अर्घाखाँचीमा १५७ औँ लेनिन दिवस र ७८ औं कम्युनिष्ट पार्टी स्थापना दिवस कार्यक्रम सम्पन्न

अर्घाखाँची । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा १५७ औँ लेनिन दिवस र ७८ औं कम्युनिष्ट पार्टी स्थापना दिवस  २०८३ वैशाख ९ गते सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा ५ नम्बर व्यूरो सेक्रेटरी जितामित्र सुनारले१५७ औं लेनिन दिवस र ७८ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले विश्व कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै नेपालमा कम्युनिष्ट पार्टीको स्थापना समतामूलक समाजको निर्माणकोलागि भएको तर अवसरवादीहरुले कम्युनिष्ट पार्टीलाई आफ्नो जीवन धान्ने भाँडो बनाएको आरोप लगाउनुभयो। कम्युनिष्ट पार्टी गरी खाने मजदुर, किसान, गरिबहरूको पार्टी हो तर ठगी खाने मान्छेहरूले प्रयोग गरिरहेको पनि आरोप लगाउनुभयो। जबसम्म समाजमा वर्ग रहन्छ तबसम्म वर्ग संघर्षको लागि कम्युनिष्ट पार्टी डटी रहने हुँदा सम्पूर्ण आम गरी खाने मजदुर किसान, गरिब जनता क्रान्तिकारी कम्युनिस्ट पार्टीमा लामबद्ध हुन आह्वान गर्नुभयो। उहाँले देशको वर्तमान राजनीतिक परिस्थिति निवर्तमान सत्तासिन ठूला राजनीतिक दलहरूको विकृतिको परिणाम भएको बताउनुभयो। कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य तथा वरिष्ठ वामपन्थी नेता पिताम्बर भट्टराईले सम्बोधन गर्दै वर्तमान देशको दलाल संसदीय व्यवस्थाबाट नेपाली जनताको मुक्ति हुने नदेखिएको हुँदा जनगणतन्त्रको बाटोमा अगाडि बढ्न पर्ने बताउनुभयो ।कार्यक्रममा क्रान्तिकारी महिला सङ्घ केन्द्रीय सदस्य सीता भट्टराईले आधा धर्ती आधा आकाश ओगटेका महिला मुक्ति आन्दोलनलाई विश्व सर्वहारा वर्गका महान नेता लेनिनले देखाएको बाटो वर्गीय मुक्ति आन्दोलनसँग हातेमालो गरेर अगाडि बढ्न आह्वान गर्नुभयो। कार्यक्रम जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता र खेमराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित