ डाइभर्सन गरिएको छ। जसका कारण २ किमी यात्रा गरे हुनीमा ८ किमी घुम्न पर्दा जनतालाई निकै शास्ती भएको छ। मेट्रो, रेलवे स्टेशन, रोड र एअरपोर्टमा कड़ा सुरक्षा चेक जाच र ड्रोनबाट निगरानी गरिएको छ। सुरक्षाको लागि ठूलो संख्यामा मिलिटरी, कमांडो, अर्धसैनिक जवान र पोलीस परिचालन गरिएको छ।
ब्रिक्स सम्मेलनको अध्यक्षता भारतले गरिरहेको छ भने सहभागी देशहरूमा रसिया, चाइना, ईरान, ब्राज़ील, मिश्र, युएई, इथोपिया, ईन्डोनएसिया र दक्षिण अफ्रिका रहेका छन। रसिया र चाइनाका राष्ट्रपतिहरू रहेका होटल आइटीसी मौर्या र ताज होटलको एक महिना पहिला देखि नै रसिया र चीनका सुरक्षा एजेन्सीहरूले चेकजाच गरेका थिए। ती होटलको आकास माथि नो हवाइ ज़ोन घोसित गरिएको छ।सम्बन्धित देशका ड्रोन र मिलिटरी कमान्डोले पहिलो लिएयरमा सुरक्षा दिएका छन भने दोस्रो लिएरमा भारतका सुरक्षा एजेंसी रहेका छन।

