मेक्सिम गोर्की ••
अग्लो पहाडमा एउटा सर्प घस्रिरहेका थियो । लेउले भरिएको एउटा ढोर जस्तो लाग्नेमा चिरामा गुडुल्किएर एकपटक लगाएर समुन्द्रतर्फ हेरिरहन्थ्यो । आकासमा सूर्य चम्किरहेको थियो । पहाडको वाफिलो हावा आकाश मण्डलमा सनैसनैमाथि उठिरहेको थियो । र तल लहरहरू चट्टानसँग ठोक्किरहेका थिए । त्यो चिराको बिचवाट अँध्यारो र धमिलो लतपतिएर एउटा नदी निकै वेगका साथ बगिरहेको थियो । समुन्द्रसँग भेट गर्ने आतुरका कारण ठूला ठूला ढुङ्गालाई पल्टाउदै, फिंजको पगरी गुथेर निकखर, सेतो र शक्तिशाली त्यो चट्टानलाई छिचोल्दै रिसले मदमत्त भएर गर्जिदै समुन्द्रमा फाल हालि रहेको थियो । एक्कासी त्यही चिरा जहाँनेर सर्प गुडल्किएर बसिरहेको थियो । एउटा वाज जसको प्वाँख रगतमा लत्पतिएको थियो । घाँटीमा घाउ थियो । आकाशबाट आएर त्यो त्यहाँ खस्यो । धर्तीवाट ठोक्किने वित्तिकै उसको मुखवाट एक्कासी चित्कार निस्क्यो र उ हतासपूर्ण क्रोधमा चट्टानमा छाती वजार्न थाल्यो । सर्प डरायो तीव्र गतिका साथ घस्रिदै भाग्यो । तर छिटै ने उसले मनमनै गम्यो । वाज त क्षण भरको पाहुना त हो क्यारे ! त्यसैले घस्रिदै उ घायल पंक्षीको निकट पुग्यो र उसले नजिकै गएर फुँकार गदै नपेजिक गएर सर्प ले सोध्यो ? के तिमी मरिरहेका छौ ?
अँ म मरिरहेको छु । लामो निःस्वास लिएर बाजले भन्यो । निकै राम्रो जीवन विताएँ । धेरै सुख वेहोरेको छु मैले । निकै ठूलो सङ्घर्ष झेलेको छु ।आकासको उचाई नापेको छु । तिमीले यस कुरालाई कहिल्यै पनि यति निकटवाट देख्न सक्ने छैनौँ । तिमी कठै विचराले के गर्न सक्छांै र ?
आकाश ? त्यो त के छ र ? केवल शून्य ! म त्यहाँ कसरी घस्रीन सक्छु र ? तै पनि म यहाँ निकै आरामको साथ मा छु । निकै न्यानोपन र सितलता पनि त्यत्ति कै नै छ । यसरी सर्पले स्वतन्त्र पंक्षीलाई जबाफ दियो र वाजको उल्लुपनको बारेमा मन मनै सम्झेर हाँस्यो । र उसले मनमनै गम्यो । चाहे घस्रियांै चाहे उडौँ अन्त सबैको एउटै नै हो यहि धर्तीमा मर्नु र माटोमा मिस्सीएर धुलोमा परिणत हुनु न हो ।
तर निर्भिक वाजले एकाएक आफ्नो प्वाँखँ फटफटायो र गहिरो ढुङ्गाको चरमा नजर दौडायो । खैरो चट्टानबाट पानी चुही रहेको थियो र अँध्यारो त्यो चरमा नराम्रो हस्को आईरहेको थियो । वाजले आफ्नो पूरा शक्ति लगाएर तडपिएर पिडासँग छटपटाउँदै निकै जोरले चिच्यायो ।
काश ¤ एकपटक फेरि आकाशमा उड्न सके त, बैरीको सातो लिने थिएँ । तर छातीको पीडा, घाउ र रगतका धाराले गर्दा निकै पीडा हुन्छ । ओह ! कति धेरै सुख हुन्छ सङ्घर्षमा ।
सर्पले सोच्यो–साँच्चिकै त्यो यति धेरै वेदनाले छटपटाई रहेको छ भने निश्चय नै आकाशमा बस्नु आनन्ददायक हुन्छ होला र उसले स्वतन्त्रको पे्रमी पंक्षी वाजसँग भन्यो, घस्रिँदै टुप्पोमा आउ र बल्डयाङ्ग खाँदै भुईमा पछारिउ । सायद तिम्रो प्वाँखले अहिले पनि केही काम गरेन तिमी आफ्नो अभ्यस्त आकाशमा केही क्षण रमाउँ ।
वाजलाई रहँना छुट्यो । उसको मुखबाट गर्वका साथ एउटा हुँकार निस्कियो । लेउले भरिएको चट्टानमा घाँइते पंजाले सहारा लिंदै चिप्लिंदै उ टुप्पातिर बढ्यो । टुप्पोनेर पुगेर उसले प्वाँख फैलाइदियो । लामो निस्वास लियो । आँखामा चमक लिएर उ शून्यमा हाम फाल्यो ।
यसरी आफै निर्जिब बनेको वाज चट्टानबाट बल्ङ्याङ्ग खाँदै तल खस्न थाल्यो । उसका प्वाँखहरू भाँचिरहेका थिए । साना –साना प्वाँखहरू झर्दै थिए ।
नदीले उसलाई आफ्नो आगोसमा लियो, उसको रगतलाई धुँदै, फिंजले आफ्नो बनाउँदै सुदूर यात्रामा समुन्द्रले लिएर गयो समुन्द्रका लहरहरूले शोकमग्न बनेर टाउको ठोक्दै चट्टानको सतहबाट ठोकर खँँदै पंक्षीको लासलाई व्यापक बिस्तारित हुँदै ओझेल पार्यो ।
चरमा गुडुल्किएर बसेको सर्पले अवेरसम्म उसको बारेमा सोचिरह्यो । पंक्षीको मृत्युको बारेमा आकाशप्रति उसको प्रेमको बारेमा ।
उसले त्यस सम्बन्धमा आँखा लगायो जसरी कुनै व्यक्ति निरन्तर आफ्नो सुखको सपनामा आँखा छाम्दै रहन्छ ।
के देख्यो उसले ? त्यसैगरी मृत वाजले, यो शून्यमा, अन्तहिन आकाशमा ? किन उ जस्तै आकासमा उडान भर्नेहरूले आफ्नो प्रेमको कारण अरूको आत्मालाई हैरान किन गर्दछन ? के पाउँछन, आकाशमा ? म पनि अलिकति उडेर यो कुरा थाहा पाउन सक्छु । उसले यसो भन्यो र गरी पनि हाल्यो । निकै जोडले आफ्नो जीउलाई गुडुल्किएर गाँठो पार्यो हावामा उफ्रियो र सूर्यका किरण आँखामा परेर विजुली चम्के झंै भयो । जो पृथ्वीमा घस्रनका लागि जन्मिएका हुन, उनीहरू उड्न सक्दैनन् । यसलाई चटक्कै बिर्सेर सर्प चट्टानमा गएर पछारियो, पछारिएर सर्प मरेन हाँस्यो ।
ए ! यही पो रहेछ आकासमा उडने आनन्द। भुइमा खस्ने हाँस्यास्पद पंक्षी, जुन पृथ्वीका बारेमा उनलाई केही थाहा छैन त्यसबाट झिंजिएर आकाशमा उक्लिन खोज्दछन । तर त्यसको स्पन्दीत मैदानमा खुशी खोज्दछन तर त्यहाँ त केवल शून्य छ प्रकाश त निकै छ । तर न त त्यहाँ खाने केही कुरा छ, न त जीउलाई आड दिने केही छ, अनि फेरी यसमा यति धेरै गर्व किन ? धिक्कार तिरस्कार किन ? दुनियाँको दृष्टिमा आफ्नो पागल आकाक्षांलाई लुकाउनका लागि जीवनको व्यापारमा आफ्नो विफलता ढाक्नका लागि नै त हो ? हाँस्यास्पद पंक्षी तिम्रा शब्दहरूले मलाई फेरि कहिल्यै धोका दिन सक्ने छैनन । अव मलाई सबै भेद थाहा भई हाल्यो ।
मैले आकाशलाईदेखि हालें । त्यहाँ म उडी सकें, मैले आकाशलाई नापि सकें र भूइँमा पछारिएर पनि हेरी सकें ।पछि म पछारिएर मरिन । बरु आफ्नो मनमा म मेरो विश्वास अझ धेरै दृढ बनेको छ । उनीहरू आफ्नो भ्रममा डुबिरहुन । उनीहरू जसले पृथ्वीलाई माया गर्दैनन् । मैले सत्यलाई पत्ता लगाई सके पंक्षीहरूको ललकारले मलाई कहिल्यै प्रभाव पार्ने छैनन । म पृथ्वी मै जन्में, पृथ्वी कै हुँ । यस्तो कुरा गरेर उ एउटा चट्टानमा गुडुल्किएर गर्वका साथ बस्यो । समुन्द्र चकमन्न हुने गरी प्रकाशपुञ्ज चारैतिर फैलिएको थियो र त्यसका छालहरू निकै जोडका साथ समुन्द्रतटसँग ठोक्किरहेका थिए । ती छालहरूका सिंहका नाद जस्तै ओझिला आवाजमा त्यो पंक्षीका गीत गुञ्जायमान हुँदै थियो । चट्टानहरू थर्कमान थिए । आकाश पनि थरहरी थियो । छालका ओजपूर्ण गीतहरूबाट शाहसको एउटा उन्माद थियो । यहि नै हो जीवनको मूलमन्त्र ओह ¤शाहसी वाज, सर्पले लामो निःस्वास छोड्यो । शत्रुसँग लडेर तिमीले रगत बगायौ । तर, त्यो समय आउने छ । तिम्रा रगत जीवनको अँध्यारोमा झिल्को बनेर चम्किने छ र अनेक शाहसी हृदयहरूको स्वतन्त्रता तथा उज्यालो भरिएको आशाले सपना साकार बन्ने छ, यद्यपि तँ मरिस तर दह्रो मुटु भएका हिम्मती र बहादुरहरूको गीतमा तँ सदा सर्बदा जीवित रहनेछस । स्वतन्त्रता र उज्यालोको लागि गरिएको ओजपूर्ण सङ्घर्षको वीरतापूर्ण स्वर ध्वनि त भइरहने छ । हामी वीरतापूर्ण भविष्यसँग जोडिएका सुनौला गौरव गाथा गाउँछौ ।

