क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा मिटरव्याजीले हडपेको जग्गा कब्जा

गुलरिया । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जिल्ला कमिटीले मिरव्याजीले हडपेको जग्गा कब्जा गरेको छ । जिल्ला सेक्रेटरी प्रभासले जारी गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ –

विज्ञप्ति

मिति:- २०८२/७192

हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल स्थापना कालदेखि राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको पक्षमा उभिदै आएको कुरा यहांहरुलाई सर्वविदितै छ हाल नेपालको दलाल, प्रतिक्रियावादी कटपुतली असफल राज्य व्यवस्थाको फाइदा उठाउँदै भुमाफिया, दलाल, मिटरव्याजी तस्करहरुले जनताको उठिबास दिनप्रतिदिन लगाउदै आएका छन् ।

यसै सन्दर्भमा बाँसगढी नगरपालिका वडा नं. ७ डेउढाकला राधाकृष्ण टोलमा बस्ने बुबा कन्हैया थारु र छोरा हरीराम थारुले व्यापारको लागि बाँके जिल्ला खजुरा ४ डिगाउँ बस्ने वर्ष ३५ को राजेन्द्र श्रेष्ठलाई पीडितका फुपा मार्फत छिनुवा पास ११,५०,०००।- अक्षरुपी एघार लाख पचास हजार ०-११-३ खेत दिएका थिए सो कारोवार भएको र सम्झौता बमोजिम ठिक १ वर्ष पछी ५,७५,०००।-सम्झौताका साक्षी सुन्दर थारु मार्फत फिर्ता गरिसकेको र बाँकी रहेको पैसा लैजा मेरो जग्गा फिर्ता गर भन्दा आजभोली भन्दै ६ वर्ष वित्यो। पीडितको धेरै कोशिस पश्चात २०८२।१०।२९ गते वडा कार्यालयको रोहवरमा फिर्ता गर्ने लिखितम सम्झौता भएको थियो । सो सम्झौतामा १५ दिन भित्र फिर्ता गर्ने वकिल मार्फत कागज बन्यो र वडा कार्यालय प्रत्यक्ष ७ नं वडा अध्यक्षद्वारा प्रमाणित भएको छ। निज श्रेष्ठले सो सम्झौता गरे वापत फिर्ता गर्नु सट्टा उल्टै धनेश्वर कार्कीलाई ०-४-० जमिन बेचिदिएका सो जग्गा बर्दिया जिल्ला अदालतमा पनि विचाराधिन अवस्थामा रहेको र अदालतको फैसलालाई नटेरी जुन बेच्ने र किन्ने काम गरियो यो कार्य हाम्रो पार्टीलाई कदापी स्वीकार्य हुन सक्दैन वास्तविक पीडितलाई न्याय दिलाइदिन भनी हाम्रो पार्टीले सम्बन्धी निकायलाई आग्रह गर्दछ । अन्यथा हाम्रो पार्टी सधै वास्तविक पीडितको पक्षमा उभिएर सशक्त कदम चाल्ने कुरा पनी यहाँहरुलाई यसै विज्ञप्ति मार्फत जानकारी गराँउदछौ ।
क्रान्तिकारी अभिवादन सहित ।

…………………..

प्रभास
सचिव क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला कमिटी, बर्दिया

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित