मनु वि.क.
देशै रित्तो भयो नजाउन परदेश
गाउँ नै रित्तो छ यो नजाउन परदेश
जता जान्छु उतैतिर तिमीलाई खोज्छु
तिमी छैनौ ए, भाइ हेर टोलाएर बस्छु ।
सङ्गै हुर्केको भाइ मेरो परपर गयो
गाउँमा टिक्न सकेन परदेशी भयो
सङ्गै बस्ने रहर मेरो अधुरै रह्यो
सङ्गै डुल्ने भाइ मेरो परदेशी भयो ।
पैसा हुने आसमा उनीहरू हिँडे
पैसा कहिल्यै छैन तर विदेशमै फसे
उनी आज परदेशबाट आउन पाउने होइन
आमारोगी बुढी भईन स्याहार्ने कोही छैन ।
गाउँ आज खाली भाछ कसले सपार्ने हो
सम्झँदा नै मुटु पाक्छ कसले सुन्ने हो
सुन्दा, हेर्दा, भन्दा, बोल्दा एकलै छु आज
दाइभाइ खोज्छ यो मनले कसले बुझ्छ व्यथा ?
छैनन् कोही आफन्ती कहाँ जाउँ भन्न ?
छैन कोही गरिबको व्यथा, कथा सुन्न ।
यता उता हेर्छु सँधै, देख्छु गाउँ खाली
दाइभाइ विदेश पठाउने व्यवस्था जाली
व्यवस्था मख्ख छ दाइभाइ विदेश फाली
हुन्न हेर, दाइ भाइ, यो व्यवस्था नफाली ।

