– माया हमाल
खै के हो के हो नेता ज्यु को चाल
हे बरिलै देश टुक्रा पार्दै छन,
बुझ्नै छ गाह्रो उनको चाल खेल
हे बरिलै सत्तामा लोभी छन्,
नेताकै छ रजाई मातृभूमिमा
हे बरिलै युवा पुगे खाडीमा,
देशको अर्थतन्त्र सबै मास्दै
हे बरिलै जनता अल्मलाउँदै,
सानातिना भाषण हैनन् कुरा गर्छन ठुला
हे बरिलै कुटनैतिक जाल बुन्दै,
जुन आएनी भ्रष्टचारी नेता
हे बरिलै जनतालाई भो दिक्क,
संसदमा सधैको झै झगडा
हे बरिलै देख्नु छ रमिता,
देशको मुटु अमेरिकालई सुम्पे,
हे बरिलै एमसीसी पास गरे
देश हाँक्ने दलाल सबै जुटे
हे बरिलै एमसीसी भित्राए,
आफ्नै स्वाभिमान गुमाउँदै
हे बरिलै सङ्कट भित्राए,
औद्योगिक केन्द्र सबै मासे
हे बरिलै नदि नाला बेचे,
देश धानिएको छ रेमिट्यान्सले
हे बरिलै जनताकै पसिनाले,
विदेशीले जे भन्यो तै मान्छ
हे बरिलै हाम्रा देशका नेताले,
भुटान सिक्किम जस्तो नहोस् देश
हे बरिलै जाग सबै जनता,
गाउँ बस्ती नै सुन्नो भाछ आज
हे बरिलै युवा चढे जाहाज,
बाध्यता भो आफ्नो स्वदेश छोड्न
हे बरिलै अर्कैको देश जान,
कुनै फर्के धन कमाई स्वदेशमा
हे बरिलै कोही फर्के बाकसैमा,
मर्न बाध्य बिरानो मुलुकमा
हे बरिलै भो हामलाई सरकार,
उँधार गर युवा जति देशमा
हे बरिलै रोजगार दिलाउँ स्वदेशमा,
देशले आज युवा खोजेको छ
हे बरिलै फर्की आउँ स्वदेशमा,
देशको अर्थतन्त्र लुटि सके
हे बरिलै हाम्रा देशका नेताले,
मंहगी रासन जनतालाई भो हैरान
हे बरिलै गाँस बाँस जुटाउँन,
बजारको मुल्य छैन सक्दो
हे बरिलै नपाईने कै सस्तो,
निर्दोषको हातमा हथकडी छ
हे बरिलै दोषी चाहि फरार छ,
अपराधीले जे गरे नि छुट्छ
हे बरिलै निर्दोषलाई सजाए छ,
खबरदारी छ हामी नारी सबैको
हे बरिलै देशद्रोही सबैलाई,
आउँन सबले हातमा हात मिलाउँ
हे बरिलै राष्ट्र नेपाल बचाउँ,
यतिकैमा रोके मैले कलम
हे बरिलै सबैलाई लाल सलाम
हे बरिलै सबैलाई लाल सलाम
हे बरिलै सबैलाई लाल सलाम !!
(चेन्नई दक्षिण भारत )
तीज गीत : खै के हो के हो नेता ज्युको चाल
Comments

