सरसफाइको ख्याल गर

करन दयाल

घरको सरसफाईमा ध्यान देउ घर सफा राख्ने गर।

घर फोहरि छोड्यौ भने बिमार लाग्ने हुन्छ है डर ।

जब बिमारले ग्रस्त हुन्छ समयमै इलाज भएन भने

त्यसको हुँदैन बाँच्ने भर ।

त्यसैले पहिलेदेखि नै सरसफाइको ख्याल गर ।

जस्तै आज

हाम्रो घरको फोहोरी खेलले घरका सदस्यहरू बिमारी परे।

बिमारको इलाज गर्न भन्दा बरू कारवाही गरे ।

नेतृत्वले सामन्तबादको नीति अपनायो

सबैमाथि प्रहार गरे ।

लामो समयसम्म पार्टीप्रतिको कुनै आस्ता नगरेर

दक्षिणपन्थी बाटोतिर लमक्यौ अवसरवाद भएर ।

के पायौ के पाउने छौ त्यहाँ गएर

त्यहाँ त न सिद्धान्त न नीति छ त्यहाँ बस्न भनेको त

मात्रै काँग्रेसी भएर ।

कार्यगत एकता गर्न हुँदैन भनेर कहिलै भनिएको छैन ।

तर दुश्मन शक्तिहरूको सरकारलाई समर्थन गर्ने होइन ।

यो हाम्रो बिधानमा उल्लेखित छ त्यसमा दुबिधा कतै छैन ।

चुनाब हाम्रो कार्यनीति मात्रै हो रणनिति हुँदै होइन ।

चुनाबलाई रणनीति तिर लम्पसार पार्याै त्यसैले तपाईको

बिरोध भएको समर्थन कहीं छैन ।

हिजो जे जस्तो भए पनि भुलिदिउँ सबैले हातेमालो गरौँ

ब्यक्ति प्रभुत्ववादको अन्त गर्दै पार्टीको सिद्धान्त

उच्चो सिखरमा पु¥याऔं

भड्किएर झङ्गिएर केही हुनेवाला छैन जनताको मर्मलाई

बुज्ने गर्ने गरौँ ।

हामीले  देश र जनताको हितहुने कामको जिम्मेवारी पूरा गरौँ ।

हातेमालो गरौँ ।

यो बिमार समाजिक अबुझाईको बिमार थियो ।

त्यसैले हाम्रो पार्टीभित्र खल्लबल्ल पारिदियो ।

सबैको सहमतिमा यो बिमारको निक्र्योल निकाल्नु थियो । किन भने नेकपा (मसाल) क्रान्तिकारी पार्टी थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित