– आदित्य अधिकारी
सधैं यो देशको समृद्धिको बाधक बन्यो
हजारौ हजार मान्छे मारेर उ शासक बन्यो ।
मान्छे मारेर परिवर्तन खोज्ने खुशी मनाउने
हत्यारा कसरी कानुनको विधायक बन्यो ।
तरबारको शिक्षाले बनेपछि प्रधानमन्त्री
जङ्गली सरकारमा झनै अराजक बन्यो ।
वर्णमाला नसिकेरै उसले सरकार चलाउँछ
विदेशीको गुलामी गर्न सिकाउने चक बन्यो ।
समाजवाद, माओ र लेनिनका नारा बोकेर हिडेका
सहिदका सपना र बलिदान आज निरर्थक बन्यो ।
Comments

