नारायण योगी
न कहिल्यै झुक्न जान्यौँ, न कहिल्यै रुक्न जान्यौँ
हामी त्यो इन्क्लव हौँ, असती अन्याय को जबाफ हौँ
गरिबको पसिनाको हिसाब माग्ने, शहिदको सपना बुन्ने
क्रान्तिको गीत गाउँदै संसार बदल्ने वीर योद्धा हौँ ।
१
हामी लडिरहन्छौँ लडिरहन्छौँ, वर्ग प्रेम जगमा फैलाउनु छ
मानवताको रक्षा गर्दै, रक्त पिपासुको सातो सबै लिनु छ
उँच, नीच, धनी गरिबको भेद मेटाई समानताको जग बनाउनु छ
वर्ग प्रेमको धारा फुटाई राष्ट्रप्रेमको गाना सुनाई एक भाव जगाउनु छ ।
न कहिल्यै ….
२
रगत एउटै पसिना एउटै मानवताको नाता हाम्रो
भई मानव सबले जगमा नगर्नु शोषण दमन दलाली नराम्रो
भाषा, धर्म, संस्कृति रीति थीति फरक फरक छन् कर्म
धर्तीलाई पसिना सिन्चिई माटोको माया गर्ने सबैको एउटै मर्म ।
न कहिल्यै..
३
सत्यलाई ढाल बनाई सङ्गठनको जाल बनाई वैरी सङ्ग भिड्नु छ
जनसङ्गीतको स्वर सङ्गै नयाँ नौलो बिहानी ल्याउन योद्धा भई लड्नुछ
छ डगर अफ्ठ्यारो तर मक्किएको पर्खाल ढाल्नु छ
जन समरका योद्धा एक बनी अँध्यारो हटाउन धर्ती भरि मशाल बाल्नु छ ।
न कहिल्यै …
४
योद्धाको अठोट
Comments

