एमबि भण्डारी ••
अलिकति मात्र छ भने पनि तिमीमा कुनै लाज अनि सरम
भयो पुग्यो अब त कालोलाई सेतो बनाइ नछर कोही भ्रम
जनताका बर्ग दुश्मनहरू सँग बढेको बढ्यै छ हिमचिम खुबै
कस्ले पत्याउँछ दुश्मन ढल्छ भनेर बरु भन अब के गरम
पुगिदैन लक्षमा कदापि मुलबाटो छोडेर आफै हिंड्दछौ
बाटो आफै बिराउँछौ अनि ब्यर्थ दोष अरुलाई लगाउँदछौ
भनी देउ आफै उकालीको सपना देखाएर ओराली झर्दैमा
के गन्तब्यमा पुगौला र हामी किन ब्यर्थै तिमी फुर्ती लगाउँछौ
रोकौ ओराली झरिरहेका कदमहरू समय अझै घर्केको छैन
बढाऔ दर्बिला पाइलाहरू क्रान्ति देखि तिमी तर्सेको त हैन
जे छ स्पस्ट छ खोल आँखामा बाँधिएका भ्रमका काला पट्टि
क्रान्ति कदापि रोकिएको छैन, अझै तिम्रो छाती चर्केको छैन
घुसेकाछन घरभित्रै छलियाहरू बसेका छन आसन जमाई
क्रान्तिबेगलाई मत्थर पार्न उठाएका छ्न बिँडो शासन लगाई
न पत्याय हेर अनि खोल अन्तरमनका चेतहरू तब देख्ने छौ
बोलीमा क्रान्ति व्यबहारमा भ्रान्ती, बसेका छन धुनी जगाई
उच्च बिचार बोक्नेहरू छलछाम गरि अल्मल्याउँदैनन जनता
उठाउँछन क्रान्तिको बेग उच्च चेतले पार्छनवर्गसंघर्ष तिब्रता
मिहिन पाराले वरिपरी नाँच्दै दिन कटाउने पाराले हुन्न क्रान्ती
बोलाउनै पर्छ आँधि तुफानको गर्जना आउँछ क्रान्ती शिघ्रता
बनाई गुरुयोजना डट्नु पर्छ गाउँशहर गर्दै क्रान्तिको आह्वान
क्रान्तिको गरौ तयारी,बजाउनु पर्छ नगरा नगरौ अब बहाना
दुसाध्य पनि साध्यमा परिणत गर्न इमान्दारीपुर्बक गरौ पहल
आफै सर्वोच्च नठानौ क्रान्तिका सम्बाहक हुन जनता महान ।

