रसुवा बाढीको अध्ययन गर्न संसदीय विशेष समिति गठन

  • काठमाण्डौ । प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली बाढीसम्बन्धी अध्ययन गर्न २०८३ असोज ५ गते संसदीय विशेष समिति गठन गरेको छ ।
    रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन भएको हो । तीन महिनाको समय पाएको समितिले भविष्यको विपद जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्ने कार्यादेश पाएको छ ।
    विशेष समितिले हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्ने, हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमसम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको अध्ययनगर्नुका साथै बाढी प्रभावितहरुको पुनस्र्थापना ,पुननिर्माणकोलागि सुझाव समेत पेश गर्नेछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित