(राष्ट्रिय हितका मुद्दा उपेक्षित राष्ट्रघातलाई निरन्तरता)
काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले मङ्सिर ६ र ७ गते दुई दिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। यस भ्रमणमा नेपालको राष्ट्रिय हितका मूल मुद्दाहरूलाई उपेक्षा गरी ऋण बोक्ने र अनुदान लिने जस्ता क्षणिक लाभमा नै भ्रमण सीमित भएको छ । विगतमा देशभक्त नेपालीहरूले राष्ट्रघात भन्दै आइरहेका कतिपय मुद्दाहरूलाई यस भ्रमणमा निरन्तरता दिने राष्ट्रघाती कार्य समेत भएको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूमिको विषय भारत सितटुङ्गो लगाउनु नेपालको मूल राष्ट्रिय मुद्दा हो। कालापानी क्षेत्रमा वर्षौंदेखि भारतीय सेनाहरू बस्दै आइरहेका छन्। नेपाली भूमि कालापानीबाट भारतीय सेनाको फिर्ता हुनु नेपाली राष्ट्रिय हितको प्राथमिक एजेण्डा हो। नेपाली भूमि लिपुलेक नाकाबाट चीन र भारतले नेपाललाई सोधपुछ नै नगरी व्यापार, तीर्थटन र पर्यटनका लागि आवतजावत गरिरहेका छन्। चीन र भारतले नेपाललाई नसोधिकन नेपाली भूमिलाई त्यसरी प्रयोग गर्नु नेपालको राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप हो।
चीन र भारत यो विषयमा नेपालसँग छलफल गरी टुङ्गोमा पुग्नुपर्दछ। यो नेपालको अर्को महत्वपूर्ण राष्ट्रिय एजेण्डा हो। नेपाल र भारतको संयुक्त सहमतिमा सन् २०१६ मा गठित इपीजी ले दुई वर्षको कार्यपछि २०१८ जुलाईमा संयुक्त प्रतिवेदन तयार पारिसकेका थिए। यति लामो समय आठ वर्षसम्म भारतले इपीजी प्रतिवेदन बुझ्न तयार भएको छैन ।
भारतले इपीजी प्रतिवेदन बुझ्न तयार हुनुपर्दछ र दुई सार्वभौम सम्पन्न देशहरूको नाताले न्याय र समानताका आधारमा नेपाल र भारतका बीचमा दुई देशीय सम्बन्धलाई र पुनव्र्यवस्थित गर्नुपर्दछ । .यो नेपालको अर्को राष्ट्रिय हितको मुद्दा हो।नेपाल र भारतका बीचमा कालापानी क्षेत्र र सुस्ता बाहेक विभिन्न ठाउँमा सीमाका समस्याहरू छन्, नेपाल र भारतका बीचमा टुङ्गाइनुपर्ने अर्को राष्ट्रिय हितको मुद्दा हो । नेपाल र भारतका बीचमा रहेका यस्ता मूल मुद्दाहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्पूर्ण रुपले उपेक्षा गरिएको छ।त्यसरी राष्ट्रिय हितका मूल मुद्दाको दृष्टिकोणबाट बालेन्द्र शाहको यो भारत भ्रमण सम्पूर्ण रुपले असफल सिद्ध भएको छ ।
जनकपुर अयोध्या रेल सञ्चालन, भोटेकोशी बाढी पीडितहरूका लागि केही अनुदान ,नेपालका लागि भारतबाट केही ऋण प्राप्ति जस्ता केही विषयका आधारमा बालेन्द्र शाहको भारत भ्रमण अत्यन्त सफल भयो भनेर अतिरञ्जित गर्ने काम पनि भइरहेको छ. । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका बीच आठ बुँदे सहमति गरिएको छ र पत्रकार सम्मेलनमा २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।
प्रेस विज्ञप्तिको बुँदा नम्बर १३ मा नेपाल र भारतका सीमामा सिमानामा एकीकृत जाँच चौकीहरू विस्तार गर्दै जाने भनिएको छ। विगतमा देशभक्त नेपालीहरूले एकीकृत जाँच चौकी निर्माण गर्नु नेपालको राष्ट्रिय हितमा नभएको र यो राष्ट्रघात हो भन्दै आइरहेको परिप्रेक्ष्यमा एकीकृत जाँच चौकीलाई निरन्तरता दिनु प्रकारान्तरले राष्ट्रघातको निरन्तरता पनि हो। संयुक्त प्रेस विवेक्तिको बुँदा नम्बर १४ मा नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नतालाई जोड दिइएको छ। माथिल्लो कर्णाली परियोजना अरुण तेस्रो लगायतका विद्युत परियोजनाहरूमा भारतबाट नेपाल ठगिँदै आइरहेको आम नेपाली देशभक्तहरूले जनाउँदै आइरहेको अवस्थामा वर्तमान बालेन्द्र सरकारले पनि नेपालका जलविद्युत र खोलानालाहरु भारतलाई नै सुम्पिने कुरामा प्राथमिकता दिएर सहमति गरेर आएको यस संयुक्त विज्ञप्तिबाट बुझ्न सकिन्छ । कर्मचारी, प्रहरीलाई भारतबाटनै तालिम प्रशिक्षण गराएर तथा स्याटेलाईट प्रविधि भारतकै नियन्त्रणमा राखेर राष्ट्रिय स्वाधीनतामाथि घात गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्थायी समिति सदस्य परि थापाले यो खासै महत्वको भ्रमण होइन भन्ने प्रतिक्रिया जनाए । थापाले यसलाई केवल सद्भावना भ्रमण मात्र भएको, ऋण लिन जानका लागि प्रधानमन्त्री नै जानुपर्ने आवश्यक थिएन समेत भने । नेकपा मालेका महासचिव सीपी मैनालीले देशको मूल मुद्दालाई पन्छाएर गरिएको यो भ्रमण र सम्झौता क्षणिक स्वार्थमा सीमित रहेको बताए । मैनालीले भने यो भ्रमणमा नेपालको व्यापार घाटा घटाउने बारेमा कुनै छलफल भएन ।
मूल मुद्दाहरू उठाइएन । नेपाली वस्तुहरूले भारतमा बजार पाउने बारेमा कुनै छलफल नै गरिएन. क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले कतिपय गोप्य सम्झौताहरु भएका हुन सक्छन् त्यसप्रति नेपालीहरू सतर्क रहन जरुरी छ भने. नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टीका सभापति गगन थापाले भारत भ्रमणमा के भएको हो भन्ने कुरा जनतालाई प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । कैयौँ भारतीय सञ्चारमाध्यमहरूले पूर्वी नेपालसँग जोडिएको भारतीय भूमि चिकन नेकसँग जोडिएको नेपाली भूमि भारतले किनेको भन्ने समाचारहरु प्रसारण भइरहेको बारेमा प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान सरकारले नेपाली जनतालाई स्पष्ट गर्नैपर्छ भन्ने धारणा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले बताए ।
२४ बुंदे संयुक्त विज्ञप्ति
१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री महामहिम श्री बालेन्द्र शाहले २२–२३ नोभेम्बर २०२६ सम्म भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभयो। उहाँको साथमा एक उच्चस्तरीय औपचारिक प्रतिनिधिमण्डल रहेको थियो। पदभार ग्रहण गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण थियो।
२. राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरियो। उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतकी सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेश मन्त्री डा. एस. जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।
३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। दुई नेताहरू बीचको छलफल द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय विषयहरू तथा विश्वव्यापी घटनाक्रमहरूमा केन्द्रित थियो।
४. नेपालमा ठूलो जनधनको क्षति पु¥याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोग र देखाएको ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो।
५. एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटुट समर्थन रहने प्रतिबद्धता प्रधानमन्त्री मोदीले दोहो¥याउनुभयो। भारतले नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरूका लागि ३,५०० करोड भारतीय रुपैयाँ (५,६०० करोड नेपाली रुपैयाँ) को अनुदान सहायता तथा ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि ११,५०० करोड भारतीय रुपैयाँ (१८,४०० करोड नेपाली रुपैयाँ) को भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) गरी कुल १५,००० करोड भारतीय रुपैयाँ (२४,००० करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। विशिष्ट परियोजनाहरू र विकास सहायता उपलब्ध गराउने कार्यविधि आपसी परामर्शमार्फत टुङ्गो लगाइनेछ।
६. दुवै नेताहरूले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपी) लगायत नेपालमा विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माणमा हासिल भएको प्रगतिको समीक्षा गर्नुभयो। दुवै नेताहरूले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क (ब्नचय–क्ष्लमगकतचष्ब िएबचप) स्थापना गर्ने घोषणाको स्वागत गर्नुभयो।
७. दुवै नेताहरूले “विकसित भारत र समुन्नत नेपाल” का लागि संयुक्त दृष्टिकोण (व्यष्लत ख्ष्कष्यल) अङ्गीकार गर्नुभयो। यस संयुक्त दृष्टिकोण पत्रले भारत र नेपालबीचको आकांक्षी र भविष्योन्मुख साझेदारीका लागि मार्गचित्र प्रदान गर्दछ। यसले आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा र जलस्रोत, तथा जनस्तरको सम्बन्ध जस्ता द्विपक्षीय सहयोगका परम्परागत रूपमा बलिया क्षेत्रहरूलाई सुदृढ पार्ने पहलहरूका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्ट–अप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रहरूमा नयाँ सहकार्यलाई समेटेको छ।
८. नेताहरूले कनेक्टिभिटी अभिवृद्धि गर्न र द्विपक्षीय आर्थिक संलग्नतालाई बढावा दिन नागरिक उड्डयन सम्बन्धी मामिलामा भइरहेका छलफलहरूको समीक्षा गर्नुभयो। दुवै पक्ष हाल एकतर्फी (गलष्मष्चभअतष्यलब)ि रहेको द्य३४५ काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी (दष्मष्चभअतष्यलब)ि बनाउन सहमत भएका छन्। यस सम्बन्धी कार्यविधिलाई अन्तिम रूप दिन र दुवै पक्षबाट हाल छलफलमा रहेका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।
९. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो। यसका साथै आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) को पहुँच पनि उपलब्ध गराइनेछ।
१०. दुवै नेताहरूले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसीपी) र पेट्रोलियम पाइपलाइन स्थापनामार्फत सीमापार कनेक्टिभिटी सुधार गर्न र सीमा पूर्वाधार अभिवृद्धि गर्नुपर्ने महत्त्वमाथि जोड दिनुभयो।
११. दुई प्रधानमन्त्रीहरूले अयोध्या र जनकपुरबीच नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को संयुक्त रूपमा उद्घाटन (हरियो झण्डा देखाएर शुभारम्भ) गर्नुभयो। यस रेल सेवाले कनेक्टिभिटीमा सुधार ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक र सांस्कृतिक पर्यटनलाई थप टेवा पु¥याउनेछ र भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ। नेताहरू बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किटहरू विकास गर्न यस्तै किसिमका सञ्जालहरू विस्तार गर्न सहमत हुनुभयो।
१२. दुवै नेताहरूले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोड–गेज रेलमार्गको फिल्ड लोकेशन सर्भे (ँष्भमि ीयअबतष्यल क्गचखभथ) सम्पन्न भएको घोषणा गर्नुभयो र नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।
१३. दुवै नेताहरूले बनवासामा नयाँ एकीकृत जाँच चौकी (आइसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो र भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आइसीपी निर्माणमा भएको प्रगतिको स्वागत गर्नुभयो। भारत र नेपालबीच तीनवटा आइसीपीहरू यसअघि नै सञ्चालनमा आइसकेका छन्।
१४. नेताहरूले धारचुला (भारत) र दार्चुला (नेपाल) बीचको नयाँ सीमापार मोटरयोग्य पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष कनेक्टिभिटी सुधार गर्न मद्दत गर्नेछ।
१५. नेताहरूले सीमा स्तम्भहरूको मर्मत सम्भार सम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो र बाँकी रहेका सीमा सम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र÷विदेश सचिवहरूलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीच सीमापार पेट्रोलियम पूर्वाधारको विस्तारको क्रममा नेताहरूले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पित गर्नुभयो। दुई नेताहरूले नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणको भर्चुअल शिलान्यास पनि गर्नुभयो र सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइनको काम यथाशीघ्र सुरु गर्नुपर्नेमा जोड दिनुभयो। दुवै पक्ष भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्न सहमत भए।
१७. दुवै पक्षले ‘ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र’ र दीर्घकालीन विद्युत् व्यापार सम्झौता अनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरे। दुवै पक्षले नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गरे र नेपालमा भारतीय कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत् आयोजनाहरू द्रुत गतिमा सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न सहमत भए। यस अवसरमा दुई नेताहरूले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल रूपमा शिलान्यास गर्नुभयो।
१८. दुवै नेताहरूले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोत सम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यथाशीघ्र टुङ्ग्याउन र परियोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो। दुवै नेताहरू पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआर सम्बन्धी कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि सहमत हुनुभयो।
१९. दुवै पक्षले इनरुवा (नेपाल)–नयाँ पूर्णिया (भारत) र दोदोधारा (नेपाल)–बरेली (भारत) बीचका दुई उच्च क्षमताका सीमापार प्रसारण लाइनहरूका लागि संयुक्त उपक्रम (जेभी) स्थापना सम्बन्धी प्रगतिप्रति सन्तोष व्यक्त गरे।
२०. नेपाललाई भारतले उपलब्ध गराउँदै आएको विकास तथा क्षमता अभिवृद्धि सहयोग विस्तार गर्दै दुवै नेताहरू भारतले नेपालमा एउटा ‘अफ–शोर’ आईआईटी (क्ष्क्ष्त्) क्याम्पस स्थापना गर्न सहमत हुनुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा ठूलो बल पु¥याउनेछ र रोजगारी सिर्जनामा समेत टेवा पु¥याउनेछ। दुवै नेताहरूले स्टार्ट–अप र डिजिटल तथा वित्तीय कनेक्टिभिटी लगायत प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार हुँदै गएको सहकार्यको स्वागत गर्नुभयो।
२१. दुवै पक्षले एकअर्काको देशमा बसोबास गर्ने नागरिकहरूका लागि बैंकिङ तथा दूरसञ्चार लगायतका सेवाहरूमा सहज पहुँच विस्तार गर्न पारस्परिक सहजीकरणको आवश्यकतालाई स्वीकार गरे।
२२. भ्रमणका क्रममा दुई पक्षबीच निम्न समझदारी पत्रहरू (ःयग्) आदानप्रदान गरियोः
राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय, गान्धीनगर, गुजरात, भारत र अपराध अनुसन्धान विभाग, नेपाल प्रहरीबीच प्राज्ञिक तथा अनुसन्धान सहकार्य सम्बन्धी समझदारी पत्र।
राष्ट्रिय रक्षा विश्वविद्यालय (च्च्ग्), भारत र राष्ट्रिय प्रहरी प्रतिष्ठान (ल्एब्), नेपालबीच समझदारी पत्र।
ष्ष्ष्. प्रशासनिक सुधार तथा जनगुनासो विभाग, भारत सरकार अन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र (ल्ऋन्न्) र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकार अन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बीच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्बन्धी समझदारी पत्र।
भारत सरकार र नेपाल सरकारबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (क्ष्क्च्इ), भारत सरकार र सूचना तथा सञ्चार मन्त्रालय (ःइक्ष्ऋ), नेपाल सरकारबीच दक्षिण एसियाली उपग्रहको उपयोगका लागि उपग्रह सञ्चार (क्ब्त्ऋइः) नेटवर्क स्थापना सम्बन्धी समझदारी पत्र।भारत सरकार र नेपाल सरकारबीच दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य सम्बन्धी समझदारी पत्र।
(क) स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत सरकार र स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, नेपाल सरकारबीच स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र।
(ख) भारत सरकार र नेपाल सरकारबीच पशुपालन तथा मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो; र उहाँलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो, जसको औपचारिक भ्रमण मिति कूटनीतिक च्यानलमार्फत तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी सबै तहमा गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ, र यो बलियो जनस्तरको सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यबाट अझ सुदृढ बनेको छ। यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परा र यसलाई थप अघि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
२३ नोभेम्बर २०२६
नयाँ दिल्ली
सोमबार, मङ्सिर ०७, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको भारत भ्रमण
Comments

