सीसी क्यामेरा के काम ?

मनु वि.क. **
शहरका सीसी क्यामेरा
घरै पिच्छे जोडिएका छन्
बाटै पिच्छे छोडिएका छन्
हज्जारौँका सीसी क्यामेरा
लाखौँका सीसी क्यामेरा
शहर हिँड्दा शहर डुल्दा
शहर घुम्दा बडो सचेत हुनुपर्दछ
शहरका गल्लीमा शहरका चोकमा
अझ भनौँ भने प्रशासनिक घरहरूमा
मन्त्रालयहरूमा जोडिएको छ
जता ततै सीसी क्यामेरा जोडिएपछि
सुचना टाँसिएको छ
तपाइँ सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ
यो सुचना टाँसेर
मख्ख बसिरहेको छ शहर
सीसी क्यामेराले देख्दैन
घर भित्रकै भ्रष्टाचारी
मन्त्रालय भित्रैको भ्रष्टाचारी, देशद्रोही र देश बेचुवा
सीसी क्यामेराले देख्दैन
सीसी क्यामेराले खिच्दैन चोक गल्ली र बाटा घाटामा
असुरक्षित महिलाहरू
सीसी क्यामेराले खिच्दैन शहरमा पोखिएको वेथिति
सीसी क्यामेराले खिच्दैन भोको पेटमा भौँतारिहेको युवा
सीसी क्यामेराले देख्दैन उपचार अभावमा भौँतारिईरहेका गरिब
सीसी क्यामेराले खिच्दैन तड्पिरहेकाहरूको अनुहार
हो, सीसी क्यामेरा यस्तै छ
हो सीसी क्यामेरा यस्तै छ
देश बेचुवा नदेख्ने
तड्पिएको अनुहार नदेख्ने
गरिबको भोक, रोग र सकस नदेख्ने
सीसी क्यामेरा के काम ?
भ्रष्ट र भ्ष्टाचारी नदेख्ने
सीसी क्यामेरा के काम ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित