जागौँ सर्वहारा

टङ्कराज ढकाल तितेपाती (छन्द–आमिक्षा समस्या– म ज म त गु गु यति ८ मा)

भ्रष्टाचार गर्छ को को खोजौ हान्न सारा
लोकाचार टन्न के को तानौ झार्न दाह्रा
लोभी खान खोज्छ धेरै कस्तो झिक्छ पारा
माटो बेच्न लाग्छन् पापी जागौँ सर्वहारा ।१।

कर्णधार लाख बेच्छन् सत्ताको सहारा
मान्छे यी कुकाठ बन्छन् लज्जा हुन्न नारा
हत्यारा कुमालकोटी भन्ने कर्महारा
धोकामात्र दिन्छ धामी जागौँ सर्वहारा ।२।

कस्तो हो चरित्र कामी लामो हात पारा
उस्तै इष्ट मित्र रोज्यो झारेको छ तारा
कालोकोट भिर्छ को हो मीठो पार्छ नारा
जालो काट्न पर्छ यिन्को जागौँ सर्वहारा ।३।

भाँच्ने हैन एक सिन्को पाटे बाघ पारा
गाडी चढ्छ ठाँट पार्दै रक्सी मासु धारा
ढोङ्गी पुज्छ जो पराया धर्ती लुट्छ खारा
तारापुञ्ज हुन्छ साक्षी जागौँ सर्वहारा ।४।

सत्तासीन हन्तकाली सर्वहारा ढर्रा
नाङ्गो पार्न धुन्धुकारी खोक्रो छाड्छ पर्रा
बुङ्गो नाच आततायी धोक्रो बोक्छ मारा
दङ्गा मात लाद्न खोज्यो जागौ सर्वहारा ।५।

झोलुङ्गो छ पातकीको कुर्सी लाग्छ पारा
बोक्रा पात केतुकीको दाम्लो खान सारा
के आकाश बार्दलीको बाटो हेर्छ चारा
प्यारो देश जोगिएला जागौँ सर्वहारा ।६।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित