मुक्तक

  • कल्पना पौडेल जिज्ञासु

झुन्ड्याएर सूलिमाथि टाँसीदिनुपर्छ

बलात्कारी पापीलाई त फाँसीदिनुपर्छ

नारीको शरीर लुछ्ने पिपासु जतीको

बैंसले उन्माद पार्ने अङ्ग मासीदिनुपर्छ

देशैभरि हत्या हिँसाले महिला डराउँदा मौन छ सरकार

मल्लम छैन घाइतेको घाऊ चहराउँदा मौन छ सरकार

अपराध बढ्दै छ दिनहुँ छैन कतै सुरक्षा पीडितलाई

गाउँ टोल बस्तीमा कठै ! बलात्कृत कराउँदा मौन छ सरकार

अन्याय गर्नु भन्दा सहनु गलत हो सब प्रमाण जुटाउनु

झुटो आवरण उताएर समुदाय जोडी त्यसलाई थुकाउनु

न्याय हराएको मेरो देशमा कलमको तागतले पुग्दैन

दोषीलाई सजाय दिलाउन आँफैले बन्दुक उठाउनु

मालीबाट नै यहाँ फूलहरुमाथि हमला हुन्छ

उदास फूलहरुमा पनि मुस्कुराउने कला हुन्छ

निरङकुश मौलाएको छ यी भाले जातिहरुमा

जिवजन्तुमा समेत पोथी जाति नै अवला हुन्छ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित