सरकारप्रति जनआक्रोश बढ्दै

२०८२ साल भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि बनेको शुशीला कार्की नेतृत्वको सरकारले गराएको २०८२ फागुन २१ गतेको निर्वाचन पछि नयाँ सरकार बनेको छ । जेनजी आन्दोलनको माग देशमा सुशासन ,भ्रष्टाचारको अन्त्य तथा बन्द भएको सामाजिक संजालको सुचारु हुनु पर्ने ,देशमा रोजगारीको सिर्जना हुनुपर्ने रहेका थिए ।आफ्नो भविश्यकोलागि भन्दै नव युवाहरुलाई रोजगारी स्वदेशमा नै सिर्जना गर्ने गरेर जेनजीहरुलाई सडकमा उतारिएको थियो । शान्तिपूर्ण आन्दोलन भनिए पनि हिंसात्मक बन्न पुग्यो । २ दिनमा ७६ जनाको मृत्यु हुन पुग्यो र सयौं घाइते बन्न पुगे । भौतिक संरचनाहरु क्षणभरमै खरानी बन्न पुगे । जेनजी शहीदको रगतमा टेकेर बनेको वालेन्द्र शाहको सरकारले देशमा रोजगारीको सिर्जना गर्ला ,सुशासनको स्थापना गर्ला भ्रष्टाचारको अन्त्य गर्ला भन्ने सोचेका देश विदेशमा रहेका नेपाली जनताले सरकार गठन भएको आठ महिना पुग्न थाल्दा पनि जनताले सोचेको जस्तो उपलब्धिमूलक काम सरकारले गर्न सकेको छैन । सरकार गठन हुनुभन्दा पहिले चुनावको बेलामा देशमा रोजगारी सिर्जना गर्ने,नेपाली युवाहरुले विदेश जानु नपर्ने आश्वासन बाँडिएको थियो । विदेश गएका नेपालीहरु अब स्वदेशमा फर्किन पाउने अर्थात स्वदेशमा नै रोजगारीको वातावरण बन्ने भनिएको थियो ।
सुशासन स्थापना गर्न भनेर सरकारले सय बुँदा पनि सार्वजनिक ग¥यो। सरकारको नीति तथा कार्यक्रममा पनि ती बुँदाहरुलाई समेटियो साथै सरकारको बजेट भाषणमा पनि ती विषयहरुलाई समेटियो । सय बुँदामा रहेका कतिपय विषयहरु राम्रा भए पनि कतिपय विषयहरु सरकारलाई तानाशाही बनाउने प्रकारका थिए ।
नयाँ अनुहार ,नया पुस्ता, नयाँ कुरा पूरा हुन्छ भनेर अपेक्षा गरेका जनताहरुको आशामा तुषारापात भएको छ ।देशमा रोजगारी सुशासन केही पनि हुने लक्षण देखिएको छैन । सरकारले प्राकृतिक विपत्तिमा परेका जनताको गास, बास, कपासको व्यावस्था मिलाउन समेत सकेको छैन, भोटेकोशी बाढीबाट प्रभावितहरुलाई प्रभावकारी राहत उद्धार तथा पुनस्र्थापना गर्न सकेको छैन । देशमा रोजगारी सिर्जना गर्न कुनै पनि कामको शुरुवात गर्न सकेको छैन । रोजगारी देशमा सिर्जना होला र देशमा फर्केर आएपछि स्वदेशमा नै रोजगारी पाइएला भन्ने आशा राखेका मानेका नेपाली नवयुवाहरुको आशामा तुषारापात परेको छ ।
देशमा उखु किसानहरुले तोकेको मूल्यमा उखु बेच्न पाइरहेका छैनन् ।दूध किसानहरु निरन्तर रुपमा आन्दोलित छन् । किसानहरुको अवस्था अत्यन्त दयनीय छ । देशमा इन्धन अभाव हट्न सकेको छैन । इन्धनको विकल्प सरकारले दिन सकेको छैन । सरकार अधिनायकवादी शैलीमा चल्न खोजेको छ । सरकार विचौलियाहरुको इशारामा चलेको , विचौलियाहरुले सरकार,न्यायपालिका तथा सुरक्षा निकायलाई समेत गम्भीर रुपमा प्रभावित पारेको विषयहरुले समाजलाई तरंगित बनाएको छ ।
विचौलिया इनम सापकोटा प्रकरणले सरकारप्रति गम्भीर अविश्वास पैदा गरेको छ । सरकारका मन्त्रीहरु बहाना पाउने वित्तिकै विदेश हुत्तिएका छन् र देशको ढुकुटी स्वाहा बनाएका छन् । जनताको दुःख देखाउँदै ,विकासको बहाना बनाउँदै विदेशी दातृ निकायसँग सहयोग राशि माग गर्ने,अनुदान स्वीकार गर्ने,विश्वबैंक तथा एसियाली विकास बैंकबाट ऋण सहयोग लिने र स्वीकार गर्नेबाहेक सरकारले उल्लेखनीय काम गर्न सकेको छैन ।
सरकारको यो तरिकाले जनतालाई राहत भन्दा पनि दीर्घकालीन रुपमा आहत हुने देखिन्छ ।
सरकार विदेश नीति तथा कुटनीतिमा समेत असफल हुँदै गएको छ । सरकारको यस्तो कार्यको विरोधमा जनआक्रोश बढ्दै गएको छ । सरकारको काम कारबाहीको बारेमा केही समय “पर्ख र हेर ”को अवस्थामा रहेका जनताको धैर्य टुट्न थालेको छ । सत्ता पक्षकै सांसदहरुले प्रतिपक्षले जसरी सरकारको गतिविधिको विरोध पनि जनाएका छन् । सत्ता पक्ष पार्टीका नेता अमरेश कुमार सिंह मधेश जागरण अभियान लिएर निस्केका छन् ।विपक्षी पार्टीका नेताहरुले सरकारको गतिविधिको विरोधमा उत्रिने चेतावनी दिँदै आएका छन् ।
जभावना विपरीत सरकार चल्न खोजेमा जनताले सहने छैनन् । इतिहासका सर्वेसर्वा जनता हुन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित