सम्पूर्ण जेल हैरान छन्

ले. भारत डोगरा ••

हो हजुर,
सम्पूर्ण जेल हैरान छ
जेलरदेखि खुङ्खार अपराधी समेत
सबै यो गाँठा फुकाउन
परेशान छन्
कि आखिर त्यो के कारण हो ?
त्यो कुन प्रकारको उमङ्ग हो ?
कुन प्रकारको तागत हो त्यो ?
जसको भरमा
त्यो कैदी
अँध्यारो कोठामा रहेर
जहाँ गर्मी र पसिनामा
फोहोर र लाचारीमा
उसको कपाल उखेलियो
नङहरू उखेलियो
निरन्तर तडपाइयो
रात रातभरि अनिदो राखियो
यो सबै सहेर पनि उ मुस्कुराए कै छ
मिठो बोली बोलेकै छ,
जोशमा नारा लगाएकै छ,
उल्ला भरेर बनेर प्रफुल्लित भएर
कहाँबाट प्राप्त हुन्छ यो उल्लास ?
कहाँबाट प्राप्त हुन्छ, यो स्फूर्ति ?
बुझ्न सकेका छैनन् जेलरले
बुझन् सकेका छैनन अपराधीले
यो रहस्य थाहा छ केवल
अमूल चौकिदारलाई
जसले एउटा सानो चिर्कटो
लुकेर कैदीलाई पकडाईदियो
जुन यति सानो चिर्कटो थियो
जो सजिलै हराउन सक्थ्यो
तर त्यसमा जुन
अक्षरहरू लेखिएको थिए
जसका कारण उ बाँच्नेछ हजारौँ वर्ष
जसलाई लेखेको थियो
बङ्गालको एउटा गाउँमा बस्ने
एउटा वृद्धि पिताले
कापिरहेको त्यो हातले
रङ्ग उडेको मसीले
जसमा केही थोपा आँशुु मिसिएको थियो
त्यसमा यति मात्र लेखिएको थियो
मलाई राम्रो लाग्दथ्यो
जो यस बुढ्यौलीमा
बुढेकालको
लौरोको सहारा बन्थ्यौँ
तर मलाई पवित्र विश्वास छ
तिम्रो स्वर्गवासीनी आमाको कसम
कि, तिमी जहाँ छौै
जे गरिरहेका छौ
त्यो यो भन्दा धेरै महत्त्वपूर्ण छ ।
(अनु: नारायण योगी)

शङ्कर गुहा नियोगी आफ्नो अल्प जीवनकालमा पटकपटक गरी एक हजार दिन भन्दा बढी जेलमा यातना पूर्ण जीवन बाँच्नुपर्‍यो । जतिबेला उनी निकै यातना खेप्दै एक्लै अप्ठ्यारो अवस्थामा थिए । त्यही समयलाई वर्णन गरिएर यो कविता लेखिएको हो । नियोगीको जन्म १८सेप्टेम्बर १९४२ मा भयो र उनी मामाघर मध्यप्रदेश (हाल छत्तिसगढ) को भिलाईमा आएर बीएसपी जागिर गर्दा गर्दै कम्युनिस्ट राजनीतिमा लागे र टे«ड युनियन आन्दोलन चलाए र य सै क्रममा २८ सेप्टेम्बर १९१ आफ्नै निवासमा गोली हानी हत्या गर्ने काम भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित