महिला हिंसाविरुद्ध एकताबद्ध बनौं

मनु वि.क.
अहिले महिला हिंसा विरुद्ध १६ दिने अभियानको शुरु भएको छ । महिलामाथि संसारभरि विभिन्न प्रकारका हिंसाहरु हुने गरेका छन् महिलाहरुले महिला भएकै कारण विभिन्न प्रकारका अन्याय, विभेद तथा हिंसाहरु सहँदै आएका छन् । हाम्रो समाज ,हाम्रो चिन्तन हाम्रो व्यवहार सबैमा पुरुषप्रधानता रहँदै आएको छ । महिलाहरु माथि समाजले अनेकौं बार बन्देजहरु थोपरिरहेको छ । महिला भएकै कारण दोहोरो शोषण सहनु परेको छ । महिला भएकै कारण तमाम अधिकारहरुबाट बञ्चित हुनु परेको छ ।
संसारभरका महिलाहरु बलत्कार लैंगिक हिंसा ,हत्या, कुटपिट,वन्चितीकरण शारीरिक तथा मानसिक यातना,युद्धका कारण जबरजस्ती विस्थापन जस्ता समस्याहरुबा प्रताडित हुनु परेको छ । युद्धको चपेटामा महिला र केटाकेटीहरु परेका छन् । साम्राज्यवादीहरुद्वारा चलाइएको गैरन्यायिक युद्धमा महिलाहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
अन्तर्राष्ट्रिय क्रान्तिकारीहरुको समन्वय अन्तर्गतको महिला समितिले आयोजना गरेको “ महिला हिंसाविरुद्ध एकीकृत अन्र्राष्ट्रिय संघर्ष रणनीति र प्रतिरोध ”शीर्षकमा नोभेम्बर २२ २०२६मा सम्पन्न भएको अनलाइन गोष्ठीमा विश्वभरिका महिलाहरुले व्यक्त गरेका विचारहरुबाट संसारभर नै फरक फरक शैलीमा महिला हिंसाहरु भइरहेको जनाइएको छ। सो कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका विचारहरु यसप्रकार छन् – “विश्वभरिका महिला र छोरीहरु हिंसामा परेका छन्,बलात्कृत भएका छन्,शोषित पीडित सँगै हत्या गरिएका छन् । हाम्रा अधिकारहरु खोसिएका छन् । हिंसाले प्रतिरोध जन्माएको छ । प्रतिक्रियावादी ,फासीवादी शासकहरुले संसारभर युद्ध मच्चाइरहेका छन् । शोषणको खाडललाई गहिरो बनाएका छन् । त्यसको मूल्य महिला र केटाकेहीहरुले चुकाइरहका छन् ।महिला हिंसा महिलाको व्यक्तिगत समस्या होइन यो सामाजिक र राजनीतिक व्यवस्थासँग गहिरो गरी जरा गाडेर बसेको राजनैतिक हतियार हो । २०२४मा विश्वव्यापी रुपमा ५० हजार महिला केटीहरु परिवार नजिकका आफन्तीहरु ,सहकर्मीहरुबाट हत्या गरिएका छन् । अर्जेन्टिना देखि क्यानडासम्म ,अमेरिकादेखि नेपालसम्म महिला हिंसाको फरक प्रकारले हिंसा भए पनि हिंसाका कारणहरु उस्तै छन् । मेक्सिकोमा महिला हत्या बढेको छ । केन्यामा महिलालाई अग्ला भवनहरुबाट फालेर आत्महत्या गरेको भनेर देखाउन खोजिएको छ, टर्कीमा राज्यको सहयोगमा महिला हत्या भएका छन् । भारतमा बलत्कार महिला ,हत्या ,दमन र महिला हिंसा बढेको छ । सुडान, प्यालेष्टाइन मध्यपूर्वभरि र कङ्गोमा गैरन्यायिक युद्धको कारण महिलाहरुले यौन तथा शारीरिक हिंसा सहनु परेको छ । संसारभरिका यस्ता घट्नाहरुले महिलाहरुको मुक्ति, स्वतन्त्रताकोलागि संघर्ष निकै आवश्यक भएको छ । अफगानिस्तानको फासीवादी तालिवानी शासकहरुले महिलाहरुलाई विद्यालय जानबाट वञ्चित गरेको छ । महिलाहरु एकलीकरण भएर आत्महत्या सम्ममा पुगेका छन् । युरोपमा राज्य हिंसाले महिला प्रताडित छन् र त्यसको प्रतिरोध हुँदैछ । गाइजिपेडियट र जेफेरी इफिस्टिनको मुद्धाहरुले कसरी संरचनागत रुपमा कसरी यौनिक हिंसा र वर्गीय उत्पीडनमा पुरुषहरुलाई सुविधा दिएको छ भन्ने देखाएको छ ।”
