हाम्रो परिचय

– इन्द्र भेटाल

सबै भन्दा सच्चा क्रान्तिकारी पार्टी

नेकपा (मसाल) को नेतृत्व हांै हामी ।

पार्टी सच्चा क्रान्तिकारी हुँदाहुँदै पनि

आज सत्ता र स्वार्थमा दक्षिणपन्थी भासमा 

किन भासिदै छौ हामी ?

हिजो पुष्पलालले पंचायतको विरुद्व संघर्ष गर्न

काँग्रेससँग कार्यगत एकता गरांै भन्दा

पुष्पलाल गद्वार भनेर लालमोहर लगाउने पनि हामी ।

तर आज पार्टीेले घोषणा गरेको वर्गिय दुश्मन

काँग्रेससँग मिलेर सत्ताको उच्च संयन्त्रमा बसि

सरकारको नेतृत्व गर्ने पनि हामी ।

हिजो एमालेको केपि ओलिको सरकार नै

देश र जनताको निकास हो भन्ने पनि हामी ।

केपि ओलिको सरकारले राष्ट र  राष्ट्रियताको

रक्षा गर्न सक्दैन भनेर बिरोध गरेकै आधारमा

कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी

हटाउने पनि हामी ।

संसदिय चुनाबमा बटमलाईन विरुद्व

सबै जिल्लाहरुलाई तिलान्जलि दिदै

प्युठानमा मात्रै सिमित हुने पनि हामी ।

वर्ग दुश्मन घोषित काँग्रेस र पाँच दलीय गठबन्धनको साहारामा

राष्ट्रियसभामा एक सिट पड्काउने पनि हामी ।

पार्टी भित्रका गलत क्रियाकलापको विरुद्व

आवाज उठाउनेहरुलाई अनुशासनको

नाममा डण्डा बर्साउने पनि हामी ।

पार्टीको क्रान्तिकारी लाईनको रक्षा गर्नुपर्छ भन्ने

कार्यकर्तालाई प्रतिगमनकारी, र का एजेन्ट,  राजावादी,

भनि घोषणा गर्ने पनि हामी ।

शोषित उत्पिडित वर्गको उत्थान र क्रान्तिको नाममा

कार्यकर्ताहरुलाई शोषण गर्ने र स्वार्थ पुर्ति गर्ने पनि हामि ।

पार्टीलाई दस्तावेजमा क्रान्तिकारी घोषणा गरे पनि

दक्षिणपन्थी दलदलमा डुबेर सत्ताको रसस्वादमा रमाउने पनि हामी ।

वर्गीय मित्र शक्ति घोषणा गरेका शक्तिहरुलाई

प्रतिगमनकारी घोषणा गर्ने पनि हामी ।

वर्गीय दुश्मनसँग लम्पसार पर्दै

सत्ता स्वार्थको लागि सरकारमा नरहे पनि

उच्च संयन्त्रको त ठेकेदार नै भयौ अब हामी ।

कार्यकर्ताहरुलाई मुक्ति र क्रान्तिको नाममा

गुमराहमा राख्न केहि हदसम्म

सफल नै भएका छौ हामि ।

अब हाम्रो पुस्ता पछि नेकपा मसाललाई

विसर्जन गर्न पनि दुर्तगतिमा लागि परेका छौ हामी ।

ब्यवहारमा दक्षिणपन्थी खोल भिरे पनि

दस्तावेजमा मसाललाई क्रान्तिकारी पार्टी

साबित गर्ने पनि हामी ।

सिद्वान्त र ब्यवहारको तालमेल

मिलाउन नसके पनि

कार्यकर्तालाई गुमराहमा पारेर

आप्mनो स्वार्थ पुरा गर्न सफल भएका छौ हामी ।

फेरि पनि नेकपा (मसाल) हामी।

नेकपा (मसाल) हामी

नेकपा (मसाल) हामी ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित