पड्कन तयार ज्वालामुखी

–सुभद्रा बम्जोम

तपाईको पनि
कसै न कसैले खुट्टा त तानेको होला
तपाईलाई पनि
थाहै नदिइ कसैले लडाएको होला
माया गरेको भान गरी भुईँमा पछारेको होला।
नआत्तिनु होस् ।
कुरा सबैको सुन्नु पर्छ
फैसला आफै लिनुपर्छ
आफ्नो जीवन आफ्नै हो
आफैलाई माया गर्नपर्छ।
कसैको खुट्टा तानिँन मैले सँधै हात बडाएँ।
किनकि ,
सबैसित एउटा यादगार यात्रा हिँड्नु थियो मलाई
तथापि कैयन् चोटी लडाइयो मलाई ।
हात मागेको भान गरी खुट्टा तान्दै लडाइयो।
मेरो काँधमा खुट्टा टेकेर उँभो उक्लनेहरूले
खुशी दिएको भान गरी आँसुमा डुबाउनेहरूले
पटक पटक मारेर मलाई नै
ऊत्सव मनाउने गरेको
भर्खरै थाहा लाग्दैछ ।
ए देब्रे देखाएर दाहिने हिँडाउने धुर्तहरू हो
स साना माछाहरू निलेर भुँडी फुलाउने
ठूला ठूला माछाहरू हो
जुनदिन तिम्रा दमनले पराकाष्ठा नाघ्नेछ
भोकाएकाहरू सारङ्गी पेटसित
तिमीमाथि जाइ लाग्नेछन्
मभित्र एउटा सिङ्गो ज्वालामुखी छ जो पड्कन तयार हुँदैछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित