न्याय हार्न नदिनु

सिर्जना विश्वकर्मा

न्यायलाई शिर निहुराउन नपरोस
आँखा आँखा जुधाउन लज्जा नहोस
छाती चौडा पारेर हिड्न सकस नहोस
कसैमा गिज्याउने आँटको जन्म नहोस

न्यायालयका न्यायाधीश तिमीलाई थाहा छ?
न्यायालय का भित्ताहरू मुस्कुराउन चाहन्छन्
टेबलहरू कुर्चीहरू चलमलाउन चाहान्छन्
एकनास दौडिरहने घडीको सुईहरू
एकैछिन टक्क रोकिन चाहान्छन्
बही रहेका हावा एकछिन थामिन चाहान्छन्
बत्तिहरू सधै भन्दा तेज र चहकिलो हुन चाहन्छन्
न्यायको मुर्तिले पनि एकछिन तराजू बिसाउन चाहान्छ
किन होला के का लागी के तिमीलाई थाहा छ?
न्यायको पक्षमा तिम्रो निर्णय सुनेपछि
तिम्रो कृतज्ञतामा जोडदार ताली बजाउन
तिम्रो सलामीमा शिर निहुराएर आभारी हुन
न्याय दिने तिम्रा हातहरूलाई सम्मानले चुम्न
हो तिम्रो गित गुन्गुनाऊन न्यायको गित घन्काउन

तिमीलेमान्छे मार्नेहरूलाई
तोकिदिएको सजाएमा
घाम फेरी चहकिने छ
जुन फेरी उदाउनेछ
नया रूप लिएर नया उमË लिएर
तिमी के दिन चाहान्छौ?
म प्रतिक्षामा छु टाडै बसेर पनि
तिम्रो सलामी मा मेरो शिर झुकाउन
तिम्रो कृतज्ञतामा नयन झुकाउन

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित