देवेन्द्र बस्याल ••
अँध्यारोमा नतर्स साथी
फुल्छ भोली उषाको लाली
कठिनाईमा हरेश नखानु साथी
सुर्य मुखि फुल्ने छ शिरमाथी
रेलगाडी कहिले खाली कहिले भरि
हुँदैछ है युद्धको तयारी
षडेको रूखमुनि नबस छहारी
ˆयाँक्नु पर्छ रुख सबै जहरी
जुर्मुराउ है भोका र नाङ्गा
खेद्नु छ जाली र फटाहा
जाग्नु पर्छ गाउँ र शहर
उर्लदै छ विद्रोहको लहर
अति भो देशैभरि बेथिती
फर्क युवा नबन प्रदेशी
गर्नु छ युद्धको तयारी
गर्नु छ जनमुक्तिको वहाली
Comments

