क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, दिपक चलाउने नेतृत्वको नेकपा बहुमत र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित संयुक्त संघर्ष समिति चितवनको एक प्रतिनिधि मण्डलले भरतपुर स्थित जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई एक संयुक्त ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज बिकास , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सेक्रेटरी सतिसाल , नेकपा बहुमतका इन्चार्ज धुर्व खडका , नेकपाका हरिप्रसाद घिमिरेले हस्ताक्षर गर्नु भएको छ । प्रतिनिधि मण्डलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरू दिवाकर न्यौपाने , बाबुराम प्यासी परियार , नेकपाका रामचन्द्र लम्साल, बहुमतका दिनेश घिमिरे लगायतको सहभागीता रहेको थियो । ज्ञापन पत्र बुझ्दै प्रजिअ अर्यालले जारी कार्यालय प्रमुखहरुको बैठकमा समेत यो विषय उटाएर गम्भीरता पूर्वक पहल गर्ने प्रतिबद्धता जनाएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका इन्चार्ज बिकासले जानकारी गराउनु भएको छ ।
चितवनका चार कम्युनिस्ट पार्टीले सिडियाेलाई ज्ञापन पत्र बुझाए
Comments

