. कृष्ण पौडेल
– युवा कालमा नास्तिक दर्शनको प्रवेशले मलाई दशैं खासै चकाचक लागेन।
दशै हिन्दुहरुको महान चाड हो। मैले पनि धेरै दशैं मनाएको छु। पछिल्लो कालमा दशैं नमनाcको धैरै भयो । मेरो दशैं सँग धेरै ठुलो लगाब छैन। वालककालमा दशैं दुई कुराले रमाइलो लाग्थ्यो ।एक, मामाघर गएर टिका लगाउदा पैसा पाईने।दुई, त्यो पैसाले सिंगो ‘पाईनापल’ बिस्कुट केनेर खाने र अरु पैसाले ‘चाईनिज पेन ‘ किन्ने। त्यो बेला यी दुई कुरा हामी जस्ता गरिवहरुको लागि दुर्लभ चिज थियो।
युवा हुदा नहुदै म लगभग नास्तिक भैसकेको थिए। वाल्यकालको दशैंको महत्व हरायो। युवा कालमा नास्तिक दर्शनको प्रवेशले मलाई दशैं खासै चकाचक लागेन।कर्मकाण्डि हिसाबले परिवारले जे जे गर्छन् त्यसैलाई पछ्याउन मात्र थालियो।
दशैंको धार्मिक प्रवृत्ति संग मेरो सधै असहमति रह्यो । किनकि म धर्म र भगवान हुन्छ भन्नेमा बिस्वास गर्दिन।
दशैंको सांस्कृतिक मान्यता ठिकै लाग्छ।जस्तो ठुलावडाको हातको टिका लगाउने,आसिर्वाद थाप्ने,आसिर्वाद लिने, विगतका रिसराग भुल्ने र नयाँ सम्बन्ध सुरुवात गर्ने,आदि।
तर यी सांस्कृतिक मान्यता लागु भएको चै मैले कहि कतै देखिन।पहिलो आशीर्वाद लागेर कसैको न त फलिफाप भयो न त हामीलाई हेला नगरेस भनेर छोराछोरीलाई भनेको बोलिले काम गर्यो। समाजमा राम्रो सस्कार र सभ्यता भएका मानिस यतिकै राम्रा छन्।तर जसको सस्कार र सभ्यता राम्रो छैन दशैंको आशीर्वादले परिवर्तन भएको मैले भेट्टाएको छैन।दशैमा मनपरि नपरि झगडिया संग टिका थाप्न र आशीर्वाद थाप्न गएको देखियो तर टिका र आसिर्वाद थापेर फर्केको केहि क्षणमै धार्नेहात सुरु हुन्थ्यो ।यदि दशैंको आशीर्वादले बैरभाब नास हुने भए उहिले सय वर्ष अघि नै शान्ति छाउथ्यो होला।त्यसैले मलाई यो पक्ष पनि केवल ढोंग मात्र लाग्यो ।
धेरै मानिसहरु वृद्ध वृद्दाहरु सँग टिका थापेर आसिर्वाद थाप्न तँछाडमछाड गरेको देखिन्छ ।तर तिनै केहि ढोंगिहरु आफ्नै वृद्ध वुवाआमालाई सगै राख्न हेर्न नपरे हुन्थ्यो भनेर अनेक बाहना पारेर उम्कन हर सम्भव प्रयत्न गरेको बग्रेल्ती देखिन्छ।
त्यसैले यो पनि केवल ढोंग मात्र हो भन्ने लगेर दशैंको सांस्कृतिक पक्ष संग पनि मलाई खासै लगाव छैन र भएन।
यसपालि दशैं नमनाउने निधो थियो।तर मेरो आफ्नै पचासी पर्वको आमा आफै धार्मिक हुनुहुन्छ उहाँको लागि हाम्रो परिवारले भने दशैं मनायौ। र यो दशैंमा सकेसम्म ढोंगिहरुलाई स्वागत नगर्ने निधो गरियो । 000
Comments

