समयका पलहरु

कृष्णभक्त महर्जन

वसन्तमा
शिशिर बनी दिने
बर्खामा
वर्षा भै दिने
रातलार्इ
दिन बनाउने
दिनलार्इ
रात बनाउने
ऋतु हो
समयसगै
ॠतु परिवर्तन हुन्छ
कहिले हेमन्त हुने
कहिले गृष्म हुने
ऋतुको चाल हो
ॠतुसगै
कहिले दिन हुने
कहिले रात हुने
दिनमा
कोइली कराउने
रातमा
भाले बास्ने
समयको खेल हो
समय वितिदै गए
ॠतु फेरिदै गए
विचारले
व्यवहारहरु दिन
व्यक्तिसँग गिरे
समाजसग भिडे
न त
फल पाए
न त
भोकै मेटे
उमेरले
नेटो काट्यो
बुढेस
कालले छोयो
वलिदान नभए नि
वलिदानीको रगतमा
एक्लो ज्यान
डब्बल भइयो
डब्बल ज्यानले
व्याच पनि पाइयो
तर
इतिहासको व्याज खाने
अर्का अर्कै भए
समयको पलहरुमा…..।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित