मनु वि.क.
आँखामा छ एक सपना
मनमा छ एक कल्पना
मुटुमा छ एक संकल्प
दिमागमा छ एक विकल्प ।
खोज्दै छु सपना सजाउन
जुट्दैछु संसार बनाउन
संसारमा छ संधै अन्धकार
देखाउनु छ सबै चमत्कार ।
संसार छ मेरो आँगन
फुलाउनु छ फूल संसार
फुलमा हाँस्ने मन छ
बास्नामा रम्ने चाहना छ ।
चाहना मार्न हुँदैन
बहाना पार्न सक्दिन्न
छोडेर बाटो हिँड्दिन्न
सपना आफ्नो मार्दिन्न ।
सपना साह्रै ठूलो छ
संसार एउटा फेर्नु छ
सपना कहिल्यै त्याग्दिन्न
यथार्थ बिना मर्दिन्न ।
सपना सारा मारेर
मनलाई बाँझो पारेर
धर्तीमा मैले बाँच्दिन्न
यथार्थ बिना मर्दिन्न ।
Comments

