देशभक्तहरुलाई

– नारायण आचार्य
आकाशबाट
पानीबाट
सारा साम्राज्यवादीहरुले
सिकार गर्दै जम्मा पारिएको
रगतको ताल

देशभक्तहरुलाई
बमले
गोलीले
ड्रोनले
बुटले
सङ्गिनले घोच्दै
पटकपटक
निरन्तर
ह्दय कटक्क पार्नेगरी
हरेक बस्तीभरी
उदेक लाग्दो आक्रमणगरी
बनाइएको रगतको ताल

संसार मुकदर्शक
बच्चाहरु मुटु झिक्दा
बुद्धहरुको गिदी घोचल्दा
गृहणीलाई पेटमै गोली हान्दा
आमाहरुलाई ठह¥यै पार्दा
छोरीहरुलाई बलात्कृत गर्दा
युवाको लाइन लगाएर एकै चिहान
सारा प्यालिस्टाइन भरी
रगतको ताल
रमाइरहेका
साम्राज्यवादीहरु
उसैका हलीहरु
गोठालाहरु
जुत्ताका तलुवा चाट्नेहरु
सबै हिंस्रकहरु रमाउँदै
निर्दोष नागरिकको धमनीबाट
रगत झिकेर बनाइएको
देशभक्त प्यालिस्टाइनहरुको
रगतको ताल

हरेकबस्तीमा
झुपडीमा
विद्यालयमा
बालगृहमा
अनाथालयमा
रगतको भेल चलाएर
रगतको तालमा पौडी खेलिरहेका
साम्राज्यवादी द्रव्य पिचास

तिनै आँसुबाट
त्यही चित्कारबाट
त्यही मानव बधशालाबाट
त्यही चिहान घारबाट
त्यही दमन र उत्पीडनबाट
त्यही निष्कलंक आत्माबाट
विश्व साम्राज्यवाद मेरो काल
त्यही उत्पन्न हुनेछ
जसरी हिटलरलाई चक्मा दिन
स्टालिनको जन्म भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित