प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण : संक्षिप्त टिप्पणी – महेन्द्र बस्याल ( नई दिल्ली )

 

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह नेपाल एरालाइन्सद्वारा दिनांक २२-२३ नोभेम्बर २०२६ का दिन दुई दिने राजकीय भ्रमणमको लागि  ३५ सदस्यीय प्रतिनिधिमंडल सहित भारतको नई दिल्ली आए । इन्दिरागांधी एयरपोर्टमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमंत्री जितिन प्रसादले नेपालका प्रधानमंत्री वालेन्द्र शाहको स्वागत गरेका थिए। स्वागतका दौरान सांस्कृतिक झाँकि प्रदर्शन पनि गरिएको थियो। भारतले नेपाललाई कहिलै पनि मित्रराष्ट्रको दर्जामा हेरेको र उच्च सम्मानका साथ व्यवहार गरेको कुनै इतिहास पनि छैन। स्वगतमा मान्यता भएन भनेर अचम्भ मान्नु पर्ने आबस्यकता पनि छैन, यो भारतीय शैली हो। प्रधानमन्त्री ताजमहल होटलको सुट नं ८०३ मा रहे र सोही होटलमा भारतीय विदेश मंत्री जयशंकर संग भेटवार्ता भएको थियो।

२३ नोभेम्बरका दिन राष्ट्रपति भवनमा औपचारिक स्वागत कार्यक्रम, रामघाटमा अबस्थितमहात्मा गांधीको समाधीमा श्रद्धांजली कार्यक्रम, समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी संग भेटवार्ता, प्रेस कॉन्फ़्रेंस, राष्ट्रपति मुरमूसंग भेंटवार्ता पछि साँझ ४.५० को नेपाल फर्किए । प्रधानमंत्री बालेन्द्र शाहको भारत भ्रमणलाइ भारतका पत्र पत्रीकाले टिका टिप्पणी गरेका छन। दैनिक भास्करका अनुसार जनकपुर अयोध्या रेलवे लाइन, वाढीपिडीतहरूको पुनर्निर्माणको लागि २ अर्ब डलर यानी १८ हजार करोड़को प्याकेज सहयोग, भैरहवा विमानस्थलको लागि नया रूटको व्यवस्था गर्ने, नेपालले अन्तराष्ट्रीय ब्यापारको लागि कोलकाता बंदरगाहको बदला अन्य बंदरगाह प्रयोग गर्न सक्ने र बिजुली र कृषि सम्बन्धी ब्यापरलाइ बढ़वा दिनेभनिएको   छ। नवभारतले लेखेको छ –भारतले नेपाललाइ कहिलै पनि अलग देश नसोचेको र नेपाल भारत संबंध रोटी बेटीको रहेको थियो तर केही साल देखि  दुई देश बीच  खटास पैदा भएको छ जसको मुख्य कारण चाइनाले नेपालको राजनैतिक, आर्थिक र सामरिक बिषयमा अधिपत्य जमाउनु हो। अब प्रधानमन्त्री बालेन्द्र शाह दिल्ली आए पछि सबै ठिक हुने आंकल गरेर लेखेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बिच भेंटवार्ता सकिएर पत्रकार सम्मेलन पनि सम्पन्न भएको छ। भारत सरकारले नेपालको पूर्निमाणमा २ खर्ब ४० अर्ब बराबरको सहयोग दिने घोषणा गरेको छ भने भारत र नेपाल सरकार बिच ८ समझदारी भएको छ । ती मध्ये प्रहारी सम्बन्धी सहकार्य, निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालीम, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, भूउपग्र संचार संचालन स्थापना, दिगो शहरी बिकास, स्वास्थ्य तथा औषधी र पशुपन्छी तथा मत्स्य बिकास, तल्लो अरूण जलविद्युत परियोजना, जनकपुर अयोध्या रेलमार्ग, पेट्रोलियम पाइपलाइन र सिमानामा एकीकृत जाँच चौकी, भन्डारण केन्द्र सम्बन्धी रहेका छन्। यी मध्ये भारतले कतिपय विषयहरू आफ्नो स्वार्थ अनुरूप पेलेर सहमति गरेको  देखीन्छ भने कतिपय बालेन्द्र शाहले पनि कमजोरी गरेका छन्। यसमा पोखरा र भैरहवा यरपोर्ट सम्बंधि यररूट, सिमाना अतिक्रमण बारे, १९५० को असमान सन्धी, प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन बारे र भारतमा कार्यरत नेपालीहरूको सुरक्षाबारे कहि कतै चुईक्क मुख खोलेका छैनन्। यी बिषयमा कुनै सहमति हुन सकेन।

प्रधानमन्त्री बालेन्द्र शाहले नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् भने भारतीय जनतालाई नेपालका सुप्रसिद्ध धार्मिक स्थल भ्रमण गर्न निमन्त्रणा एवं आव्हान गरेका छन्। तर भारत भ्रमणमा नेपालका प्रधानमन्त्रीले भारतमा कार्यरत नेपालीहरूका मजदूर संगठनका प्रतिनिधिहरू मार्फ़त आफ्ना जनताले भारतमा भोग्न परेको दयनीय अबस्था बुज्न कुनै कार्यक्रम बनाएनन् र चासो पनि देखाएनन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित