गजल

केशव गाहा पाल्पाली ••

मुस्कान ल्याउनु छ मैले आँसू रोकेर
उडान ल्याउनु छ मैले आँसू रोकेर

धेरै भो अंधकार भित्र बस्न थालेको
विहान ल्याउनु छ मैले आँसू रोकेर

आँधीको वेग सङ्ग सङ्घर्षमा जीतको
निशान ल्याउनु छ मैले आँसू रोकेर

अन्याय अत्याचार विरुद्धमा उभिदै
ऐलान ल्याउनु छ मैले आँसू रोकेर

देशको शीर माथि उठाउँदै हमेसा
ईमान ल्याउनु छ मैले आँसू रोकेर

गरीब बाँच्न सक्ने अधिकार सहित
विधान ल्याउनु छ मैले आँसू रोकेर

समाज भित्र शोषणको दमन रोक्ने
निदान ल्याउनु छ मैले आँसू रोकेर

गरीब दुखी ति निमुखा सर्वहाराको
उत्थान ल्याउनु छ मैले आँसू रोकेर ।

रिब्दिकोट गाउँ पालिका ४

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित