देशको भन्दा पनि छिमेकीकै चिन्ता छ
नेताहरूलाई आफ्नो गोजीकै चिन्ता छ
खोक्रो राष्ट्रवादको भ्रममा नपर्नु होला
दलाल हरू लाई दलालीकै चिन्ता छ
जनताको खुन चुस्नेलाई अरु के चिन्ता
केवल सत्ता भत्ता र कुर्चीकै चिन्ता छ
न बिकास छ न त रोजगार देशमा
शिक्षित युवालाई नोकरीकै चिन्ता छ
बाआमाको हेरचाह कस्ले गर्छ र खै?
छोरोलाई केवल श्रीमतीकै चिन्ता छ
Comments