यो गोष्ठीमा व्यक्त विचारहरुलाई हेर्दा महिला माथि संसारभरि हिंसाहरु सहनै नसक्ने गरी भएको छ । सत्ताले महिलाहरुलाई घरभित्र कैद गरेको छ । जे गरेपनि महिलालाई सुख दिएको छैन । महिला हत्याको घटनाहरु बढेको छ । महिला हत्या त्यो पनि नजिकको नातेदारबाट या सहकर्मीबाट भएको छ । महिलाहरु युद्धको कारण निकै कष्टकरजीवन बिताउन परेको छ । प्यालेष्टाइनमा अक्टोबर २०२३देखि जारी इजरायली आक्रमणको कारण लाखौं महिलाहरु घरबार विहीन हुनु परेको छ । मारिनेहरुमा अधिकांश महिला र केटाकेटीहरु रहेको तथ्याङक छन् । इजरायली नाकाबन्दीको कारण खाना ,नाना र छाना नपाएर कष्टकर जीवन गुजार्न विवश महिलाहरुको जीवन कति कहाली लाग्दो होला ?हामीले अनुमान समेत गर्नसक्दैनौं । एकातिर युद्ध चलेको छ ,अर्कातिर विस्थापन हुनु परेको छ ,घाइते अपाङ्गता हुनु परेको छ आफन्ती इष्ट्रमित्र गुमेका छन् । सबै मारमा महिलाहरु परेका छन् बालबच्चाहरु मारिएका छन् । महिलाहरुको दनिकी निकै कष्टकर बनेको छ । अफगानिस्तानमा सन् २०२१ मा तालिवानी सरकारको आगमन पश्चात महिलाहरुलाई स्कुल जानबाट रोकिएको छ । रोजगारीमा जान रोक लगाइएको छ । कलेजहरु महिलाहरुकोलागि स्कूल कलेजको ढोकाबन्द गरिएको छ । महिलाहरु पढाइ तथा ज्ञान आर्जनबाट वञ्चित हुनु परेको छ । महिलाहरु घरमा बन्द भएर बस्नु परेको छ । संसारभर महिला तथा बालबालिकाको हत्या आफन्त र नजिकको साथी बाटै भएको संसयुक्त राष्ट्रसंघले देखाएको छ । संसारभरमा २०२५मा ४७ हजार भन्दा बढी महिला तथा बलबालिकाको हत्या भएको देखाएको छ ।

अहिले अहिले सूचना प्रविधिको विकासले संसारलाई साँगु¥याएको छ । संसारलाई एकै गाउँ जस्तो बनाएको छ । एक एप तथा एक संजालमा सबैलाई जोड्न सफल बनाएको छ । यसले महिला हिंसालाई पनि बढवा दिएको छ ।सामाजिक संजालहरुको विकास र साइबरहरुको विकासले महिला हिंसा झनै बढाएको छ ।सामाजिक संजालहरुको दुरोपयोग गर्दै महिलाहरुको अश्लिल फोटो, भिडियोहरु सामाजिक संजालमा भाइरल गराउने, महिलालाई मनोवैज्ञानिक रुपमा यातना दिने , कुरा मिल्दाखेरिको समयका विभिन्न प्रकारका फोटो या भिडियोहरु इच्छाविपरीत सार्वजनिक गर्ने, म्यासेजमा अनेक धाकधम्की दिने जस्ता कार्यहुने गरेका छन् । अडियोमा अनेक धम्की दिने कार्य हुँदै आएको छ । नेपालको सन्दर्भमा यसको उदाहरण रास्वपाका सांसद खगेन्द्र सुनारले एक महिलालाई दिएको अश्लील गाली र धम्कीलाई लिन सकिन्छ । सार्वजनिक पदमा आसिन व्यक्ति र राज्यको महत्वपूर्ण पदमा बसेको व्यक्ति नै पनि महिलामाथि कसरी प्रकट हुन्छ भन्ने यसले देखाएको छ । अहिले पुँजीवादी समाजले महिलालाई सक्दो नङ्ग्याएको छ ।आफ्नो अकुत नाफाकोलागि विज्ञापनको साधनको रुपमा महिलाहरुको शरिर जुनसुकै स्तरमा भए पनि देखाउन बाध्य पारेको छ । महिलाको नाङ्गो शरिर वा अंग राखेर जे मन लाग्यो त्यही गरेको छ । महिलामाथि हिंसालाई प्रोत्साहन गर्ने खालका शब्द र लेख रचनाहरुलाई स्थान दिएको छ । सामाजिक संजालहरुमा महिलाको अश्लिल भिडियोहरु भाइरल बनाइएको हुन्छ । सामाजिक संजालमा भेट पछि नजिकिएर महिलाहरुको मन जितेर महिलालाई फकाउने बिक्री समेत गर्ने वा सामाजिक संजालको प्रयोग गरी महिला हिंसा गर्ने कार्य निकै बढेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा महिला हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएको छ । महिला हिंसाका सबै घटनाहरु बाहिर आउँदैनन् । आएका घटनाहरुले पनि उचित खोजविन तथा न्याय पाउँदैनन् । महिला हिंसाका घटनाहरुलाई सकभर समाज बसेर मिलाउने ,घर परिवारमा मिलाउने वा आर्थिक प्रलोभनमा पारेर घटना सामसुम पार्ने जस्ता कार्यहरु कानुनको कार्यान्वयन गर्ने मानिसहरुबाट नै पनि हुँदै आएको छ । कञ्चनपुरको निर्मला पन्तको २०७५ साल साउनमा बलत्कार पछि हत्या भयो बलत्कार पछि हत्या भएको यतिका वर्ष बितेको छ तर पनि अपराधी पत्ता लाग्न सकेको छैन । यो घटनामा प्रहरीले नै बलत्कार पछि हत्या भएकी निर्मलाको भित्रीवस्त्रहरु धोएर प्रमाण नष्ट गरेका थिए । आज सम्म पनि अपराधी पत्ता लगाउन राज्य असफल भएको छ ।
प्रहरीको वार्षिक प्रतिवेदन आर्थिक २०८१ |८२ अनुसार २० हजारदेखि २२ हजारको संख्यामा महिला हिंसा हुने तथ्याङ्क छ ।
मुख्य तथ्याङ्क र प्रकृति (आ.व. ८१|८२ को प्रहरी प्रतिवेदन अनुसार)
नेपाल प्रहरीको लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र अनुसार एक वर्षमा कुल २१,६६७ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । प्रतिशत पीडित महिला तथा बालिका छन्। । प्रमुख घटनाहरूको विवरण यसप्रकार छन् ।
घरेलु हिंसा कुल हिंसाका घटनामध्ये करिब ८० प्रतिशत हिस्सा घरेलु हिंसाले ओगटेको छ, जसमा वार्षिक सरदर १७,००० देखि १७,५०० उजुरी दर्ता हुन्छन्।
जबरजस्ती करणी वार्षिक सरदर २,२०० देखि २,४०० को हाराहारीमा बलात्कारका घटना दर्ता हुने गरेका छन् (दैनिक सरदर ६ देखि ७ घटना)।
जबरजस्ती करणी उद्योग र बाल यौन दुराचार वार्षिक सरदर ४५० देखि ६५० बलात्कार प्रयासका घटना र करिब ३०० देखि ३५० बाल यौन दुराचारका घटना दर्ता हुन्छन्।
अन्य हिंसा ः बहुविवाह (वार्षिक ५५०–८००, मानव बेचबिखन (करिब १५००, बालविवाह, दाइजो तथा बोक्सीको आरोप सम्बन्धी दर्जनौँ घटनाहरू हरेक वर्ष प्रहरीमा पुग्ने गर्दछन् । प्रहरीको यो तथ्याङक भन्दा धेरै महिला हिंसाका घटनाहरु हुने गर्दछन् । तर ती बाहिर आउँदैनन् ।
पहिले मदिरा सेवन गरेर घरमा आइ पुरुषहरुले महिलालाई कुटपिट गर्ने वा झैझगडा गर्ने वा हिंसा गर्ने कार्य गर्दथे । त्यो कार्य आज पनि जारी छ । अहिले महिला हिंसाको अर्को तरिका पनि अझै जोडतोडले थपिएको छ । त्यो हो नशालु पदार्थको सेवन, जस्तै गाँजा, सुइ, ट्याबलेट जस्ता नशालु पदार्थहरुको सेवन, युवाहरु नशालु पदार्थ सेवनको कुलतमा अत्यधिक परेका छन् । यसले युवाहरुमा कुनै जिम्मेवारीबोध छैन । महिलाहरु घाँस दाउरा गर्न जंगलमा जाँदा समेत डराउनु परेको छ । घरमा पनि आइ महिलालाई केही गर्ने पो हुन् कि भनेर रात दिन मनोवैज्ञनिक डर त्रास बोकेर बाँच्नु पर्ने स्थिति आएको छ । नशालुु पदार्थको सेवन तथा ओसार पोसारमा महिलाहरुको संलग्नता पनि बढेको छ ।
नशालु पदार्थको ओसारपोसारमा संसारभरका महिलाहरुलाई पुँजीपतिहरुले प्रयोग गर्ने गर्दछन् । हिरासत तथा जेलहरुमा लागूऔषधको अवैध कारोबारमा संलग्नताको आरोपमा रहेकाहरुको संख्या दिनदिनै बढ्दै छ ।
शासकहरुले गरिब दुःखी मजदुर किसानहरुलाई अनेकौं बहानामा यातना कष्ट दिँदै आएका छन्। प्योष्टाइन जबरजस्ती विस्थापनमा परि महिलाले भोग्नु परेको पीडा होस या नेपालमा विना विकल्प सुकुम्बासी बस्तीमाथि जबरजस्ती डोजर चलाएर विस्थापनमा पारियोस् यी सबै शासकहरुको क्रुरता र निर्ममता हो । प्यालेष्टाइनमा विस्थापनमा पर्नु पर्दाका महिलाका आँसु हुन् या नेपालका सुकुम्बासी महिलाहरुले जबरजस्ती विस्थापनमा पर्नु पर्दा खसेका आँसु हुन् ,तिनीहरुलाई देखेर शासकहरुको मन दुःख्दैन । साम्राज्यवादीहरु तथा देशका शासकहरुले महिलाका आँसु तथा दुःख कष्टमा साथ दिँदैनन् बरु उल्टो हिंसा गर्न र सहन बाध्य बनाउँछन् भन्ने देखाएको छ ।
महिला हिंसामा बढोत्तरी,हिंसामा संलग्नहरुमाथिको कारबाहीमा बेवास्ता उत्पीडित मुलुकहरुमाथिका नागरिकहरुमाथि संगठित आक्रमण र युद्धअपराधले पछिल्लो समय महिला हिंसालाई बढावा दिएको छ । इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा दक्षिणी इरानको होरमोज प्रान्तको मिनाव शहरमा रहेको तैथ्यबेह प्राथमिक विद्यालयमा अमेरिकी आक्रमणमा परि महिला तथा शिक्षिकाको मृत्यु हुन पुग्यो ।
संसारमा महिला हिंसाका घटनाहरु साम्राज्यवादी युद्धको कारणले झनै बढाएको छ । युद्ध तथा आपतकालीन अवस्थाहरुमा महिलाहरुमाथि हत्या,अंगभंगता, विस्थापन, बलत्कार ,आफन्तीहरुको मृत्यु जस्ता घटनाहरु सामान्यरुपमा हुने गर्दछन् । आन्तरिक तथा बाह्य युद्धमा महिलाहरु प्रताडित हुने गर्दछन् ।
संसारभरिका महिला महिला संगठन र महिला हक अधिकारको पक्षमा संघर्षरत अभियन्ताहरुले महिला हिंसाको अन्त्यकोलागि सबभन्दा पहिले हिंसाको मूल जरो पत्ता लगाउनु पर्दछ । महिला हिंसा सिर्जना गर्ने मूल कारण यहाँको सामाजिक आर्थिक तथा राजनैतिक कारणहरु हुन् । यिनीहरुको पहिचान गरी सबैले त्यसको विरुद्धमा संघर्ष चलाएर मात्रै महिला हिंसाको अन्त्य हुन सक्दछ । नत्र महिला हिंसा विरुद्धका अभियानहरु चल्दै जाने र महिलाहरु हिंसाको शिकार हुँदै जाने हुन्छन् । संसार भरिका महिलाहरु माथि हुने जुनसुकै प्रकारको हिंसाको अन्त्य गर्न एकताबद्ध भइ संघर्ष गर्नु आवश्यक छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित