भेटिएला त आगत

–टङ्कराज ढकाल तितेपाती

छन्द–अनुष्टुप

कर्ममा नहुँदा ध्यान बनेका छन् तथागत
उल्टो अन्ध चालामाला भेटिएला त आगत । १

देशको भेष नै खोस्ने हावादारी छ हालत
ज्युँदो ऊ कसरी होला परायाको अदालत । २

धाएको छ कता को को किचलोमा समाहित
गधाको भेषमा डुल्छन् चामचोरी छ सËत । ३

भ्रष्टाचारी फटाहाको के फुर्ला सभ्य हिम्मत
लोभी पापी लुटेराको को गर्ला सत सङ्गत । ४

आमा लुट्न बखेडामा फसेकाछन् हजार त
चोरी खाने मलामीको बिजातीय छ तागत । ५

धोकामा नै चलेकाछन् भुरे यी टाकुरे कि त
पोका पार्न बसेकाछन् गुण्डाराज असम्मत । ६

अस्मिता बेचेर पैसा कमाउने छ ल्याकत
मुर्दा जस्तै बनेकाछन् सत्ताधारी हुँडार त । ७

धुन्धुकारी र लाचारी मुर्रा भैसी कता रत
सदाचारी हुँदै हुन्नन् लोकाचारी सदा मत । ८

सङ्घीयता छ घाँडो झैं चोरी बाटो र मार्ग त
घोडा हुन् यी परायाका अटेरी छन् कुपात्र त । ९

भाँडतन्त्र चलाएर आमाको लिन हुर्मत
लोकतन्त दुहाईमा बनेका लाश पर्वत । १०

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित