सतर्क रहन मौसम पूर्वानुमान शाखाको सूचना

 

काठमाडौं । भारतमा अर्नव चक्रवातको प्रभाव देखा परिसकेको छ । मौसम पूर्वानुमान शाखाले नेपालमा कात्तिक १३ र १४ गते चट्याङ तथा हावाहुरीसहित भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन भनेकोछ । नेपालको मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले केही भारतीय मीडियामा देखाइए जस्तो अर्नब चक्रवातीय आँधीबाट नेपाली धेरै आत्तीनुपर्दैन भनेकाछन् । मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले भनेकाछन्, “आन्ध्रप्रदेशको विशाखपट्नमनजिकै आज अक्टोबर १०मा अपरान्ह यसआँधीको गती १२५ किलोमिटर प्रतिघण्टा नापिएको थियो । तर नेपालबाट करीब दुईहजार किलोमिटर टाढारहेको यो प्रणाली यहाँसम्म आइपुग्दा धेरै कमजोर भैसक्ने छ । यसर्थ हाल देखिएजस्तो हावाहुरीचल्ने हुँदैन । अर्को सम्भावना – यो प्रणाली भारतको छत्तिसगढराज्यको मध्यतिर आइपुग्दासम्म चक्रवातीय प्राणालीबाट कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत हुनपनि सक्छ । यसोभएमा हावाहुरी सँगै वर्षाको तिब्रतापनि कमहुने सम्भावना हुन्छ । तर यस्तो अवस्थामा यसको नेपालबसाई लम्बिन सक्छ, जुन भनेको ४–५ दिन आकाश नखुल्ने र सिमसिम पानी परिराख्ने हो । तर एउटाकुरा पक्का केहो भने भोलीबिहिबार साँझदेखि देशका बिभिन्न भूभागमा वर्षा शुरुभएर शुक्रबार थपतिब्रताका साथ पानी पर्नेछ । शनिबारदेखि के हुने भन्नेकुरा चक्रवात नै कायमहुनु वा न्युनचापीय प्रणाली बन्नुमा भरपर्ने छ । भोलीबिहिबार अपरान्हदेखि शनिबारसम्मको लागि अत्यावश्यक बाहेक लामोदूरीको यात्रा नगर्ने र नदी तथा पहिरोक्षेत्र वरिपरी सतर्कता अपनाउने । वर्षा र हिमपात मात्रै हुने हो कुनै ज्वालामुखी फुट्ने वा भुइँचालो जाने होईन, यसर्थ आत्तिने होईन कि सचेत हुन जरुरी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित