राम बसु ••
काम सधै गर्याको छु हेला होंचो गर्दा पनि
हुन्न कहिल्यै भन्या छैन कमकम पाथी भर्दा पनि
तर सधै अपान र शोषण मात्र किन
के के लगि जाने हो र हजुरले मर्दा पनि ?
हाम्रै सीप श्रम साधन हुन् तपाईले सम्पत्ति जोर्दा पनि
यी मान्छे भनी विचार्नु भएन चुनावी वाक्सा र भकारी मोर्दा पनि
किन हियाउनी गर्नु हुन्छ आज अझै
हलो कोदालो बनाउन मै हो दशौँ दिनमा ढिकुरो फोर्दा पनि
वर्खिबार्दा भोटो तुन्ने थुक लगाई मैले नै हो
सुख दु:ख गर्जो टार्ने घरको मान्छे बनि मै हो
विज्ञान प्रविधिको यत्रो विकास हुँदासम्म
आज पनि जात्ले हामी तलमाथि किन भैयो ?
स्वतन्त्रता समानताका नारा पनि दिने तपाई
संविधानमा दलित भनी पहिचान पनि दिने तपाई
छल छाममा टिक्छ कति तपाईको सत्ता हजुर
निको पार्ने विभेदको के हो भन्नुस् यसको दवाई ?
हिजो केही जानिनन् र यत्रो दोष थापे मैले
यसको जिम्मेवार तपाई हो कि होइन भन्नुस् पैले
धर्मशास्त्र विज्ञान सबै पढ्नु भयो
के पढेर आउँछ अझै तपाईको बुद्धि कैले ?
विद्योयतो सत्ता शक्ति सबै सबै तपाईसँग
विदेशको शक्तिकेन्द्र तपाईकै मा छ अङ्ग
हाम्रो चित्कारमा हाँसि मजाक छ यहाँ
कहिल्यै हुँदैन जस्तो आफ्नो सत्ता भङ्ग
रामायण पढनु भा छ गर्नु भा छ सोधी खोजी
रामको पनि बुद्धि न आइ हिंडे सुनको मृग खोजी
न्याउरी मारी पछुतो जस्तो होला हजुर
सुनको मृग लङ्का युद्ध बल्ल आयो बुद्धि पछि
छाडे घाटा देश्ला हुने हिरामोती के छ त्यसमा
यस्तो अत्याचार हजुर राख्ने अझै किन देशमा
तपाईलाई शासक भनौँ कि राकस
यस्तो विभेद राख्नु देशमा रहस्य छ ठूलो यसमा
अन्न खाने पानी व्यूँझने किन छैन चेत होस्
कालो कर्तुत तपाई कै हो मनुलाई किन दोष
मुर्दाको शासन चलाउँदै हुनुहुन्छ तपाई अझै
स्वभाविकै होइन र साहेव प्रकट गर्नु मैले रोष
अर्घाखाँची

