एक संसदको बकपत्र

–आविष्कार कला
समयले जिम्मेवारी दिएपछि
बहादुर सिंहले सम्बोधन गर्दै भन्यो –
“सभामुख महोदय
उम्मेदवारीपछि
स्वस्तिक छाप नछोपुन्जेल
हर समय वध गरिएका
प्राणीहरूको मुक्तिको लागि
लक्ष्मीदान आवश्यक छ
सरकार !
त्यसको यथाशीघ्र व्यवस्था गरोस् ।”

प्रकृति पूजकका सन्तान हामी
पाँच पाँच वर्षमा पूजिने जन–देउतालाई
निकै पटक पूजा गर्दा नमानेपछि
अन्तिममा भेटी चढाइयो
देउताले फुर्मानले मान्दै भने:
“म सातै बजे लाइन लाग्छु”
हाम्रो धर्म संस्कृति रक्षाको लागि
पेटीका पेटी बुझाएको भेटीको
सोधभर्ना गरी पाऊँ सरकार ।

नेपालका हर ठाउँमा
छोटो समयमै
जोसिलो पानीको खोला बगाएर
जन जनलाई सिंचित गरेको विकास
ऐतिहासिक विजयको आधार हो,
यसपालिको विकास बजेटको खर्च
जोसिलो खोला तर्ने पुलमा व्यवस्था गरियोस्
प्राकृतिक खोला र नदीहरूमा
केही समय
तुइन र फड्केहरूले निर्वाह गर्छन् जनसमुदायहरू ।

देशभर प्रत्यक्ष प्रसारण सुनेका
जनहरूले एकै स्वरमा भने:–
आगामी निर्वाचनमा
हात हात र माथ माथबाट
हात्ती, बाघ र गैंडा हटाउँ
अनि हट्नेछ देशबाट
कालो धन र मनको शासन । प्यूठान

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित