डा. विजय पौडेलको निधन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का नेता तथा पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ। उहाँको असोज २६ गते कीर्तिपुर अस्पतालले निधन भएको घोषणा गरेको हो। कीर्तिपुर अस्पतालका अनुसार पौडेललाई अस्पताल पु¥याउँदा नै निधन भइसकेको थियो। उहाँको निधनको खबरले नेपाली वामपन्थी राजनीतिक वृत्तमा शोक छाएको छ। ?
डा. पौडेल लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। उहाँले नेकपा मालेबाट राजनीतिक यात्रा अघि बढाउनुभएको थियो। माधवकुमार नेपाल लगायतका नेताहरूले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि उहाँ पनि उक्त पार्टीमा आबद्ध हुनुभएको थियो। पछि एकीकृत समाजवादी र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाप्रति असहमति जनाउँदै उहाँ नेकपा (संयुक्त) मा सक्रिय हुनुभएको थियो। ?
राजनीतिसँगै सञ्चार क्षेत्रमा समेत संलग्न पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत हुनुहुन्थ्यो। उहाँ पुराना वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितका छोरा हुनुहुन्थ्यो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित